Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

जाजरकोट भूकम्प- ढोकाको आड लिएर बाँचेका दिनेश !

खबरडबली संवाददाता

जाजरकोट । “गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियो । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।” 

जाजरकोट कुशे गाउँपालिका घर भई भेरी नगरपालिका–१ माथिल्लो थाप्लेमा बस्दै आउनुभएका दिनेश सिंहले भने ।  

भूकम्पबाट धेरैले ज्यान गुमाउँदा भाग्यले बाँचेका उनले भने, “उभिएको ढोकाको पर्खाल गल्र्यामगुर्लुम ढलेपछि त्यसैसँग म पनि तल खसेछु । तर ममाथि छाना खस्न पाएन । यसअघि नै छत खसिसकेको थियो । पर्खालका ढुङ्गासँग ठोक्किएर होला, अँध्यारो रातमा केही बेर रन्थनिए पनि । वरपरका घर पनि धेरै ढलिसकेका रहेछन् । पक्की घर भएका छिमेकी बाहिरबाट कराइरहेको रहेको आवाज सुने यद्यपि त्यति बेला म उठिसकेको थिए ।”

“मैले पुनर्जन्म पाएको छु । घरको नामो निसान नहुँदा म सकुशल रहेँ”, उनले भने, “भाग्यले बाँचेको छु । मेरो लागि यो सौभाग्य नै हो । सबैलाई यो अवस्था जुर्न सक्दैन ।”

दुई छोराछोरी काठमाडौँ भएको र सोही दिन श्रीमती ‘लाइसेन्स’को परीक्षा दिन नेपालगञ्ज जाँदा उनीहरु पनि बाँचेको उनले बताए । उनले भने, “त्यो दिन श्रीमतीसहित छोराछोरी घरमा भएको भए अवस्था निकै भयावह हुन्थ्यो होला । आफैँ भाग्यले बाँचेको मान्छे उनीहरुलाई बचाउन सकिने अवस्था थिएन । यदि उनीहरुलाई बचाउन लागिन्थ्यो भने हामी सबै च्यापिने खतरामा पुग्थ्यौँ ।” 

हातमा चोट लागे पनि अवस्था गम्भीर नभएको उहाँले बताए । श्री लक्ष्मीप्राप्ति मावि कुशे गाउँपालिका–५ खुर्पा जाजजरकोटका प्रधानाध्यापकसमेत रहेका सिंहको घर भूकम्पले पूर्णरुपमा ध्वस्त भएको छ । उनीजस्तै सदरमुमकाम खलङ्गासहित सिङ्गो जाजरकोटका भूकम्पपीडित त्रिपालको भरमा खुला आकाशमुनि ओत लिएर बाँच्न बाध्य छन् । उनका अनुसार एउटै त्रिपालमा सपरिवार बस्न समस्या छ । सरकारले प्रतिपरिवार ठूलो आकारको दुई त्रिपाल आवश्यक छ । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीमबहादुर सिंहले भूकम्पका कारण जाजरकोट सदरमुकामको घर भत्कँदा सासूआमा गुमाए । भूकम्पले ज्यान गुमाएका, घाइते भएका, घर पूर्ण एवं आंशिक ध्वस्त भएका परिवारलाई सरकारले न्यायिकरुपले राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने उनले सुझाव दिए ।

कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले आफ्नो पालिकामा सबैको नागरिकको घर चर्केरभित्र बस्ने अवस्था नभएकाले घोगाको ढोडमा ओत लाग्नुपरेको दुखेसो पोखे । “हामी लेक नजिक भएकाले चिसोले कठ्याङ्ग्रिएर दिन काटिरहेका छौँ”, उनले भने, “मान्छेहरु चिसोले नै मर्ने अवस्था भएकाले सरकारले आवासको बन्दोबस्ती छिटो गर्दिनुपर्यो ।”

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो पालिकामा मात्रै प्रति परिवार आठ हजार तीन सय ५१ तालपोलियन  आवश्यक भएको जनाए । उनका अनुसार प्रतिपरिवार दुई त्रिपाल अनिवार्य दिनुपर्छ । यसका लागि १६ हजार सात सय एक पाल चाहिन्छ । त्यसका निम्ति हामीले प्रदेश तथा सङ्घ सरकारसहित दातृ निकायसँग सहयोगका लागि आवश्यक पहल एवं समन्वय गरिरहेका छौँ ।

असोज १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट जिल्लामा मात्रै एक सय पाँच जनाको ज्यान लिएको थियो । एक सय १२ भन्दा बढी घाइते भए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending