Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामा: मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएको छ ।
 
गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रुपमा  विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उनले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन तथा प्रतिकार्य गर्न र पीडितलाई राहत प्रदान गर्न सरकार सदैव तयार रहेको बताए।
 
“विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतसमेत सुनिश्चित गर्दै आएको छ”, मुख्य मन्त्री पाण्डेले भने, “जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुरोध भई आएका विषयमा राहत तथा क्षतिपूर्ति वितरण, विपद् उद्धारका लागि प्रयोग हुने सामग्रीहरू वितरण, विभिन्न किसिमका विपद् नमूना अभ्यास, कम्युनिटी सर्च एन्ड रेस्क्युजस्ता तालिमहरू सञ्चालन हुँदै आएको छ ।”
 
विपद् व्यवस्थापन र प्रतिकार्यमा नेपाली सेना तथा सबै सुरक्षा निकायले समन्वयात्मक रुपमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले यस तालिमले सबै सुरक्षा निकायको आगलागी नियन्त्रण क्षमता अभिवृद्धिसँगै उद्धारमा संलग्न हुने सम्पूर्ण निकायमा आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे।
 
गत वर्ष गण्डकी प्रदेशमा दुई सय ७० स्थानमा आगलागी हुँदा १० जनाको मृत्यु, ३९ जना घाइते हुनाका साथै अनुमानित रु आठ करोड ८४ लाख ६१ हजार बराबरको क्षति भएको थियोे ।
 
पश्चिम पृतना हेडक्वाटरका पृतनापति दीपक बानियाँले गण्डकी प्रदेश सरकारको पहलमा गरिएको यस तालिमले विपत् व्यवस्थापन एवम् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
 
सरोकारवाला निकायसँग सहकार्य गर्दै विपत् व्यवस्थापन एवम् प्रतिकार्य गर्दै आइएको र सरोकारवाला निकायको सहकार्य तथा समन्वयबाट विपद् जोखिमी न्यूनीकरणसँगै विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने उनले बताए।
 
पृतना तालिम अधिकृत प्रमुख सेनानी विक्रमदेव गिरीले गण्डकी प्रदेश सरकारको वार्षिक विकास कार्यक्रमअन्तर्गत विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि पृतना हेडक्वाटरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका शिक्षार्थीलाई सहभागी गराई कात्तिक १३ गतेदेखि आठदिने फायर फाइटिङ तालिम सञ्चालन गरिएको जानकारी दिए ।
 
तालिममा गण्डकी प्रदेशस्थित नेपाली सेनाका ३०, नेपाल प्रहरीका १० र सशस्त्र प्रहरी बलका १० गरी ५० जनाको सहभागिता थियो । कार्यक्रममा फायर फाइटिङको विभिन्न नमूना अभ्यास गरिएको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending