सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि, २०८० को व्यवस्था अनुसार समिति गठन गरेको हो ।
कार्यविधिको दफा ४ को व्यवस्था अनुसार सुरेन्द्र चन्द अध्यक्ष रहेको १३ सदस्यीय पालिका स्तरिय खेलकुद विकास समिति गठन गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर वस्नेतले जानकारी दिए ।
समितिको सदस्यहरुमा महेश वली, वसन्त भण्डारी, अभिमान विक, यज्ञश्वरी घर्तीमगर, सागर नेपाली, सुरेश घर्ती, गोविन्दपुन, पवित्र बहादुर विष्ट, तिलक बाबु चन्द, झरणदेवी वोहोरा, फौद बहादुर बस्नेत र सदस्य सचिवमा केशर बहादुर वली रहेका छन् । सदस्यहरु मध्येवाट पालिका खेलकुद विकास समितिले उपाध्यक्ष मनोनित गर्ने बताइएको छ ।
छत्रेश्वरी गाउँपालिका भित्रबाट पनि प्रतिस्पर्धा गर्न सक्ने योग्य खेलाडीहरु उत्पादन गर्नुका साथै खेलकुदको क्षेत्रलाई विकास गर्ने उद्देश्य सहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए ।
उनले भने, ‘खेलकुदको माध्यमबाट समाजमा अनुशासन र सामाजिक सद्भाव कायम राखी सुसंस्कृत समाजको निर्माण गर्न, स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्न र अनुशासित नागरिक उत्पादनकालागि खेलकुदको निकै महत्व छ । खेलकुदका गतिविधीहरुलाई संस्थागत रुपमा विकास गर्दै लैजाने उद्देश्यले कार्यपालिकाबाट कार्यविधि बमोजिम समिति गठन गरिएको हो ।’
पालिका खेलकुद विकास समितिको पदावधि गठन भएको मितिले ५ वर्षको हुने व्यवस्था छ । कार्यविधि अनुसार खेलकुद विकास समितिले गाउँपालिका भित्रका सबै वडाहरुमा वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गर्न सक्ने छ ।
यसैविच छत्रेश्वरी गाउँपालिकामा वडा अध्यक्षकप अन्तर्गतका प्रतियोगिताहरु सुरु हुने भएका छन् । वडा नम्बर ५ ले कार्तिक २२ र २३ गते लेखपोखरामा तेश्रो वडा अध्यक्षकप सञ्चालन गर्न लागेको हो । यस्तै वडा नम्बर ४ ले पनि कार्तिक ५ गतेदेखी वडा अध्यक्षकपको आयोजना गरेको थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: