बारा । कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ ९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन् । उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन् ।
वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसे पछि आफूहरु समस्यामा परेको निजगढ ९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताए । ऋण काढेर लगाएको धान फल्दै नफले पछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताए ।
यता निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताए । उनले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिए पछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताए ।
बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताए पछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: