Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

खबरडबली संवाददाता

महोत्तरी ।  एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो ।

बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे । तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ ।

लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´

`पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´

सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । `माटो नभएको, वालुवा नै वालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्राङगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,´ सिंहले भने, `अनी हामीलाई सु:खका दिन आए जस्तो लाग्यो ।´

रामेस्वर सिंह जस्तै  अहिले २४३ भुमिहिन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रीत बनेका छ्न ।

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको  प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भुमिहिन, गरिव तथा विपन्नहरुका लागी  जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।

नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणिय बनेको भन्दै युएनडिपि मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ती भएको बताए ।

नगरको अधिनमा रहेको  क्षतिग्रस्त भु: भागमा सामुहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ  ।

अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भुमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार वनाईएको छ ।

उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्‍याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरिबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, `हामी यो कार्याकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।´

स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्तखनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले  अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।

तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पुर्ण भुमिहिन, गरिव र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मुलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।

हुर्कदै गरेका सयौ जातका आपका बिरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पुर्व वडा अध्यक्ष चुडामणी पोखरेल बताए ।

फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड  जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछी थप सहयोगको लागी पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन ।

त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भुभागमा यति ठूलो परिवर्तन हुनु  वास्तवमै कृषि क्रान्ती भएको धारणा राखे ।

युएनडिपिद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५  हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भुमिहिन, गरिव र विपन्नहरुलाई २५ बर्षको लागी हस्तान्तरण गरेको छ ।

कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रती चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्यण केन्द्र बन्न सक्ने कृषि विज्ञहरु वताउछन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाम्नाङ्टार बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न

ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending