Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पब्लिक टिभीबाट भूकम्पपीडितलाई १० लाखको राहत

खबरडबली संवाददाता

पर्वत। पोखराबाट सञ्चालनमा रहेको पब्लिक फोर के टेलिभिजनले रुकुम (पश्चिम) को आठ विसकोट नगरपालिकाका भूकम्पपीडितलाई करिब १० लाख मूल्य बराबरको राहत वितरण गरेको छ।

भूकम्पबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा समस्यामा रहेकाले अत्यावश्यक रूपमा राहत दिनुपर्ने एक सय परिवारलाई राहत सामग्री बाँडिएको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए। 

उनका अनुसार त्रिपाल ब्ल्यांकेट, पि फर्म, तन्नासँगै ३० केजी चामल, दाल, चना, नुन, तेल, बेसार, मसला, साबुनलगायतका दैनिक उपभोग्य वस्तु राहत प्याकेजमा वितरण गरिएको हो। टेलिभिजन कै तर्फबाट लगिएका स्वास्थ्य सामाग्रीहरू समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ। 

राहत लिएर पुगेको टेलिभिजनको टोलीले केही गाउँमा नगरपालिकाको समन्वयमा राहत आफैँ वितरण गर्‍यो भने केही ठाउँका लागि नगरपालिकामार्फत हस्तान्तरण गरेको छ। 

आठविसकोट नगरपालिका–१३ भल्मामा राहत वितरण गर्दै नगर प्रमुख रवि केसीले सञ्चारमाध्यमले समाचार सम्प्रेषणसँगै भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने बताए। 

‘क्यामेरामा यहाँको दुख खिचेर देखाएर मात्रै हुँदैन। मिडियाले पीडामा परेका नागरिकको घाउमा मलम पनि लगाउन सक्नुपर्छ। पब्लिक टिभीले राहतसमेत ल्याएर प्रशंसनीय काम गरेको छ’, उनले भने। नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको पनि नगर प्रमुख केसीले जानकारी दिएका छन्। 

आठविसकोट १३ भल्माका गोपालजङ मल्लले सिङ्गो घर पुरिएको अवस्थामा प्याकेजसहित पाएको राहतले खुसी दिलाएको बताए। उनले अब अस्थायी बासको व्यवस्था आवश्यक रहेको सुनाए। 

जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पले आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ। ८० जना घाइते भएका छन्। चार हजार दुई सय ७५ घरमा पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्क छ। यस्तै दुई हजार तीन सय ३७ घरमा आंशिक क्षति भएको छ। भूकम्पबाट एक हजार सात सय ११ घरमा सामान्य क्षति भएको छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: