Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने

खबरडबली संवाददाता
काठमाडौँ । सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए ।
 
महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि खोप माग गरेको थियो । “हामीले माग गरिएको प्रस्तावलाई गाभीले स्वीकार गरेको कुरा हामीलाई प्राविधिकरुपमा जानकारी आएको छ”, उनले भने, “अब बस्ने गाभीको बोर्ड बैठकले हामीलाई खोप उपलब्ध गराउने छ ।”
 
गाभीसँग सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि १७ लाख मात्रा ‘एचपिभी’ खोप माग गर्दै प्रस्ताव पेस गरेको थियो । खोप आएपछि अभियानका सञ्चालन गरेर किशोरीलाई खोप लगाइनेछ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाएको थियो । 
 
महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपिभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए । 
 
उनका अनुसार खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइनेछ । उक्त उमेर समूहका किशोरी १६ लाख ५० हजार रहेका छन् । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्कमध्ये दुई हजार दुई सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो । 
 
उनले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभयो । यसअघि सरकारले चितवन र कास्कीमा सन् २०१६/०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा सञ्चालन गरेको थियो । उहाँले भदौमा गरिएको खोप अभियानमा खोप लगाउनमा किशोरीमा उत्साह पाइएकाले अब समुदायस्तरमा गएर एचपिभी खोप लगाउने बताए ।
 
क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताए। उनका अनुसार असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ । विश्वस्वास्थ्य सङ्गठनको ९डब्लुएचओ० को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ द...

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...

चुनावअघिको महाधिवेशनले पार्टीमा असर पार्न सक्छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट, निर्वाचनमार्फत आफ्नो मुद्दा अनुमोदन गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...

विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार, एक युवक पक्राउ

सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending