Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जाजरकोट भूकम्प- ढोकाको आड लिएर बाँचेका दिनेश !

खबरडबली संवाददाता

जाजरकोट । “गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियो । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।” 

जाजरकोट कुशे गाउँपालिका घर भई भेरी नगरपालिका–१ माथिल्लो थाप्लेमा बस्दै आउनुभएका दिनेश सिंहले भने ।  

भूकम्पबाट धेरैले ज्यान गुमाउँदा भाग्यले बाँचेका उनले भने, “उभिएको ढोकाको पर्खाल गल्र्यामगुर्लुम ढलेपछि त्यसैसँग म पनि तल खसेछु । तर ममाथि छाना खस्न पाएन । यसअघि नै छत खसिसकेको थियो । पर्खालका ढुङ्गासँग ठोक्किएर होला, अँध्यारो रातमा केही बेर रन्थनिए पनि । वरपरका घर पनि धेरै ढलिसकेका रहेछन् । पक्की घर भएका छिमेकी बाहिरबाट कराइरहेको रहेको आवाज सुने यद्यपि त्यति बेला म उठिसकेको थिए ।”

“मैले पुनर्जन्म पाएको छु । घरको नामो निसान नहुँदा म सकुशल रहेँ”, उनले भने, “भाग्यले बाँचेको छु । मेरो लागि यो सौभाग्य नै हो । सबैलाई यो अवस्था जुर्न सक्दैन ।”

दुई छोराछोरी काठमाडौँ भएको र सोही दिन श्रीमती ‘लाइसेन्स’को परीक्षा दिन नेपालगञ्ज जाँदा उनीहरु पनि बाँचेको उनले बताए । उनले भने, “त्यो दिन श्रीमतीसहित छोराछोरी घरमा भएको भए अवस्था निकै भयावह हुन्थ्यो होला । आफैँ भाग्यले बाँचेको मान्छे उनीहरुलाई बचाउन सकिने अवस्था थिएन । यदि उनीहरुलाई बचाउन लागिन्थ्यो भने हामी सबै च्यापिने खतरामा पुग्थ्यौँ ।” 

हातमा चोट लागे पनि अवस्था गम्भीर नभएको उहाँले बताए । श्री लक्ष्मीप्राप्ति मावि कुशे गाउँपालिका–५ खुर्पा जाजजरकोटका प्रधानाध्यापकसमेत रहेका सिंहको घर भूकम्पले पूर्णरुपमा ध्वस्त भएको छ । उनीजस्तै सदरमुमकाम खलङ्गासहित सिङ्गो जाजरकोटका भूकम्पपीडित त्रिपालको भरमा खुला आकाशमुनि ओत लिएर बाँच्न बाध्य छन् । उनका अनुसार एउटै त्रिपालमा सपरिवार बस्न समस्या छ । सरकारले प्रतिपरिवार ठूलो आकारको दुई त्रिपाल आवश्यक छ । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीमबहादुर सिंहले भूकम्पका कारण जाजरकोट सदरमुकामको घर भत्कँदा सासूआमा गुमाए । भूकम्पले ज्यान गुमाएका, घाइते भएका, घर पूर्ण एवं आंशिक ध्वस्त भएका परिवारलाई सरकारले न्यायिकरुपले राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने उनले सुझाव दिए ।

कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले आफ्नो पालिकामा सबैको नागरिकको घर चर्केरभित्र बस्ने अवस्था नभएकाले घोगाको ढोडमा ओत लाग्नुपरेको दुखेसो पोखे । “हामी लेक नजिक भएकाले चिसोले कठ्याङ्ग्रिएर दिन काटिरहेका छौँ”, उनले भने, “मान्छेहरु चिसोले नै मर्ने अवस्था भएकाले सरकारले आवासको बन्दोबस्ती छिटो गर्दिनुपर्यो ।”

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो पालिकामा मात्रै प्रति परिवार आठ हजार तीन सय ५१ तालपोलियन  आवश्यक भएको जनाए । उनका अनुसार प्रतिपरिवार दुई त्रिपाल अनिवार्य दिनुपर्छ । यसका लागि १६ हजार सात सय एक पाल चाहिन्छ । त्यसका निम्ति हामीले प्रदेश तथा सङ्घ सरकारसहित दातृ निकायसँग सहयोगका लागि आवश्यक पहल एवं समन्वय गरिरहेका छौँ ।

असोज १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट जिल्लामा मात्रै एक सय पाँच जनाको ज्यान लिएको थियो । एक सय १२ भन्दा बढी घाइते भए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending