Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

यमपञ्चकको पूजा परिवर्तनको पूजा होः एलपी भानु शर्मा

खबरडबली संवाददाता

काठमाडौं । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपीभानु शर्माले यमपञ्चक परिवर्तनको पूजा भएको बताएका छन् । योग साधना र अध्यात्ममा गहिरो दख्खल भएका शर्माले तिहारका पाँच दिनकाग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिनु भनेको परिवर्तनका संवाहकहरुको पूजा गरिएको स्पष्ट पारेका छन् ।

 ‘यमपञ्चक भनेको प्रकृतिको परिवर्तनचक्रमा योगदान गरिरहने संवाहकहरुको पूजा हो,यही नै यथार्थ हो’ शर्माले स्पष्ट पार्दै भने । आजबाट सुरु भएको यमपञ्चकमा क्रमशः काग,कुकुर,गाई,गोरुलाई पर्यावरण र प्रकृतिप्रतिको श्रद्धाको रुपमा मानिसले महत्वका साथ सहअस्तित्वको भावले यमपञ्चक मनाउने र तिनलाई पूज्ने गर्दछन् । 

उज्यालो पर्व तिहारमा मानव,प्रकृति र परिवर्तनमा सहयात्री बनेका सबै एक जुट भएर पर्वको रुपमा उत्सव मनाउने प्रचलन रहिआएको छ । तिहारको पूर्व सन्ध्यामा हामीले योग विज्ञानमार्फत समाजमा सामाजिक,नैतिक र जीवन विज्ञानको विभिन्न पाटामा चेतना फैलाउँदै आएका आध्यात्मिक व्यक्तित्व एलपी भानु शर्मालाई तिहारमा यमपञ्चकको रुपमा पाँच दिनसम्म किन पशुपंक्षी र लक्ष्मीलाई पूजिन्छ भनेर सोधेका छौं । 

शर्माले यमपञ्चकको रुपमा काग, कुकुर, गाई, गोरु धनकी देवी लक्ष्मीलाई पूज्नुको अर्थ गहिरो रहेको खुलाए। उनले यमपञ्चकमा गरिने पूजा परिवर्तनको पूजा भएको बताए ।  शर्माको भनाई छ, ‘यमको अर्थ हो परिवर्तन। पाँचदिनसम्म गरिने पूजा परिवर्तनको पूजा हो। परिवर्तनमा कुन प्राणीको कस्तो योगदान छ,कुन पशु,कुन पंक्षी, कुन वनस्पति र आकाश,वायु, अग्नी, जल र पृथ्वीकस्को के योगदान छ यो ख्याल गर्ने बेला हो। जति पनि परिवर्तनहरु आउँछन् ती सबै यम हुन् । जव हामीले परिवर्तनलाई पूजा गरेर परिवर्तनको नै उत्सव मनाउन थाल्छौं, त्यतिखेर तिहार सुरु हुन्छ ।’

उनले सबैभन्दा ठूलो परिवर्तन मृत्यु भएको भन्दै मृत्युलाई नै उत्सवको रुपमा यमपञ्चकको रुपमा मनाउने गरेको रोचक अर्थ लगाए । सम्वृद्धि र लक्ष्मी परिवर्तनलाई स्वीकार्ने मनुष्यसँग मात्र हुने भन्दै उनलेपरिवर्तनलाई स्वीकार नगर्ने मानिसको जीवनमा सम्वृद्धि नआउने बताए । उनले यमलाई पुरानो र लक्ष्मीलाई नयाँ ज्ञान र जीवनको रुपमा चित्रण गरे । 

शर्मा भन्छन्, ‘सबैभन्दा ठूलो परिवर्तन मृत्यु हो तरत्यसमा शरीरबाहेक अरु परिवर्तन हुँदैन। परिवर्तको संवाहक यमराज हुन्, उनले पनि संवाहक कुकुर काग आदिलाई पूजेर हामीले मृत्युलाई उत्सव बनाउन सिकायौं। जसले परिवर्तनलाई स्वीकार्न सक्दैन उसको जीवनमा सम्वृद्धि र लक्ष्मी कसरी आउँछिन् ? जुन ठीक पुरानो मर्दै छ त्यो यम हो र जुन नयाँ जन्मिदै छ, त्यो लक्ष्मी हो। लक्ष्मी र यमराज सँगसँगै आउँछन् ।’ 

तिहारमा धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा मात्रै लक्ष्मीपूजा नभएर हामीले पञ्चतत्व देखि प्रकृति र आफ्नो जीवनलाई जुनजुन कुराले सम्वृद्ध बनाए, ज्ञान दिए,जुन विषयले जीवनलाई बाँच्न योग्य बनायो ती सबैकोस्मरण गरी कृतज्ञ हुनुले मानिसलाई आध्यात्मिक बनाउने शर्माले विश्लेषण गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending