Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

केयुले २८ नवीनतम सोचलाई १ करोड ४० लाखलगानी गर्ने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौ विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो । 

नवीनत्तम सोच देखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आईडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ र यस अन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरुले आवेदन दिन सकिने छ भने १ करोड ऊर्जा लगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ । यस अन्तर्गत आवेदकहरु केयुसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउँनेछन् । 

केयुका अनुसार, प्रत्येक नवीनत्तम सोचलाई ५ लाख गरी २८ वटा नवीनत्तम सोचलाई परियोजनाबाट सहायता पाउनेछन् । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयुलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

मंगलबार देखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बर सम्मकालागि आवेदनदिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको  इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।  ‘नवीनता सोचमा आधारित व्यापार र व्यवसायको प्रवद्र्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहानेहरु सम्मका लागि अवसर सिर्जना गरी यस मार्फत देशको अर्थतन्त्रमा योगदानदिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौ’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकनदुई हप्ताभित्रभएर उनीहरुको सोचको परियोजना लगानी योग्य भए तुरुन्तै सहायता पाउने छन् ।’ 

प्रस्तावित परियोजना लगानी योग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयुले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

केयु अन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनत्तम आइडियालाई लगानी गरिसकेको छ । विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी  गरेका छन् । इनर जाइज नेपालका अनुसार यस आयोजना मार्फत दुई सय भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाईसकेका छन् । 

लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए । विद्यार्थी लगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदानदिने उद्देश्यले केयुले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो । इनर जाइज नेपालभने नर्वेजियन सरकारको सहयोगमानर्वे राजदूतावास मार्फत अध्ययन, अनुसन्धान र नवीतम सोचको परियोजनाकालागि सञ्चालितकार्यक्रमहो । इनरजाइज नेपालको केयु, हाइड्रो ल्याब, एनटिएनयु र सिन्टेफ साझेदार छन् भने यसको व्यवस्थापन केयुले गर्दै आएको छ ।

यस अन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ । यस अन्तर्गतका परियोजनाका लागि नर्वेजियन सरकारले ५१ मिलियननकअर्थात करिब ६५ करोड नेपाली रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending