Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

इजरायल-हमास युद्ध : गाजाको अलशिफा अस्पतालमा स्वास्थ्यकर्मी र सेवाग्राहीसहित सयौँ व्यक्तिको भागाभाग

खबरडबली संवाददाता

काठमाडौं । इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन् । 

अल–शिफा अस्पताल वरपर ठूलो विस्फोटनको आवाज सुनिएपछि विस्थापित व्यक्ति, चिकित्सक, नर्स र बिरामी तथा घाइतेहरू एम्बुलेन्सबिना नै समुन्द्री किनारतर्फ जाँदै गरेको देखिएको थियो ।

प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले भाग्दै गर्दा बाटोमा इजरायली ड्रोनको आवाज सुनिएको र नराम्ररी क्षतिग्रस्त पसलहरू र पल्टिएका सवारी साधनहरूको छेउछाउमा कम्तीमा १५ वटा शवहरू देखेको पुष्टि गरे । 

हमास प्रभावित क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १२० जना घाइते र केही समय नपुग्दै जन्मेका शिशु अझै पनि शिफा अस्पतालमा रहेको जनाएको छ । 

हमासको अपरेशन सेन्टरको खोजी गरिरहेको इजरायलले अस्पतालभित्र सैन्य कारबाही गर्न दबाब दिइरहेको छ । इजरायलले अक्टोबर ७ मा करिब एक हजार ४०० जनाको ज्यान लिने गरी हमासले इजरायली क्षेत्रमा गरेको आक्रमणपछि हमासलाई ध्वस्त पार्ने भन्दै प्यालेष्टिनी क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको छ । 

मारिएकामध्ये अधिकांश दक्षिणी इजरायलका नागरिकहरू थिए भने केही पढ्न वा कामको शिलशिलामा विदेशबाट इजरायलमा बस्दै आएका विदेशी रहेका थिए । हमासले गरेको आक्रमणपछि कम्तीमा २४० मानिसहरूलाई बन्धक बनाएको थियो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार इजरायली सेनाको निरन्तर हवाई र स्थल कारबाहीले पाँच हजार बालबालिकासहित १२ हजार मानिसको ज्यान लिइसकेको छ ।

गाजा शहरमा शनिबार बिहान इजरायली सेनाले लाउडस्पिकरमार्फत अल–शिफा अस्पताल ‘अर्को एक घण्टाभित्र’ खाली गर्न आदेश दिएको घटनास्थलमा रहेका एएफपीका एक पत्रकारले बताए । 

उनीहरूले अस्पतालका निर्देशक मोहम्मद अबु सालमियालाई फोन गरेर बिरामी, घाइते, विस्थापित र स्वास्थ्यकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई समुन्द्री किनारतर्फ जान आग्रह गरेका थिए ।

इजरायली सेनाले शिफा अस्पतालका निर्देशकको अनुरोधलाई स्वीकार गर्दै अस्पतालमा रहेका र त्यहाँबाट बाहिर जान चाहने थप गाजावासीलाई उद्धार गर्न अनुमति दिएको बताएको छ । 

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेना अल–शिफामा प्रवेश गर्नुअघि दुई हजार ३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टिनीहरू अल–शिफामा आश्रय लिइरहेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending