Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के

खबरडबली संवाददाता

बागलुङ ।  बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ । 

पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन् । पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ । ढोरपाटन पुग्ने पर्यटक गुर्जाघाट हुँदै जलजलासम्म पुग्ने गरेका छन् । जलजलासम्म पुग्न उत्तरगंगा खोला धेरै ठाउँमा तर्नुपर्ने हुन्छ ।

बर्खामा खोलाले काठको साँघु बगाइदिएपछि ढोरपाटन उपत्यकाको होटल व्यवसायी सङ्घ र नेपाली सेनाले उत्तरगङ्गा खोला तर्नका लागि दुई स्थानमा फड्के निर्माण गरेका छन् । जलजला पुग्ने पर्यटकलाई खोला वारपारमा समस्या भएपछि फड्के निर्माण गरेको स्थानीय होटल व्यवसायी श्यामलाल रेग्मीले बताए । जलजलासम्म नै गाडी पुग्ने भए पनि धेरैजसो पर्यटक मोटरसाइकलमा जाने हुँदा उनीहरुको सहजताका लागि फड्के बनाएको रेग्मीको भनाइ छ । फड्के बनाएपछि अब ट्रेकिङ जाने आन्तरिक पर्यटकलाई समेत सहज हुने उनको भनाइ छ  । 

“ढोरपाटन आउने अधिकांश पर्यटकले हिमालको अवलोकन गर्न खोज्छन्, त्यसका लागि गुर्जाघाट हुँदै जलजला पुग्नुपर्ने हुन्छ, पर्यटकको यात्रालाई सहज बनाउनका लागि दुई ठाउँमा फड्के निर्माण गरेका छौँ, जलजालसम्म गाडीनै जान्छ, तर धेरै जासो बाइकमा जाने हुँदा खोलामा समस्या हुन्थ्यो”, घिमिरेले भने, “अब सहजै रुपमा जलजला पुग्न सकिने छ, बर्खामा खोला ठूलो आउँछ, फड्के हुँदैन, यात्रा पनि गर्न गाह्रो हुन्छ, दुई दिन लगाएर दुई ठाउँमा काम गरियो ।”

फड्के निर्माण भएपछि यात्रा गर्न सहज भएको स्थानीय नीमबहादुर विकले बताए । युवायुवती सहज रुपमा खोला तर्न सके पनि बालबालिका र वृद्धवृद्धालाई निकै समस्या हुने गरेको भन्दै अब सजिलै वारपार गर्न सकिने उनको भनाइ छ । यहाँ हिउँदमा फड्के हाल्ने बर्खामा खोलाले बगाइदिने गरेको भन्दै स्थायी समाधानका लागि झोलुङ्गे पुल आवश्यक रहेको विकले बताए । सरोकारवाला निकायमा बारम्बार पुलको माग गरे पनि सुनुवाइ हुन नसकेको उनले बताए ।

निसीखोला गाउँपालिका–६ भल्कोटमा पनि स्थानीयले निसीखोलामा साँघु निर्माण गरेका छन् । बस्ती वारी र जग्गा जमिन खोला पारी भएको हुँदा स्थानीयले वर्षौँदेखि साँघुकै भरमा वारपार गर्ने गरेका छन् । खोलामा झोलुङ्गे पुल नहुँदा बर्खाको समयमा घण्टौँ समय लगाएर टाढा रहेको झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको भन्दै अहिले खोलामा पानीको बहाव खटेको हुँदा गाउँलेहरुले झारा गरेर साँघु हालेको स्थानीय फूलबहादुर बुढा मगरले बताए । अब बर्खा नलाग्दासम्म यही साँघुबाट स्थानीयले खोला वारपार गर्ने बुढा मगरको भनाइ छ । साँघु वारपार गर्न सहज भए पनि निकै जोखिमपूर्ण हुने उनले बताए  । साँघु तर्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको बुढा मगरको भनाइ छ ।
उनले भने, “पुल नहुँदा खोलाले बगाएर अहिलेसम्म धेरैले ज्यान गुमाइसके, यस्तो अवस्थामा पनि राज्यको नजर यहाँसम्म पुगेको छैन, हामीहरु कति दिनसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने ? हरेक दिन वारपारी गरि राख्नुपर्छ, हामीहरु पनि कैयौँ पटक खोलामा खस्यौँ, भाग्यले बाच्यौँ, एउटा झोलुङ्गे पुल बन्न सके त यहाँका जनताले सास्ती खेप्नु पर्ने थिएन नि, कस्ले सुन्ने यहाँका जनताको समस्या ?”

निसीखोला, तमानखोला, ढोरपाटन क्षेत्रमा रहेक वर्ष दर्जन बढी झोलुङ्गे पुल निर्माण भइरहेका छन् । धेरै खोलाहरु हुँदा एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न पुलको आवश्यक पर्छ । विकटको तुलनमा धेरै ठाउँमा पुल बनेर सहज भए पनि अझै दर्जनौँ स्थानमा झोलुङ्गे पुल बनाउनु पर्ने आवश्यक छ । लामा तथा छोटा झोलुङ्गे पुलले स्थानीयलाई सहज बनाउनुका साथै पर्यटक आकर्षण पनि गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending