Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

खबरडबली संवाददाता

भक्तपुर । तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।     

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद छैन ।     

शिवप्रसाद प्रजापतिले आफूहरुले यसवर्ष करिब २० लाख पाला बनाएर बिक्री गर्ने योजना बनाएको बताए । उनले भने, “करिब ६० घरपरिवार माटोको भाँडा, पाला बनाउन व्यस्त छन्, बजारमा भारतीय पाला छिरिरहेको छ, सरकारले यसलाई रोक्न सके यसवर्ष हामीले २० लाख पाला बनाएर काठमाडौँ उपत्यकादेखि पोखरासम्म बिक्री गर्ने योजना बनाएका छौँ ।”     

उgले भक्तपुरका पाला देशका विभिन्न ठाउँमा पुग्ने गरे पनि अहिले तराईदेखि पहाडसम्म स्थानीयस्तरमै पाला निर्माण गरेपछि यहाँका पाला उपत्यका र काभ्रेमा मात्रै खपत हुने बताए । यसवर्ष एक दर्जन पाला रु ४० मा खुद्रा बिक्री गरेको र थोकमा प्रतिगोटा रु दुई मा बिक्री भइरहेको उनले बताए ।     

केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उहाँले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताए ।     

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ”, तालाक्व पोर्टरी स्क्वायरका ३८ वर्षीय विनोदकुमार प्रजापतिले भने, “माटोको समस्याले अर्डरअनुसारको काम गर्न पाइएको छैन ।” उनका अनुसार वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो । त्यसैले यो मौकालाई गुम्न नदिन यहाँका सिङ्गो समुदायका स–परिवार बिहानैदेखि रात नपरेसम्म माटोकै काममा व्यस्त हुने गरेको उहाँको भनाइ छ । भाँडा बनाउने परम्परागत मेसिन लोप भएपछि आधुनिक र सजिलो विद्युतीय मेसिनबाट माटोको भाँडा बनाउन व्यस्त उहाँले यस वर्ष १५ हजार पाला बिक्री गरिसकेका छ । पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारको पालाको माग रहेको बताए ।     

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको पनि हात एकछिन पनि खाली छैन । बाजे बराजुको पालादेखि माटोको भाँडा बनाउँदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आउनुभएको छ । उनले भने, “यस वर्ष पालाको माग धेरै छ, तिहार आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।”    

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौँ, ललितपुर, काभेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायतका स्थानमा बिक्री हुने गरेको छ ।     

पाला बनाउन व्यस्त विनोद प्रजापतिले माटो र काठको अभाव भएको भन्दैसरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने बताउनुभयो । भक्तपुरमा माटो पाउन छाडेको करिब एक दशक भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गरे पनि त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेसा नै सङ्कटमा पर्ने अवस्था आएको उनीहरु गुनासो गर्छन् ।     

स्थानीय विकास प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको रु १३ हजारदेखि १५ हजारसम्म लिने गरेको बताउनुहुन्छ । माटो र दाउराको अभावले समस्या आएको उनको भनाइ छ ।  

विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्दथे भने कतिपय विभिन्न जिल्लामा बसाई सरेर गएका कुमालेले सोही ठाउँमै माटोको भाँडा बनाउने गरेपछि माग घटेको स्थानीय बलराम प्रजापतिले बताए । पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै यहाँले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको उनकाे भनाइ छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending