Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

यमपञ्चकको पूजा परिवर्तनको पूजा होः एलपी भानु शर्मा

खबरडबली संवाददाता

काठमाडौं । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपीभानु शर्माले यमपञ्चक परिवर्तनको पूजा भएको बताएका छन् । योग साधना र अध्यात्ममा गहिरो दख्खल भएका शर्माले तिहारका पाँच दिनकाग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिनु भनेको परिवर्तनका संवाहकहरुको पूजा गरिएको स्पष्ट पारेका छन् ।

 ‘यमपञ्चक भनेको प्रकृतिको परिवर्तनचक्रमा योगदान गरिरहने संवाहकहरुको पूजा हो,यही नै यथार्थ हो’ शर्माले स्पष्ट पार्दै भने । आजबाट सुरु भएको यमपञ्चकमा क्रमशः काग,कुकुर,गाई,गोरुलाई पर्यावरण र प्रकृतिप्रतिको श्रद्धाको रुपमा मानिसले महत्वका साथ सहअस्तित्वको भावले यमपञ्चक मनाउने र तिनलाई पूज्ने गर्दछन् । 

उज्यालो पर्व तिहारमा मानव,प्रकृति र परिवर्तनमा सहयात्री बनेका सबै एक जुट भएर पर्वको रुपमा उत्सव मनाउने प्रचलन रहिआएको छ । तिहारको पूर्व सन्ध्यामा हामीले योग विज्ञानमार्फत समाजमा सामाजिक,नैतिक र जीवन विज्ञानको विभिन्न पाटामा चेतना फैलाउँदै आएका आध्यात्मिक व्यक्तित्व एलपी भानु शर्मालाई तिहारमा यमपञ्चकको रुपमा पाँच दिनसम्म किन पशुपंक्षी र लक्ष्मीलाई पूजिन्छ भनेर सोधेका छौं । 

शर्माले यमपञ्चकको रुपमा काग, कुकुर, गाई, गोरु धनकी देवी लक्ष्मीलाई पूज्नुको अर्थ गहिरो रहेको खुलाए। उनले यमपञ्चकमा गरिने पूजा परिवर्तनको पूजा भएको बताए ।  शर्माको भनाई छ, ‘यमको अर्थ हो परिवर्तन। पाँचदिनसम्म गरिने पूजा परिवर्तनको पूजा हो। परिवर्तनमा कुन प्राणीको कस्तो योगदान छ,कुन पशु,कुन पंक्षी, कुन वनस्पति र आकाश,वायु, अग्नी, जल र पृथ्वीकस्को के योगदान छ यो ख्याल गर्ने बेला हो। जति पनि परिवर्तनहरु आउँछन् ती सबै यम हुन् । जव हामीले परिवर्तनलाई पूजा गरेर परिवर्तनको नै उत्सव मनाउन थाल्छौं, त्यतिखेर तिहार सुरु हुन्छ ।’

उनले सबैभन्दा ठूलो परिवर्तन मृत्यु भएको भन्दै मृत्युलाई नै उत्सवको रुपमा यमपञ्चकको रुपमा मनाउने गरेको रोचक अर्थ लगाए । सम्वृद्धि र लक्ष्मी परिवर्तनलाई स्वीकार्ने मनुष्यसँग मात्र हुने भन्दै उनलेपरिवर्तनलाई स्वीकार नगर्ने मानिसको जीवनमा सम्वृद्धि नआउने बताए । उनले यमलाई पुरानो र लक्ष्मीलाई नयाँ ज्ञान र जीवनको रुपमा चित्रण गरे । 

शर्मा भन्छन्, ‘सबैभन्दा ठूलो परिवर्तन मृत्यु हो तरत्यसमा शरीरबाहेक अरु परिवर्तन हुँदैन। परिवर्तको संवाहक यमराज हुन्, उनले पनि संवाहक कुकुर काग आदिलाई पूजेर हामीले मृत्युलाई उत्सव बनाउन सिकायौं। जसले परिवर्तनलाई स्वीकार्न सक्दैन उसको जीवनमा सम्वृद्धि र लक्ष्मी कसरी आउँछिन् ? जुन ठीक पुरानो मर्दै छ त्यो यम हो र जुन नयाँ जन्मिदै छ, त्यो लक्ष्मी हो। लक्ष्मी र यमराज सँगसँगै आउँछन् ।’ 

तिहारमा धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा मात्रै लक्ष्मीपूजा नभएर हामीले पञ्चतत्व देखि प्रकृति र आफ्नो जीवनलाई जुनजुन कुराले सम्वृद्ध बनाए, ज्ञान दिए,जुन विषयले जीवनलाई बाँच्न योग्य बनायो ती सबैकोस्मरण गरी कृतज्ञ हुनुले मानिसलाई आध्यात्मिक बनाउने शर्माले विश्लेषण गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending