Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

खबरडबली संवाददाता

महोत्तरी ।  एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो ।

बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे । तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ ।

लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´

`पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´

सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । `माटो नभएको, वालुवा नै वालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्राङगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,´ सिंहले भने, `अनी हामीलाई सु:खका दिन आए जस्तो लाग्यो ।´

रामेस्वर सिंह जस्तै  अहिले २४३ भुमिहिन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रीत बनेका छ्न ।

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको  प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भुमिहिन, गरिव तथा विपन्नहरुका लागी  जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।

नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणिय बनेको भन्दै युएनडिपि मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ती भएको बताए ।

नगरको अधिनमा रहेको  क्षतिग्रस्त भु: भागमा सामुहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ  ।

अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भुमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार वनाईएको छ ।

उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्‍याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरिबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, `हामी यो कार्याकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।´

स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्तखनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले  अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।

तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पुर्ण भुमिहिन, गरिव र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मुलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।

हुर्कदै गरेका सयौ जातका आपका बिरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पुर्व वडा अध्यक्ष चुडामणी पोखरेल बताए ।

फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड  जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछी थप सहयोगको लागी पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन ।

त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भुभागमा यति ठूलो परिवर्तन हुनु  वास्तवमै कृषि क्रान्ती भएको धारणा राखे ।

युएनडिपिद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५  हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भुमिहिन, गरिव र विपन्नहरुलाई २५ बर्षको लागी हस्तान्तरण गरेको छ ।

कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रती चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्यण केन्द्र बन्न सक्ने कृषि विज्ञहरु वताउछन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending