Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

लागूऔषधसहित ८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाै‌ं  । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । 

काठमाडौंकाे महानगरपालिका-१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद ५७ हजार ६ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका-११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय राम चन्द्र चमार समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सुनसरीकाे दुहबी नगरपालिका-८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित धनकुटा सहिद भूमि गाउँपालिका-७ बस्ने २१ वर्षीय अनिश तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रदेश १-०२-०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को.१ ह ८४७८ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइतेलाई उपचारको लागि दुहबी जिबन ज्योति हस्पिटल पठाई दुवै सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक अनिश तामाङको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका-१८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको पदार्थ बरामद भएको हो । 

सर्लाहीकाे ब्रहमपुरी गाउँपालिका-२ झिमखोलाको बाँधस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी पञ्चायत कुरहर-४ बस्ने २८ वर्षीय संतोष राय र भारत सितामढी पञ्चायत ननपुर-९ बस्ने ३० वर्षीय रामप्रवेश महतो रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवाबाट त्रिभुवननगरतर्फ जाँदै गरेको बिआर ०६ बिपि ८९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending