Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामा: मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएको छ ।
 
गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रुपमा  विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उनले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन तथा प्रतिकार्य गर्न र पीडितलाई राहत प्रदान गर्न सरकार सदैव तयार रहेको बताए।
 
“विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतसमेत सुनिश्चित गर्दै आएको छ”, मुख्य मन्त्री पाण्डेले भने, “जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुरोध भई आएका विषयमा राहत तथा क्षतिपूर्ति वितरण, विपद् उद्धारका लागि प्रयोग हुने सामग्रीहरू वितरण, विभिन्न किसिमका विपद् नमूना अभ्यास, कम्युनिटी सर्च एन्ड रेस्क्युजस्ता तालिमहरू सञ्चालन हुँदै आएको छ ।”
 
विपद् व्यवस्थापन र प्रतिकार्यमा नेपाली सेना तथा सबै सुरक्षा निकायले समन्वयात्मक रुपमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले यस तालिमले सबै सुरक्षा निकायको आगलागी नियन्त्रण क्षमता अभिवृद्धिसँगै उद्धारमा संलग्न हुने सम्पूर्ण निकायमा आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे।
 
गत वर्ष गण्डकी प्रदेशमा दुई सय ७० स्थानमा आगलागी हुँदा १० जनाको मृत्यु, ३९ जना घाइते हुनाका साथै अनुमानित रु आठ करोड ८४ लाख ६१ हजार बराबरको क्षति भएको थियोे ।
 
पश्चिम पृतना हेडक्वाटरका पृतनापति दीपक बानियाँले गण्डकी प्रदेश सरकारको पहलमा गरिएको यस तालिमले विपत् व्यवस्थापन एवम् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
 
सरोकारवाला निकायसँग सहकार्य गर्दै विपत् व्यवस्थापन एवम् प्रतिकार्य गर्दै आइएको र सरोकारवाला निकायको सहकार्य तथा समन्वयबाट विपद् जोखिमी न्यूनीकरणसँगै विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने उनले बताए।
 
पृतना तालिम अधिकृत प्रमुख सेनानी विक्रमदेव गिरीले गण्डकी प्रदेश सरकारको वार्षिक विकास कार्यक्रमअन्तर्गत विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि पृतना हेडक्वाटरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका शिक्षार्थीलाई सहभागी गराई कात्तिक १३ गतेदेखि आठदिने फायर फाइटिङ तालिम सञ्चालन गरिएको जानकारी दिए ।
 
तालिममा गण्डकी प्रदेशस्थित नेपाली सेनाका ३०, नेपाल प्रहरीका १० र सशस्त्र प्रहरी बलका १० गरी ५० जनाको सहभागिता थियो । कार्यक्रममा फायर फाइटिङको विभिन्न नमूना अभ्यास गरिएको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: