Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

जुफाल विमानस्थल जोड्ने सडक हिलाम्मे, यात्रुलाई सास्ती

खबरडबली संवाददाता

डोल्पा ।  हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बढेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठुलिभेरी नगरपालिका–७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमिटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवतजावत गर्ने जीप, टयाक्टर, मोटरसाइकल लगायतका सवारी साधनलाई सञ्चालनमा समस्या भएको हो ।

जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको कारण सडक हिलाम्मे भएको हो । यसरी पानी सडकमा निमनस गरेपछि  करिब दुई सय मिटर सडक हिलोले भरिभराउ भएको छ । बाटो चिप्लो भएर जीप, मोटरसाइकल लगायतका सवारी साधनका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप व्यवसायी शेरबहादुर कठायतले जानकारी दिए । जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरूले समस्या भोगिरहेको कठायतको भनाइ छ ।

नगरपालिका कार्यालय नजिकै रहे पनि बजारको पानी व्यवस्थित नगर्नु दुःखको कुरा रहेको उनले बताए । पानी मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएको उनले बताए । सडकमा हिलो सँगै धुलो पनि उत्तिकै हुने गरेको छ। जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुसल गन्तव्यमा पुर्‍याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गरेको चालकबहरु बताउँछन् ।

नजिकको सरकार स्थानीय सरकार नै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनुपर्ने उनको भनाइ छ । यही बाटो भएर आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ ।

धुलो र हिलोले अप्ठेरो बनेको सडकदेखि नजिकै नगरपालिका भए पनि सुधारका लागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ। डोल्पालीका लागि भरपर्दो यातायातको साधनका रूपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री, सांसद, जिल्लाका प्रशासक, नगरका जनप्रतिनिधि यहि बाटो भएर आवत जावत गर्ने भए पनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएका पाइँदैन ।

डोल्पा प्रवेशको मुख्यद्वारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका व्यापारी प्रकाश पन्थीले बताए। काम विशेषले जुफाल एयरपोर्ट जानुपर्ने हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ।

बजारको पानी भित्र भित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजार समेत पहिरोको उच्च जोखिममा रहेको छ। एयरपोर्ट पुग्ने सडक नै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए। यस्तो सडक समयमै सुधार गर्न नगरपालिकालाई समेत उनले अनुरोध गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending