बेइजिङ । चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो । यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।
चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ । हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या बृ्द्दी भन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ ।
सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्बजनिक भएको हो । सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो ।
यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ ।
ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।
घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: