Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

विश्वकप क्रिकेटकाे फाइनलमा दबाबमा भारत, अस्ट्रलियाले लियाे सुरूवातमै तीन विकेट

खबरडबली संवाददाता

काठमाडौँ । एकदिवसीय विश्वकप २०२३ उपाधि भिडन्तमा अस्ट्रेलियाले टस जितेर बलिङ गरिरहेको छ।  अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा प्याट कमिन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएका छन् । भारतले सुरुआती ब्याटिङ गर्दैछ। हालसम्म ११ औँ ओभरको खेल सकिँदा तीन विकेट गुमाएको छ। भारतले कप्तान रोहित शर्मा, सुभमन गिल र श्रेयर एयरको विकेट गुमाएको छ। हालसम्म ८१ रन बनाएर अस्ट्रेलिया खेलिरहेको छ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो । अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

अस्ट्रेलिया पछिल्लो २७ वर्ष फाइनलमा पराजित भएको छैन । २४ वर्षमा पछिल्लो चार फाइनल जितेको छ । सन् १९९६ मा पछिल्लो पटक श्रीलंकासँग फाइनलमा पराजित भएको थियो ।

अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । 

दुईबीच पछिल्लो भेट चेन्नईमा भएको थियो । लिग चरणमा भारत ६ विकेटले विजयी भयो । अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । १० खेल अनिर्णित बनेका छन् ।

भारतका विराट कोहली निकै लयमा छन् । उनले १० खेलमा सात सय ११ रन बनाएका छन् । जसमा तीन सतक र पाँच अर्धसतक छ । बलिङतर्फ मोहम्मद सामी ६ खेलमा २३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध एक्लै सात विकेट लिएका थिए ।


पछिल्लो आठ खेलमा अपराजित रहेको अस्ट्रेलियाको लागि ओपनर डेविड वार्नर लयमा छन् । उनी अस्ट्रेलियाको तर्पmबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । १० खेल खेल्दा पाँच समय २८ रन बनाएका छन् । दुई सतक र दुई अर्धसतक वार्नरको नाममा छ । अफगानिस्तानविरुद्ध दोहोरो सतक हानेका ग्लेन म्याक्स्वेल भारतको लागि टाउँको दुखाई विषय बन्नेछन् ।

बलिङतर्फ स्पिनर एडम जाम्पा सर्वाधिक विकेट लिने सामी पछि दोस्रो स्थानमा छन् । उनले १० खेलमा २२ विकेट लिएका छन् । नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चेर चार विकेट लिएका थिए ।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending