Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

पोखरामा पुरानै लयतिर पर्यटन

खबरडबली संवाददाता

गण्डकी । “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९ महामारीताका थलिएको पर्यटन व्यवसाय अहिलको आर्थिक मन्दीबीच पनि चलायमान देखिएकामा उनले खुसी व्यक्त गरे । 

अध्यक्ष श्रेष्ठले भने, “पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन राम्रो छ, सबै पक्ष डटेर लागे पोखराको पर्यटन विकास र प्रवर्द्धनलाई अझ नयाँ उचाइ दिन सकिन्छ ।” यस वर्ष पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । पोखरा र आसपासका गन्तव्यमा अघिल्ला वर्षको तुलनामा पर्यटकीय चहलपहल बढेकामा पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी र पर्यटन व्यवसायी उत्साहित छन् । 

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दसैँयता पर्यटकको आवागमन ह्वात्तै बढेको बताए । “चाडबाडका बेला लामो बिदा परेकाले पनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पोखरा भित्रिए, पदयात्रा गर्ने मुख्य याम पनि यही भएकाले विदेशी पर्यटकको आगमन पनि राम्रो छ”, उनले भने, “यो अवधिमा होटलमा चाप औसतमा ६० प्रतिशतसम्म रह्यो, कुनै दिन त ७० प्रतिशतसम्म पुग्यो, अहिले पोखराको पर्यटन व्यवसाय समग्रमा सन्तोषजनक अवस्थामा छ ।”

पर्यटन बजारले यही गति लिइरहे कोभिड–१९ अघिको स्थितिमा पुग्न धेरै समय नलाग्ने अध्यक्ष सुवेदीले बताए । उनले पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन राज्यका निकाय, पर्यटनसम्बद्ध सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले सामूहिक पहल लिनुपर्ने उल्लेख गरे । “पर्यटन प्रवर्द्धनमा नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ”, उनले भने । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले कोभिड–१९ को प्रभावले सुस्ताएको पर्यटनले पुरानै लय पछ्याइरहेको बताए। “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिन्छ”, उनले भने, “यस क्षेत्रको पर्यटन पुनःउत्थानको दिशामा अगाडि बढेको छ, पर्यटन व्यवसायी पनि उत्साहित देखिन्छन् ।”

पदयात्राका लागि विश्वमै परिचित अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या यस वर्ष बढेको प्रमुख डा कडरियाले बताए । उनका अनुसार कोभिड–१९ महामारीयता आर्थिक वर्ष २०७८-७९ देखि अन्नपूर्ण क्षेत्रमा पुनः पर्यटक आगमन बढ्न थालेको छ । सो आवमा ७५ हजार आठ सय २४ पर्यटक त्यस क्षेत्रमा पुगेकामा आव २०७९-८० मा एक लाख ७२ हजार एक सय आठ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको प्रमुख डा कडरियाले जानकारी दिए ।

‘एक्याप’को तथ्याङ्कानुसार चालु आवको साउनदेखि कात्तिकसम्ममा ६७ हजार चार सय ३५ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका छन् । असोजमा सबैभन्दा बढी २८ हजार सात सय पाँच, कात्तिकमा २४ हजार चार सय नौ, भदौमा आठ हजार नौ सय २० र साउनमा पाँच हजार चार सय एक पर्यटकले ‘एक्याप’को भ्रमण गरेका हुन् ।

कोभिड–१९ महामारी सुरु हुनुअघि आव २०७५-७६ मा एक लाख ८३ हजार तीन सय ५८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । उक्त महामारी सुरु भएयता आव २०७६-७७ मा एक लाख चार हजार एक सय ६५ र आव २०७७-७८ मा जम्मा चार हजार नौ सय ६१ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए ।  ‘एक्याप’ले पदयात्रामा जाने दक्षिण एसियाली मुलुक र अन्य देशका पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या भने यकिन गर्न नसकिने आयोजना प्रमुख डा कडरियाले बताए ।

‘एक्याप’भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल आन्तरिक तथा बाह्य पर्यटकमा रोजाइमा पर्ने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने गरेको ‘एक्याप’ले जनाएको छ । यस्तै नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटक पोखरा आउने गरेको बताइन्छ । पोखरामा पर्यटक आगागमनको औपचारिक तथ्याङ्क कुनै निकायसँग पनि छैन । आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । 

कास्कीको घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङ गाउँलगायत ग्रामीण पर्यटनका चर्चित गन्तव्यमा पनि यो याममा पर्यटकको आवागमन बाक्लिएको छ । दसैँ र तिहारको लामो बिदामा आन्तरिक पर्यटकको घुइँचो  लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । अहिलेको मुख्य पर्यटकीय याममा दैनिक एक हजार पाँच सयदेखि एक हजार सात सय सयसम्म पर्यटक घान्दु्रक भित्रिएको उनको भनाइ छ । 

“घान्दु्रक आउनेमा आन्तरिक पर्यटक नै बढी छन्”, अध्यक्ष गुरुङले भने, “घान्दु्रक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ ।” यस यामको पर्यटक आवामगनले पर्यटन व्यवसायी उत्साहित भएको उनले बताए । अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास (होमस्टे) छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ । “सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेज छ”, उनले भने । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending