नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नम्बर १२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थी उद्धव खनाल र विष्णु खनालले त्यहाँ अध्ययनरत शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई एक–एक सेट न्यानो कपडा सहयोग गरेका हुन् ।
उनीहरुले वितरण गरेको कपडामा विद्यालयको नाम छापिएको ट्र्याकसुट र टि–सर्ट एक–एक थान छन् । शुक्रवार विद्यालयले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उद्धवले जानकारी दिए । उद्धव आफैं र विष्णुका छोरा विकास र छोरी पूर्णिमाले विद्यार्थीलाई कपडा वितरण गरेका थिए ।
विद्यार्थीलाई नियमित विद्यालय आउन प्रेरणा मिलोस् भनेर आफूहरुले बेला बेलामा विभिन्न सामग्री बाँड्ने गरेको र यसपालि न्यानो कपडा वितरण गरेको उद्धवको भनाइ छ ।
विद्यालयमा आयोजित कार्यक्रममा बेलकोटगढी–१२ का वडाअध्यक्ष डिल्लीराम सिलवालले यस्तो कार्यले विद्यार्थी बीचैमा पढाइ छाड्ने प्रवृत्ति न्यूनीकरणमा योगदान पुग्ने बताए ।
सहरतर्फको बसाइँसराइ र पठनपाठनको गुणस्तरका कारण ग्र्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेकोले अभिभावक, शिक्षक र राज्य संयन्त्र गम्भीर भएर लाग्नुपर्ने सिलवालले बताए । ‘नत्र राज्यको ठूलो लगानीबाट कुनै प्रतिफल आउँदैन,’ उनले भने ।
विद्यालयका प्रधानअध्यापक जगतबहादुर थापामगरले न्यानो कपडा, शैक्षिक सामग्री लगायतले विद्यार्थीमा प्रेरणा जगाउने बताए ।
विद्यालयले विद्यार्थी संख्या घट्न नदिन निःशुल्क यातायातको व्यवस्था गरेको तर दिगो स्रोत नहुँदा बसको सञ्चालन खर्च धान्न मुस्किल परिरहेको पनि उनले जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...



प्रतिकृया लेख्नुहोस्: