काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु उपलब्ध गराई १९ जिल्लालाई नमूना जिल्ला घोषणा गर्न लागेको छ । टेलीकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोर्खा, दाङ्ग, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लालाई नमुना जिल्ला घोषणा गर्न लागेको हो ।
यस्ता जिल्लाहरुका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने नेपाल टेलीकमले जनाएको छ । देशका सबै जिल्लाहरुमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए ।
हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गरिन लागिएका जिल्लाहरुमा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिने बताइएको छ ।
यी स्थानहरुमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रबिधि र नेटवर्क पूर्वाधार तय गरिने नेपाल टेलीकमले जनाएको छ । नमुना जिल्लाहरुमा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर सेवा उपलब्ध गराइने प्रवक्ता अधिमकारीले बताए । सबैस्थानमा तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजना समेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर गरीने उनको भनाइ छ ।
नमूना जिल्लाहरुमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महशुल भुक्तानी जस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभईकन फोनबाट कल सेन्टर मार्फत सेवा सम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था मिलाइने प्रवक्ता अधिकारीले बताए ।
सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुन र बिना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरु विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरुसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्यहरु सम्पन्न गरिने प्रवक्ता अधिकारीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...



प्रतिकृया लेख्नुहोस्: