नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नम्बर १२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थी उद्धव खनाल र विष्णु खनालले त्यहाँ अध्ययनरत शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई एक–एक सेट न्यानो कपडा सहयोग गरेका हुन् ।
उनीहरुले वितरण गरेको कपडामा विद्यालयको नाम छापिएको ट्र्याकसुट र टि–सर्ट एक–एक थान छन् । शुक्रवार विद्यालयले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उद्धवले जानकारी दिए । उद्धव आफैं र विष्णुका छोरा विकास र छोरी पूर्णिमाले विद्यार्थीलाई कपडा वितरण गरेका थिए ।
विद्यार्थीलाई नियमित विद्यालय आउन प्रेरणा मिलोस् भनेर आफूहरुले बेला बेलामा विभिन्न सामग्री बाँड्ने गरेको र यसपालि न्यानो कपडा वितरण गरेको उद्धवको भनाइ छ ।
विद्यालयमा आयोजित कार्यक्रममा बेलकोटगढी–१२ का वडाअध्यक्ष डिल्लीराम सिलवालले यस्तो कार्यले विद्यार्थी बीचैमा पढाइ छाड्ने प्रवृत्ति न्यूनीकरणमा योगदान पुग्ने बताए ।
सहरतर्फको बसाइँसराइ र पठनपाठनको गुणस्तरका कारण ग्र्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेकोले अभिभावक, शिक्षक र राज्य संयन्त्र गम्भीर भएर लाग्नुपर्ने सिलवालले बताए । ‘नत्र राज्यको ठूलो लगानीबाट कुनै प्रतिफल आउँदैन,’ उनले भने ।
विद्यालयका प्रधानअध्यापक जगतबहादुर थापामगरले न्यानो कपडा, शैक्षिक सामग्री लगायतले विद्यार्थीमा प्रेरणा जगाउने बताए ।
विद्यालयले विद्यार्थी संख्या घट्न नदिन निःशुल्क यातायातको व्यवस्था गरेको तर दिगो स्रोत नहुँदा बसको सञ्चालन खर्च धान्न मुस्किल परिरहेको पनि उनले जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: