Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के

खबरडबली संवाददाता

बागलुङ ।  बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ । 

पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन् । पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ । ढोरपाटन पुग्ने पर्यटक गुर्जाघाट हुँदै जलजलासम्म पुग्ने गरेका छन् । जलजलासम्म पुग्न उत्तरगंगा खोला धेरै ठाउँमा तर्नुपर्ने हुन्छ ।

बर्खामा खोलाले काठको साँघु बगाइदिएपछि ढोरपाटन उपत्यकाको होटल व्यवसायी सङ्घ र नेपाली सेनाले उत्तरगङ्गा खोला तर्नका लागि दुई स्थानमा फड्के निर्माण गरेका छन् । जलजला पुग्ने पर्यटकलाई खोला वारपारमा समस्या भएपछि फड्के निर्माण गरेको स्थानीय होटल व्यवसायी श्यामलाल रेग्मीले बताए । जलजलासम्म नै गाडी पुग्ने भए पनि धेरैजसो पर्यटक मोटरसाइकलमा जाने हुँदा उनीहरुको सहजताका लागि फड्के बनाएको रेग्मीको भनाइ छ । फड्के बनाएपछि अब ट्रेकिङ जाने आन्तरिक पर्यटकलाई समेत सहज हुने उनको भनाइ छ  । 

“ढोरपाटन आउने अधिकांश पर्यटकले हिमालको अवलोकन गर्न खोज्छन्, त्यसका लागि गुर्जाघाट हुँदै जलजला पुग्नुपर्ने हुन्छ, पर्यटकको यात्रालाई सहज बनाउनका लागि दुई ठाउँमा फड्के निर्माण गरेका छौँ, जलजालसम्म गाडीनै जान्छ, तर धेरै जासो बाइकमा जाने हुँदा खोलामा समस्या हुन्थ्यो”, घिमिरेले भने, “अब सहजै रुपमा जलजला पुग्न सकिने छ, बर्खामा खोला ठूलो आउँछ, फड्के हुँदैन, यात्रा पनि गर्न गाह्रो हुन्छ, दुई दिन लगाएर दुई ठाउँमा काम गरियो ।”

फड्के निर्माण भएपछि यात्रा गर्न सहज भएको स्थानीय नीमबहादुर विकले बताए । युवायुवती सहज रुपमा खोला तर्न सके पनि बालबालिका र वृद्धवृद्धालाई निकै समस्या हुने गरेको भन्दै अब सजिलै वारपार गर्न सकिने उनको भनाइ छ । यहाँ हिउँदमा फड्के हाल्ने बर्खामा खोलाले बगाइदिने गरेको भन्दै स्थायी समाधानका लागि झोलुङ्गे पुल आवश्यक रहेको विकले बताए । सरोकारवाला निकायमा बारम्बार पुलको माग गरे पनि सुनुवाइ हुन नसकेको उनले बताए ।

निसीखोला गाउँपालिका–६ भल्कोटमा पनि स्थानीयले निसीखोलामा साँघु निर्माण गरेका छन् । बस्ती वारी र जग्गा जमिन खोला पारी भएको हुँदा स्थानीयले वर्षौँदेखि साँघुकै भरमा वारपार गर्ने गरेका छन् । खोलामा झोलुङ्गे पुल नहुँदा बर्खाको समयमा घण्टौँ समय लगाएर टाढा रहेको झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको भन्दै अहिले खोलामा पानीको बहाव खटेको हुँदा गाउँलेहरुले झारा गरेर साँघु हालेको स्थानीय फूलबहादुर बुढा मगरले बताए । अब बर्खा नलाग्दासम्म यही साँघुबाट स्थानीयले खोला वारपार गर्ने बुढा मगरको भनाइ छ । साँघु वारपार गर्न सहज भए पनि निकै जोखिमपूर्ण हुने उनले बताए  । साँघु तर्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको बुढा मगरको भनाइ छ ।
उनले भने, “पुल नहुँदा खोलाले बगाएर अहिलेसम्म धेरैले ज्यान गुमाइसके, यस्तो अवस्थामा पनि राज्यको नजर यहाँसम्म पुगेको छैन, हामीहरु कति दिनसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने ? हरेक दिन वारपारी गरि राख्नुपर्छ, हामीहरु पनि कैयौँ पटक खोलामा खस्यौँ, भाग्यले बाच्यौँ, एउटा झोलुङ्गे पुल बन्न सके त यहाँका जनताले सास्ती खेप्नु पर्ने थिएन नि, कस्ले सुन्ने यहाँका जनताको समस्या ?”

निसीखोला, तमानखोला, ढोरपाटन क्षेत्रमा रहेक वर्ष दर्जन बढी झोलुङ्गे पुल निर्माण भइरहेका छन् । धेरै खोलाहरु हुँदा एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न पुलको आवश्यक पर्छ । विकटको तुलनमा धेरै ठाउँमा पुल बनेर सहज भए पनि अझै दर्जनौँ स्थानमा झोलुङ्गे पुल बनाउनु पर्ने आवश्यक छ । लामा तथा छोटा झोलुङ्गे पुलले स्थानीयलाई सहज बनाउनुका साथै पर्यटक आकर्षण पनि गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending