काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।
पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को आग्रहमा त्रिविले पुस्तकालयको अध्ययन कक्ष २४ घण्टा सञ्चालनमा ल्याएको हो । यसअघि पुस्तकालयको अध्ययन कक्ष बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको थियो ।
“दिउँसो समय नहुने विद्यार्थीका लागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौँ”, सुवेदीले भने, “राति एक समूहका विद्यार्थी आउने गरेका छन् ।” पुस्तकालय अधिकृत विजय शर्माका अनुसार अनुसन्धानकर्ता, दिउँसो काम गर्ने र राति अध्ययन गर्नेलगायत व्यक्ति रातिको समयमा पढ्न आउने गर्दछन् । “रातिको समयमा दैनिक १५ देखि २० जना आउने गर्नुभएको छ”, उनले भने, “साँझ ७ बजे आएर बिहान ६ बजेसम्म पढेर जाने समूह छ ।”
पुस्तकालयको सदस्यता लिएका जोकोही पनि राति आएर पढ्न पाउने शर्माले जानकारी दिए । “रू एक हजारमा एक वर्षको, रू छ सयमा छ महिनाको पुस्तकालयको सदस्यता बन्न सकिन्छ”, उनले भने, “त्रिविका विद्यार्थीबाहेक सात सय पुस्तकालयको सदस्यता बनेका छन् ।” पुस्तकालय अधिकृत शर्माले राति पढ्ने विद्यार्थी प्रायजसो एकाग्रह भएर पढ्ने खालका, घरमा पढ्ने वातावरण नभएका आउने गरेका बताए । “खाना खाएर विद्यार्थी अध्ययन कक्षमा लगातार पढ्ने गरेका छन्”, उनले भने, “अहिले धेरैजसो वरिपरिका विद्यार्थी नै रहेका छन् ।”
शर्माका अनुसार राति पढ्ने विद्यार्थीका लागि सिटीलाइट, बस र खाजा खाने क्यान्टिनलगायतको समस्या रहेको छ । पुस्तकालयको मुख्य भवन पनि खुल्ने समय बढाइएको उनको भनाइ थियो । पुस्तकालयको सदस्यता लिएकाले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अध्ययन गर्न पाउने जनाउँदै शर्माले यसअघि मुख्य भवनमा रहेको पुस्तकालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन हुने गरेको बताए ।
स्ववियु सचिव सिद्धान्त भट्टले विद्यार्थीलाई ध्यानमा राखेर पुस्तकालयको खुल्ने समय बढाइएको बताए । “विश्वविद्यालयका विद्यार्थीमा पढ्ने संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तकालय २४सै घण्टा खोल्न पहल गरेका हौँ”, उनले भने, “२४सै घण्टा पुस्तकालय खोल्दा अन्य विश्वविद्यालयका विद्यार्थी पनि आएर खोज अनुसन्धान विषयमा अध्ययन गर्न पाएका छन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: