Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

‘विनोद, रेस्ट इन पिस’ लेखेर सोल्टीमोडमा कसले टाँस्याे ?

खबरडबली संवाददाता

काठमाडौं । शनिबार बिहान काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडमा एकाबिहानै एक व्यक्ति सडक पेटीमा मृत भेटिए । घटनास्थलभन्दा करिब सय मिटर नजिकै बिजुलीको पोलमा एउटा कागज टाँसिएको थियो । जसमा लेखिएको थियो- ‘विनोद, रेस्ट इन पिस’।

प्रहरीले मृत फेला पर्ने ती व्यक्तिको नाम विनोद हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो । अनुसन्धानका क्रममा ती व्यक्ति नेपाली सेनाका लेश नायक २६ वर्षीय सुमन कार्की रहेको खुल्यो । सुमनसँग उनले बोक्ने गरेको मोबाइल साथमा थिएन । प्राविधिक अनुसन्धानका क्रममा शुक्रबार राति ८ देखि ९ बजेको बीचमा उनी नजिकै रहेको दरबार बैंक्वैटबाट बाहिर निस्किएर आफैं लडेको देखिएको थियो । सोही अवस्थामा उनी बिहान भेटिएका थिए । प्रहरीका अनुसार लड्नुअघि सुमनले बैक्वेटमा मदिरा सेवन गरेका थिए ।

सीसीटीभी फुटेज हेर्दा ९ बजेर ४२ मिनेटमा दुई जना व्यक्तिले सुमनसँग रहेको मोबाइल लिएर गएको देखिएको थियो । उक्त मोबाइल राति १० बजेर ५० मिनेटमा जैसीदेवलबाट स्वीच अफ भएको पाइएकाे छ । ‘प्रारम्भिक रुपमा हेर्दा कार्कीको भवितव्य भएर मृत्यु भएको देखिएकाे प्रहरीकाे भनाइ छ । उनी मदिरा सेवन गरेपछि नियन्त्रण गुमाएर आफैं लडेको देखिएको  अनुसन्धानमा रहेका एक अधिकारीले भने ।

प्रहरीले मोबाइल लैजानेको खोजी गरिरहेको छ । केही व्यक्ति अनुसन्धानको दायरामा समेत रहेको उनले बताए  । बिजुलीको पोलमा टाँसिएको उक्त कागज घटनासँग सम्बन्धित रहे-नरहेकोबारे प्रहरीले निष्कर्ष निकाल्न सकेको छैन ।  ‘मृतकको नाम विनोद होइन । मोबाइल लिएर गएका व्यक्ति पनि कागज टाँसिएको दिशातर्फ गएको देखिँदैन । तर, कागजमा लेखिएको अक्षर हेर्दा त्यति पुरानो जस्तो पनि देखिँदैन’, अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीका अनुसार कागज टाँसिएको ठाउँमा रातभर मानिसहरुको गतिविधि पनि देखिएको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending