Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बागलुङकाे निसीखोलामा बाटोको पहुँच पुग्दा घरमै सुत्केरी हुने घटे

खबरडबली संवाददाता

बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो। स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो। अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए ।

सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न सकिएको थिएन।

अहिले त्यो अवस्था छैन । यहाँका हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्छ भन्ने छाप बसेको छ । त्यसले गर्दा उनीहरू स्वास्थ्य संस्थामै पुग्ने गर्छन् । कतिपय गर्भवती बच्चा जन्माउने समय आउनासाथ स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा पुग्छन् भने कतिपय सुत्केरी ब्यथा लाग्न थाल्यो भनेमात्रै स्वास्थ्य संस्था जाने सुरसार गर्छन् ।

जसका कारण पछिल्लो समय निसीखोलामा स्वास्थ्य संस्था नपुग्दै बीच बाटोमा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । घरभन्दा टाढा रहेको स्वास्थ्यचौकीमा उनीहरू समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउने गरेका छन् । यहाँका अधिकांश गाउँबाट स्वास्थ्य संस्था पुग्न आधा घण्टादेखि दुई घण्टासम्म समय लाग्छ ।

निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यजस्तै छ । बर्थिङ सेन्टर र स्वास्थ्यचौकी टाढा हुँदा बाटोमै सुत्केरी भएपछि महिलाले ठूलो सास्ती खेप्नुपरेको छ । बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको अवस्थाबारे स्वास्थ्यकर्मीले समयमै जानकारी लिन पाउँदैनन् । कतिले बाटोमा सुत्केरी भएपछि त्यहीँबाटै घर फर्काउँछन् भने कतिले स्वास्थ्य संस्थामा पुर्याएर स्वास्थ्यकर्मीको परामर्श लिएर मात्रै फर्काउँछन् ।

निसीखोलाको भू–भाग कैतै अग्ला डाँडा, कतै होचा खोँच त कतै समथर भू–भाग रहेको हुँदा गाउँदेखि अर्को गाउँसम्म पुग्न घण्टौँ लाग्छ । त्यसले गर्दा अस्पताल पुग्नै गाह्रो हुने गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्तीमगरले विगतको तुलनामा ‘होमडेलीभरी’ हुनेको सङ्ख्या निकै कम भएको बताउँछन्।

करिब दुई वर्षयता कुनै पनि गर्भवती घरमा सुत्केरी भएको तथ्याङ्क नभएको भन्दै केही अस्पताल आउँदै गर्दा बाटोमै सुत्केरी हुने गरेको घर्तीमगर बताउँछन्। पछिल्लो समय महिला शिक्षित र सचेत बन्न थालेपछि स्वास्थ्यका बारेमा बढी चासो दिनुका साथै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको उनी बताउँछन्। अघिल्लो वर्ष करिब ३० गर्भवती स्वास्थ्य संस्था जाने क्रममा बाटोमै सुत्केरी भएको संयोजक घर्तीको भनाइ छ । यस वर्ष पनि करिब १५ जना बाटोमै सुत्केरी भएको उनले बताए।

“घरमै सुत्केरी हुने एक प्रतिशतमात्रै होला, गत वर्षदेखि घरमा सुत्केरी भएको पाइएको छैन, तर बर्थिङ सेन्टर र स्वास्थ्यचौकी आउँदा बाटोमै सुत्केरी हुनेको सङ्ख्या भने बढेको छ, बस्ती टाढा–टाढा छन्”, घर्तीले भने, “अहिले धेरै महिला दिदीबहिनी सचेत बन्दै जानुभएको छ, सबैलाई सुत्केरी हुन स्वास्थ्यचौकीमै जानुपर्छ भन्ने सोच छ, धेरैजसो समयमै बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा आएर बच्चा जन्माउने गर्नुभएको छ, कोहीचाहिँ ब्यथा लागेपछि मात्रै घरबाट हिँड्दा बाटोमा बच्चा जन्माउने गरेको पाइन्छ, गर्भ जाँच गर्न आउँदा नै उहाँहरूलाई समयमै आउनुपर्छ भनेका हुन्छौँ ।”

निसीखोलाभर छवटा बर्थिङ सेन्टर छन् भने स्वास्थ्यचौकी चार, सामुदायिक स्वास्थ्य एकाइ दुई र आधारभूत स्वास्थ्य सेवा केन्द्र दुईवटा छन् । स्थानीय ६३ वर्षीया चन्द्रमला बुढामगरले आफूहरूको पालामा कोहीले पनि अस्पतालमा गएर बच्चा नजान्माएको भन्दै अचेल हरेक गर्भवती स्वास्थ्य संस्थामा पुग्ने गरेको बताइन् । आफूहरूको पालामा स्वास्थ्य संस्था धेरै टाढा हुँदा धेरै समस्या भोग्नुपरेको भन्दै अहिले सहज बन्दै गएको उनको भनाइ छ।

बुढामगरले भनिन्, “मैले सात छोराछोरी जन्माएँ, कोही घाँस काट्दा बारीको काल्नामा जन्मिए, कोही गोठालो गएको बेला जङ्गलमा, अहिले त अस्पतालमै जान्छन्, अस्पतालमा गएर सुत्केरी हुँदा बच्चा निरोगी हुँदा रैछन्, हाम्रो पालामा घरमा बच्चा जन्माउन नसकेपछि मात्रै डोकामा बोकेर अस्पताल लैजाने गरिन्थ्यो, नजिकमा अस्पताल थिएनन्, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन लाग्थ्यो, अहिले त आधा घण्टामै पुग्न सकिन्छ ।”

निसीखोलाको निसेलढोर, जाउलेपानी, छापाखानी, चैतेलगायत गाउँबाट स्वास्थ्यचौकी पुग्न घण्टौँ लाग्छ। मोटरबाटोले सबै गाउँ जोडिए पनि निरन्तर यातायातका साधान नचल्दा गर्भवती अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending