Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

खबरडबली संवाददाता

काठमाडौं ।  ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु भएको छ । विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको हो । 

यो सम्झौता संगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्ने बताइएको छ  ।  

साथै ग्राहकहरूले पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार सम्म जित्न सक्ने जनाइएको छ । अफर अन्तरगत आगामी दश दिनसम्म मनिग्राम मार्फत नगद पठाउदा अतिरिक्त १०० बोनस पाउनुका साथै टि सर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त गर्ने बताइएको छ । साथै पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने ईसेवा मनि ट्रान्स्फरले जनाएको छ । 

मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग निरन्तर साझेदारी गर्न पाउँदा आफुहरु उत्साहित रहेको ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताए । सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा विश्वस्त रहेको उनको भनाइ छ । उनले भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन प्रतिबद्ध रहेको बताए ।

मनिग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो ।  हाल यस कम्पनीको सेवा  विश्व भरी सञ्चालनमा रहेका छन् ,जसले आफ्ना मूल्यवान ग्राहकहरूलाई भरपर्दो, र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।   

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी  हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending