स्याङ्जा । सिंहदरबार घर घरमा पुगेको अनुभूति दिलाउन स्थानीय सरकारले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा निकै सकारात्मक काम गरिरहेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकाले अति विपन्न, असहाय तथा पछाडि परेका समुदायका परिवारका लागि आवास निर्माण गरेर हस्तान्तरण गरिरहेका छन् ।
कालीगण्डकी गाउँपालिकाले पाँच परिवारलाई घर बनाएर हस्तान्तरण गरेको छ भने चापाकोट नगरपालिकाले पनि यस्तै गरेको छ । कोही नभएका र आफ्नो सामान्य घरसमेत आफैँ बनाउन नसक्नेका लागि पालिकाले न्यूनतम शुल्कमै सुविधासम्पन्न घर निर्माण गरिदिने गरेका छन् ।
सहयोग गर्ने कोही छैन भन्ने लागेको र वर्षौंदेखि पानी चुहिने झुप्रोमा बस्दै आएको भए पनि अब भने जीवन जिउन सहज हुने भएकाे कालीगण्डकी गाउँपालिका–४ का लिलबहादुर दमाईले बताए । वडा नं. ५ की एकल महिला पार्वती पाण्डेयले नयाँ घर पाएपछि स्थानीय तहबाट सहयोग पाउन सकेको बताइन् ।
अपाङ्गता भएकै कारण लामो समयदेखि समस्या झेल्दै आएका कालीगण्डकीकै गिरिराज भट्टराई अपाङ्गतामैत्री घरमा बस्न पाएपछि निकै हर्षित छन् । नसक्ने र दुःखीका लागि राज्यले हेर्ने दिन पनि आएको भट्टराईले बताए । कालीगण्डकी गाउँपालिकाले यो वर्ष कम्तीमा चार वटा घर यस्ता विपन्न तथा असहायका लागि बनाउने योजना बनाएको पालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
चापाकोट नगरपालिकाले पालिकाभित्र रहेका १० वटै वडामा पहिचान गरिएका अति विपन्न, असहाय तथा पछाडि परेको समुदायका परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजना अनुसार काम गरेको हो । नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) ले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको बताए ।
पालिकाले पहिलो चरणमा वडा नं. ७ की सीता दर्जी, वडा नं. ४ का रोमन विक र केशबहादुर दमै, वडा नं. १० की माया भट्टराई र दिवस विकको घर निर्माणको काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद खनालले बताए ।
कालीगण्डकी गाउँपालिकाले गएको आर्थिक वर्षबाटै विपन्न परिवारका लागि आवास निर्माणको काम गरिरहेको छ । जिल्लाका अन्य पालिकाले पनि अति विपन्न, असहाय र पछाडि परेको समुदायका लागि सहयोग हुने गरी काम सुरु गरेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...



प्रतिकृया लेख्नुहोस्: