काठमाडौं । चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपाल तेस्रो बनेको छ । आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो ।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । एक सय ११६ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।
जापानका लागि अकारी निसिमुराले २९ रन बनाइन भने हिनासी गोतोले १६ तथा अहिल्या चन्डलले ११ रन बनाइन्। जापानका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । जापानलाई सस्तैमा समेट्न खुशी राई, संगीता राई, इन्दू बर्मा र सीता रानामगर र सोनी पाख्रिनले एक एक विकेट लिए । त्यस अघि नेपालकी ओपनर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडिन्। उनले ३ चौका प्रहार गरिन् ।
यस्तै रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । जापानकी अहिल्या चन्डल, एरिका तोगुची र आयुमी फुजिकावाले १–१ विकेट लिए। नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो। यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो।
पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो । आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन् ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि यी दुई टिमले खेलेका थिए। उक्त खेलमा हङकङ १० विकेटले विजयी भएको थियो । महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।
याे पनि पढाैं
महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: