बेइजिङ । चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो । यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।
चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ । हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या बृ्द्दी भन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ ।
सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्बजनिक भएको हो । सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो ।
यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ ।
ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।
घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: