Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश

खबरडबली संवाददाता
भारत । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ । 
 
भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार बताएको छ । हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङ मार्ग आंशिकरूमा भत्किएपछि उद्धार कार्यका लागि सेनाले तत्परता देखाएको हो । 
 
इन्जिनियरहरूले ५७ मिटर चट्टान र कङ्क्रिटबाट धातुको पाइप तेर्सोरूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिम र निर्माण सवारीहरूसँग ठोक्किँदा उद्धारकर्मीहरूले उक्त दुर्गम पहाडी स्थानमा सुपरहिटेड प्लाज्मा कटर ल्याउन आग्रह गरेका छन् । 
 
कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँच्चिएको थियो । हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउनका लागि प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिने छ । 
 
भग्नावशेषमा मोटा मोटा धातुका बिमले मार्ग बनाउने कामलाई अवरुद्ध पुर्याइरहेको छ र सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको छ । पाइपभित्र मात्र एक व्यक्तिका लागि घस्रिनका लागि पर्याप्त चौडाइ छ । 
 
हवाई सेनाले धेरै विवरण उल्लेख नगरी ‘महत्त्वपूर्ण’ उक्त उपकरण मुलुकको रक्षा अनुसन्धान तथा विकास सङ्गठनबाट आएको बताएको छ । उक्त सङ्गठन सरकारको रक्षा प्रविधि अनुसन्धान शाखा हो ।
 
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको शनिबार बताउनुभएको थियो । सुरुङ मार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु भएको छ । यो तेस्रो मार्ग करिब चार सय ८० मिटर लामो रहेको अनुमान गरिएको छ । 
 
मङ्गलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र  बिजुली पुर्याइएको थियो । 
 
भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending