Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

छत्रेश्वरीमा खेल गतिविधिलाई संस्थागतगर्दै लैजान पालिका स्तरिय समिति गठन

खबरडबली संवाददाता

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि, २०८० को व्यवस्था अनुसार समिति गठन गरेको हो ।

कार्यविधिको दफा ४ को व्यवस्था अनुसार सुरेन्द्र चन्द अध्यक्ष रहेको १३ सदस्यीय पालिका स्तरिय खेलकुद विकास समिति गठन गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर वस्नेतले जानकारी दिए । 

समितिको सदस्यहरुमा महेश वली, वसन्त भण्डारी, अभिमान विक, यज्ञश्वरी घर्तीमगर, सागर नेपाली, सुरेश घर्ती, गोविन्दपुन, पवित्र बहादुर विष्ट, तिलक बाबु चन्द, झरणदेवी वोहोरा, फौद बहादुर बस्नेत र सदस्य सचिवमा केशर बहादुर वली रहेका छन् । सदस्यहरु मध्येवाट पालिका खेलकुद विकास समितिले उपाध्यक्ष मनोनित गर्ने बताइएको छ । 

छत्रेश्वरी गाउँपालिका भित्रबाट पनि प्रतिस्पर्धा गर्न सक्ने योग्य खेलाडीहरु उत्पादन गर्नुका साथै खेलकुदको क्षेत्रलाई विकास गर्ने उद्देश्य सहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए ।

उनले भने, ‘खेलकुदको माध्यमबाट समाजमा अनुशासन र सामाजिक सद्भाव कायम राखी सुसंस्कृत समाजको निर्माण गर्न, स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्न र अनुशासित नागरिक उत्पादनकालागि खेलकुदको निकै महत्व छ । खेलकुदका गतिविधीहरुलाई संस्थागत रुपमा विकास गर्दै लैजाने उद्देश्यले कार्यपालिकाबाट कार्यविधि बमोजिम समिति गठन गरिएको हो ।’

पालिका खेलकुद विकास समितिको पदावधि गठन भएको मितिले ५ वर्षको हुने व्यवस्था छ । कार्यविधि अनुसार खेलकुद विकास समितिले गाउँपालिका भित्रका सबै वडाहरुमा वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गर्न सक्ने छ । 

यसैविच छत्रेश्वरी गाउँपालिकामा वडा अध्यक्षकप अन्तर्गतका प्रतियोगिताहरु सुरु हुने भएका छन् । वडा नम्बर ५ ले कार्तिक २२ र २३ गते लेखपोखरामा तेश्रो वडा अध्यक्षकप सञ्चालन गर्न लागेको हो । यस्तै वडा नम्बर ४ ले पनि कार्तिक ५ गतेदेखी वडा अध्यक्षकपको आयोजना गरेको थियाे ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending