काठमाडौं । शनिबार बिहान काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडमा एकाबिहानै एक व्यक्ति सडक पेटीमा मृत भेटिए । घटनास्थलभन्दा करिब सय मिटर नजिकै बिजुलीको पोलमा एउटा कागज टाँसिएको थियो । जसमा लेखिएको थियो- ‘विनोद, रेस्ट इन पिस’।
प्रहरीले मृत फेला पर्ने ती व्यक्तिको नाम विनोद हुनसक्ने प्रारम्भिक अनुमान गरेको थियो । अनुसन्धानका क्रममा ती व्यक्ति नेपाली सेनाका लेश नायक २६ वर्षीय सुमन कार्की रहेको खुल्यो । सुमनसँग उनले बोक्ने गरेको मोबाइल साथमा थिएन । प्राविधिक अनुसन्धानका क्रममा शुक्रबार राति ८ देखि ९ बजेको बीचमा उनी नजिकै रहेको दरबार बैंक्वैटबाट बाहिर निस्किएर आफैं लडेको देखिएको थियो । सोही अवस्थामा उनी बिहान भेटिएका थिए । प्रहरीका अनुसार लड्नुअघि सुमनले बैक्वेटमा मदिरा सेवन गरेका थिए ।
सीसीटीभी फुटेज हेर्दा ९ बजेर ४२ मिनेटमा दुई जना व्यक्तिले सुमनसँग रहेको मोबाइल लिएर गएको देखिएको थियो । उक्त मोबाइल राति १० बजेर ५० मिनेटमा जैसीदेवलबाट स्वीच अफ भएको पाइएकाे छ । ‘प्रारम्भिक रुपमा हेर्दा कार्कीको भवितव्य भएर मृत्यु भएको देखिएकाे प्रहरीकाे भनाइ छ । उनी मदिरा सेवन गरेपछि नियन्त्रण गुमाएर आफैं लडेको देखिएको अनुसन्धानमा रहेका एक अधिकारीले भने ।
प्रहरीले मोबाइल लैजानेको खोजी गरिरहेको छ । केही व्यक्ति अनुसन्धानको दायरामा समेत रहेको उनले बताए । बिजुलीको पोलमा टाँसिएको उक्त कागज घटनासँग सम्बन्धित रहे-नरहेकोबारे प्रहरीले निष्कर्ष निकाल्न सकेको छैन । ‘मृतकको नाम विनोद होइन । मोबाइल लिएर गएका व्यक्ति पनि कागज टाँसिएको दिशातर्फ गएको देखिँदैन । तर, कागजमा लेखिएको अक्षर हेर्दा त्यति पुरानो जस्तो पनि देखिँदैन’, अनुसन्धान अधिकारी भन्छन् ।
प्रहरीका अनुसार कागज टाँसिएको ठाउँमा रातभर मानिसहरुको गतिविधि पनि देखिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: