स्याङ्जा । सिंहदरबार घर घरमा पुगेको अनुभूति दिलाउन स्थानीय सरकारले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा निकै सकारात्मक काम गरिरहेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकाले अति विपन्न, असहाय तथा पछाडि परेका समुदायका परिवारका लागि आवास निर्माण गरेर हस्तान्तरण गरिरहेका छन् ।
कालीगण्डकी गाउँपालिकाले पाँच परिवारलाई घर बनाएर हस्तान्तरण गरेको छ भने चापाकोट नगरपालिकाले पनि यस्तै गरेको छ । कोही नभएका र आफ्नो सामान्य घरसमेत आफैँ बनाउन नसक्नेका लागि पालिकाले न्यूनतम शुल्कमै सुविधासम्पन्न घर निर्माण गरिदिने गरेका छन् ।
सहयोग गर्ने कोही छैन भन्ने लागेको र वर्षौंदेखि पानी चुहिने झुप्रोमा बस्दै आएको भए पनि अब भने जीवन जिउन सहज हुने भएकाे कालीगण्डकी गाउँपालिका–४ का लिलबहादुर दमाईले बताए । वडा नं. ५ की एकल महिला पार्वती पाण्डेयले नयाँ घर पाएपछि स्थानीय तहबाट सहयोग पाउन सकेको बताइन् ।
अपाङ्गता भएकै कारण लामो समयदेखि समस्या झेल्दै आएका कालीगण्डकीकै गिरिराज भट्टराई अपाङ्गतामैत्री घरमा बस्न पाएपछि निकै हर्षित छन् । नसक्ने र दुःखीका लागि राज्यले हेर्ने दिन पनि आएको भट्टराईले बताए । कालीगण्डकी गाउँपालिकाले यो वर्ष कम्तीमा चार वटा घर यस्ता विपन्न तथा असहायका लागि बनाउने योजना बनाएको पालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
चापाकोट नगरपालिकाले पालिकाभित्र रहेका १० वटै वडामा पहिचान गरिएका अति विपन्न, असहाय तथा पछाडि परेको समुदायका परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजना अनुसार काम गरेको हो । नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) ले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको बताए ।
पालिकाले पहिलो चरणमा वडा नं. ७ की सीता दर्जी, वडा नं. ४ का रोमन विक र केशबहादुर दमै, वडा नं. १० की माया भट्टराई र दिवस विकको घर निर्माणको काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद खनालले बताए ।
कालीगण्डकी गाउँपालिकाले गएको आर्थिक वर्षबाटै विपन्न परिवारका लागि आवास निर्माणको काम गरिरहेको छ । जिल्लाका अन्य पालिकाले पनि अति विपन्न, असहाय र पछाडि परेको समुदायका लागि सहयोग हुने गरी काम सुरु गरेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: