Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

फूलखेतीमा रमाउँदै युवा कृषक

खबरडबली संवाददाता

काठमाडौँ। रूपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरू गरेको पाँच वर्ष भयो। पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैं रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएका छन्। यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उनले जानकारी दिए। 

यस वर्ष तिहार केही ढिलो पर्दा उनको फूलबारीमा फूल दसैं अघिनै फुल्न सुरू गरेको हो।

‘यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैंको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार भयो,’ उनले भने, ‘तिहार नजिकिएसँगै फूलको माग पनि बढेको छ, यस वर्ष दसैं र तिहारमा फुलको राम्रो व्यापार भएको छ।’

प्रतिमाला एक सय र फूलको प्रतिकिलो पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताए।

यस वर्ष पाँचलाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ। भारतबाट फूल आयात हुँदा स्थानीय किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको व्यवसायी अर्यालको अनुभव छ। 

चाडपर्व सुरु भएसँगै फूलले बजार पाउन थालेको छ। पछिल्लो समय युवा पुष्प व्यवसायप्रति आकर्षित छन्। फूलको आयात रोक्न युवा लागेका छन्। भारतबाट आउने फूल र मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ। बुटवलको बजारमा भारतबाट सहजै फूलमाला आउँछ। 

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिर्सच सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन्। दीपावली सुरूसँगै फार्ममा आबद्ध युवालाई फूलबारीमा फूल टिप्न र माला गाँस्न व्यस्त छन्। सञ्चालकसहित कृषि विषय अध्ययन गरेका विद्यार्थी ओजेटिको लागि आएकासमेत फूल टिप्न र माला बनाउन व्यस्त छन्।

फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले पाँच जना युवा मिलेर विगत चार वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएको बताए। कृषि विषय अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, सञ्जय ज्ञवाली र विवेक ज्ञवालीसमेत फार्मका सञ्चालक छन्। सुरूमा दुई लाख रुपैयाँमा लगानीमा सञ्चालन गरिएको फार्ममा अहिले करिब रु ३० लाख बढी लगानी पुगेको उनी बताउँछन्।

गत वर्ष आठ कट्ठामा फूल खेती गरिएकोमा अहिले १५ कट्ठा क्षेत्रफलमा लगाइएको फार्मका प्रबन्ध निर्देशक कुँवरले बताए। उनीहरूले दाङ र अर्घाखाँचीमा पनि यस वर्षदेखि जग्गा भाडामा लिएर फूल खेती गरेका छन्।

‘हामीले उत्पादन गरेको फूलमाला दसैंअघिबाट बिक्री हुँदै आएको छ, यस वर्षदेखि त दाङ र अर्घाखाँचीमा पनि उत्पादन गरेर बिक्री गर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘तिहारका लागि अहिलेसम्म टिपेका फूल र बनाएका माला आज र भोलि सबै बिक्री हुन्छ।’

फार्ममै पुग्ने ग्राहकलाई बजार भाउभन्दा मालामा २० र फूलको प्रतिकिलो ५० रुपैयाँ सस्तोमा बिक्री गर्नेसमेत व्यवस्था गरिएको छ। अहिले फार्मबाट माला सय र सयपत्री फूल प्रतिकिलो पाँच सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। फार्ममा फूलखेतीसँगै फलफूल र तरकारी खेती पनि गरेका छन्। कृषि पढ्दै गरेका १७÷१८ जना विद्यार्थी ओजेटिको लागि आएको उनले बताए।

उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि ‘कोल्ड स्टोर’को अभावका कारण पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको उनको गुनासो छ। उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा भाडा तिरेर स्टोर गर्ने गरेका छन्। 

‘भाडा तिरेर कोल्ड स्टोरमा राख्दा उत्पादनको लागत बढ्छ,’ उनले भने, ‘उत्पादन भएको फलफूल, फूल राख्न सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरेका छौं।’

बुटवलमा पहिलोपटक व्यावसायिक फूलखेती सुरू गरेका उनीहरूले विभिन्न जिल्लामा पुगेर पुष्प खेतीसम्बन्धी तालिमसमेत दिँदै आएका छन्। अहिले वार्षिक २०–२५ कृषक समूह र विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणका लागि आउने गरेको कुँवरले बताए।

रूपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलमा पुष्पखेती गर्दै आएका युवा व्यवसायी सुरज गुप्ताको परिवारका छ जना दाजुभाइ यसैमा सक्रिय छन्। करिब छ दशकदेखि नर्सरी व्यवसायमा जमेका गुप्ता परिवार तीन पुस्ता यसै व्यवसायमा रहेको गुप्ता बताउँछन्। जिल्लाका विभिन्न छ स्थानमा करिब आठ बिघा क्षेत्रफलमा नर्सरीको प्लान्ट सञ्चालन गर्दै आएको र त्यसैबाट पूरै परिवारनै चलेको उनी बताउँछन्। 

यस्तै, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ भगलापुरका झविन्द्र पौडेलले यस वर्ष करिब एक बिघा जग्गामा सयपत्री फूलको खेती गरेका छन्। विगत सात वर्षदेखि पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका छन्। पौडेलले गाईपालन र फूलखेती गर्दै आएको बताए। फूलका बिरुवा, फूल र तयारी माला बिक्री गर्दै आएको उनले बताए। 

‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल स्थानीय बजारमै खपत हुने गरेको छ,’ उनले भने, ‘यस वर्ष फूल बिक्रीबाट १० लाख रुपैयाँ बढी आम्दानी हुने आश गरेका छौं।’

तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने पुष्प व्यवसायी बताउँछन्। नेपालमा करिब छ सय किसिमका फूल पाइने भए पनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ। 

लुम्बिनी प्रदेश फूलखेतीका लागि अनुकूल र सुहाउँदो हावापानी रहेको छ। प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती हुने गरेको छ। लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बरालीले लुम्बिनी प्रदेशका सबै जिल्लामा फूल खेती राम्रो हुने गरेको बताए। 

निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाको २८ हेक्टर क्षेत्रफलमा यस वर्ष फूलखेती भएको छ। लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको र लुम्बिनीमा अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको बागवानी विकास अधिकृत बरालीले बताए। 

बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसान फूलखेतीमा आकर्षित भएको उनको भनाइ छ। प्रदेशका बाह्रवटै जिल्लामा पुष्प व्यवसाय प्रवद्र्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवालाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरणसमेत प्रदान गर्ने काम भएको उनले बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending