Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बालबालिकामा मोबाइलको लतले निम्त्याउँदै गम्भीर समस्या, छुटाउने कसरी?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको अनामनगरमा बसोबास गर्ने सम्झना शर्माकी छोरी अहिले साढे तीन वर्षकी भइन्। सँगसँगै जन्मिएका अन्य बालबालिकाभन्दा ढिलासम्म आफ्नी छोरी नबोल्दा सम्झनालाई निकै चिन्ता लागेको थियो।

“दुई वर्षकी हुन लाग्दासमेत कुनै बोली फुटाएर प्रतिक्रिया नै जनाउँदिनथी,” सम्झना भन्छिन्, “बाबा/मामु समेत भन्न नथाल्दा मलाई त मेरी छोरी पनि अटिस्टिक रहिछ कि भन्ने धेरै तनाव भएको थियो।”

बोली नफुटेकी उनकी छोरीलाई खुवाउनुपर्‍यो भने मोबाइलमा भिडिओहरू नदेखाई हुँदैनथ्यो। “हामी पनि दुवै जना काम गर्ने भएकाले उसलाई समय दिन पनि नभ्याउने अनि मोबाइल थमायो, खुवायो गर्थ्यौँ,” सम्झना भन्छिन्।

ढिलोसम्म छोरी नबोलेपछि उनले चिकित्सकहरूलाई पनि त्यसबारे भनिन्। सबैले मोबाइल धेरै खेलाएर पो नबोलेको हो कि भन्ने शङ्का गरे। “दुई वर्षकी भएपछि भने किन्डरगार्टनमा हालिदिएँ,” सम्झना भन्छिन्, “छोरी त बिस्तारै बोल्न मात्र थालिन, घरमा हुँदाभन्दा निकै टाठी पनि भई।”

उनलाई अहिले लाग्छ, “आमाबाबु दुवैले घरमा धेरै बेर मोबाइल नै चलाइरहने अनि छोरीलाई पनि फकाउन मोबाइल नै दिने गर्दागर्दै छोरीसँग गर्नुपर्ने खालको संवाद नै गरिएनछ।”

बालमनोचिकित्सक तथा मनोविद्हरूका अनुसार अचेल सम्झनाको जस्तै आफ्ना छोराछोरी “ढिलो बोलेका वा बोली नफुटेको” गुनासो गर्नेहरू धेरै हुन थालेका छन्। र, त्यसको कारणको रूपमा देखा परेको छ- मोबाइलको अधिक प्रयोग अर्थात् मोबाइलको लत।

यद्यपि त्यसबारे नेपालमा खासै अध्ययनहरू नभएकाले यकिनका साथ भन्न नसकिने उनीहरूको भनाइ छ।

पहिले कान्ति बाल अस्पतालमा काम गरिसकेकी र हाल मानसिक अस्पताल लगनखेलमा कार्यरत बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा. शेरिना मोक्तानका भनाइमा विशेष गरी नेपालका सहरी क्षेत्रका कतिपय बालबालिकामा ढिलो गरी बोली फुट्नुको एउटा कारण मोबाइल पनि हुन सक्ने देखिएको छ।

उनी भन्छिन्, “बालबालिकालाई सानैदेखि चौबीसै घण्टा मोबाइलमा झुन्डिन दिँदा उनीहरूले सामाजिक संवाद नै गर्न पाइरहेका छैनन्। संवाद गर्ने वातावरण नभईकन बालबालिकाले बोल्न सिक्दैनन्।”

“मोबाइलले नर्सरी राइम्स वा एबीसीडी त सिकाउला तर बोल्न वा संवाद गर्न सिकाउँदैन। त्यो निरन्तरको अभ्यासमा निर्भर हुने कुरा हो।”

कान्ति बाल अस्पतालमा रहँदा त्यस्तो समस्या लिएर आएका कतिपय बालबालिकाका अभिभावकलाई मोबाइल चलाउने समय कम गर्न लगाउँदा त्यसले फाइदा पुगेको देखिएको अनुभव उनको छ।

बालबालिकामा बोली ढिलो आउने त एउटा उदाहरण मात्र भएको र मोबाइलको लत लागेपछि बालबालिकामा अनेकौँ मानसिक र शारीरिक समस्याहरू देखिन थालेको मोक्तान बताउँछिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मोबाइलको लतका कारण बालबालिकाको समग्र विकासमै नकारात्मक असर पर्ने र समस्या देखिने भन्दै पटकपटक सूचना नै जारी गरेर सचेत गराउने गरेको छ।

बालबालिकामा मोबाइलको लत

जानकारहरूका भनाइमा बालबालिका तथा किशोरकिशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ। यद्यपि त्यो बालबालिसँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ।

बालबालिकामा हुने मोबाइलको लत भनेको उनीहरूले मोबाइल धेरै चलाउनु मात्र नभएको मोक्तान बताउँछिन्। उनी भन्छिन्, “मोबाइल धेरै चलाउनु मात्र होइन, मोबाइल चलाउन नपाउँदा बालबालिकाले दु:ख मान्ने, निराश हुने, डराउने, मोबाइलबाहेक अन्य कुरामा ध्यानै नदिने, सामाजिक नहुने खालको अवस्था बन्यो भने त्यसलाई मोबाइलको लत लागेको भन्नुपर्ने हुन्छ।”

मोबाइलको लत मोबाइल धेरै चलाएर मात्र नभई ‘सामाजिक चिन्ता’का कारण पनि हुन सक्छ। “सामाजिक चिन्ता भएका बालबालिकाले त्यसलाई भुलाउनका लागि मोबाइल चलाउन थाल्छन् र त्यो मात्रा बढ्दै जान्छ अनि लत बस्छ,” मोक्तान भन्छिन्।

त्यस्तै डिप्रेसन भएका बालबालिकाले पनि त्यसबाट भुल्न मोबाइल धेरै चलाउने र त्यो लत बन्ने उनको भनाइ छ। मोक्तानका अनुभवमा कान्ति बाल अस्पतालमा दैनिक चार/पाँच जना बालबालिकाहरूलाई मोबाइलको लतकै कारण मानसिक समस्या देखिएको भनेर ल्याइने गरेको छ।

त्यस्तै अटिजम भएका बालबालिकामा अधिक मोबाइल चलाउने लतका कारण त्यसका गम्भीर लक्षणहरू देखा परेको पनि आफ्नै एउटा अध्ययनले देखाएको मोक्तान बताउँछिन्।

डिप्रेसनदेखि दुर्व्यवहारसम्म

विशेष गरी किशोरकिशोरीहरूमा मोबाइलको अति लतका कारण डिप्रेसनको समस्या देखिने गरेको मोक्तान बताउँछिन्।

“कतिपय किशोरकिशोरीमा मोबाइलको लतका कारण सामाजिक सञ्जाल धेरै चलाउने अनि त्यसमा कसैले आफ्नो फोटो राख्यो तर त्यसमा कम लाइक वा शेअर भयो तर साथीको धेरै भयो भने त्यसैबारे सोचेर उनीहरू मानसिक समस्यामा परेको पनि देखिएको छ,” उनी भन्छिन्।

“कम लाइक वा शेअर हुँदा ‘म साथीभन्दा नराम्रो रहेछु वा मलाई कसैले मन पराउँदैन रहेछन्’ भन्ने ठानेर पनि किशोरकिशोरी डिप्रेसनमा गएको पाइएको छ।”

त्यस्तै कतिपय बालबालिकालाई सामाजिक सञ्जालकै माध्यमबाट ‘बुलिङ’ र यौन दुर्व्यवहार भएका घटना पनि देखा परेको जानकारहरूको भनाइ छ। दुर्व्यवहारका कारण मानसिक समस्या भोगेका बालबालिकाहरू पनि आउने क्रम बढेको मोक्तान जानकारी दिन्छिन्।

स्वास्थ्य मन्त्रालयको सुझाव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको अभिभावकलाई लत नलगाउन सुझाव दिँदै आएको छ। हालै मन्त्रालयले जारी गरेको सूचनामा पनि मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पर्ने जनाइएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा बालबालिकामा मोबाइलको लतबारे निम्न कुरा उल्लेख गरिएको छ:

  • बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्। अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ।
  • मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ।
  • आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खुवाउनु हुँदैन।
  • मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ।
  • खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ।
  • मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ। उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ।
  • सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
  • मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ।

मोबाइलको लत कम गर्ने के गर्ने?

बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन्। मोक्तान भन्छिन्, “सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु भएन।”

अभिभावकपछि शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। त्यस्तै घरमा कुनै स्थानलाई ‘स्क्रीन-फ्री जोन’ बनाउन उनी सुझाव दिन्छिन्।

सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता शर्मा देख्छिन्।

त्यस्तै सरकारले नेपालमा “कति स्क्रीन टाइम उपयुक्त हो” भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालन गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूकव सुझाव छ। त्यसका अतिरिक्त मोबाइल चलाउने समयमा त्यसलाई बन्द गरेर अन्य विकल्पहरूमा बालबालिकालाई सहभागी गराउनुपर्ने मोक्तानको सुझाव छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending