Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

अझै पुगेन पीडितलाई राहत, सदरमुकाममै राहत थन्किदा पिडीत भोकै

खबरडबली संवाददाता

जाजरकोट । शुक्रबार मध्यराति गएको भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन् । सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको हो। भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ। 

विभिन्न निकायले उपलब्ध गराएको राहत सामग्री सुगममै थन्किएका कारण सबैभन्दा मारमा दुर्गमका पीडितहरू परेका छन्। जिल्ला प्रशासन कार्यालयले जाजरकोटले एकद्वार प्रणालीबाट राहत वितरण गरिएको जनाएको छ। 

तर, राहत सामग्री दुर्गमका पीडितसम्म पुग्न नसकेको हो। राहत सामग्री सदरमुकाम र पालिकाको केन्द्रसम्म पुगे पनि पीडितले पाउन नसक्दा थप संकट पैदा भएको छ। भूकम्पबाट घरबारविहीन भएको तीन दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ।

जाजरकोटको नलगाडमा पीडितहरू चिसोका कारण बिरामी पर्न थालेका छन्। त्रिपालबिनै चिसोमा रात काट्नु परेका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। राहत सामग्री थुप्रिए पनि सडक नपुगेको बस्तीका पीडितले पाउन सकेका छैनन्। दुर्गमका पीडितले मात्र होइन, सदरमुकाम खलंगाभित्रै पीडितले हालसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। भेरी नगरपालिका–३ थाप्लेका प्रकाशजंग शाहले भने, ‘भूकम्पले घरै पूरै भत्किएर खुला चौरमा बास भएको छ, तर हामीले आजसम्म त्रिपाल पनि पाएका छैनौं। पीडितको नाममा आएको राहत पहुँचवालाले मात्र पाएका छन्, वास्तविक पीडितले राहत नै पाउन सकेका छैनन्।’

सदरमुकामभित्रैका पीडितले राहत पाउन नसकिरहेको अवस्थामा सडक नपुगेका र विकट क्षेत्रका पीडितले राहत नै देख्न नपाएको समाजसेवी जनक केसी बताउँछन्। उनी भन्छन्, ‘सदरमुकामकै पीडितले राहत पाउन सकेका छैनन्, विकट बस्तीमा राहत पुग्ने कहिले हो रु चिसोमा रात बिताउनुपर्ने बाध्यताका कारण गाउँमा पीडितहरू बिरामी हुन थालेका छन्, पहुँचवालाले नै राहतमा रजाइँ गर्ने अवस्था छ।’ 

भेरी नगरपालिकाकै भूकम्पपीडित तारा विकले घर भत्किएपछि आफूहरू सडकमै सुत्न बाध्य भएको सुनाइन्। उनले भनिन्, ‘राहत नै पाएका छैनौं, एउटा त्रिपाल पनि नहुँदा खुला स्थानमा चिसोमा रात काट्नु परेको छ। हाम्रो टोलमा कोही पनि राहत दिन आएका छैनन्, भत्किएको घर छाडेर 
राहत माग्न कहाँ जाऊँ ?

जाजरकोटकै बारेकोटका वीरबहादुर नेपालीले भने, ‘मेरो घर भत्किएको छ, बस्नलाई ठाउँ नै छैन। तर, आज तीनदिन भयो, कसैले राहत दिएनन्।’ रातमा निदाउन नसकेको भन्दै उनले बस्ने र खाने टुंगो नभएको सुनाए। भत्किएको घरको मुचुल्का उठाउनसमेत कोही नआएको भन्दै उनले आफ्ना लागि सरकार नै नभएको दुखेसो पोखे। भूकम्पका कारण घरबारविहीन बनेकाहरूले भत्किएको घरबाट सामान नै निकाल्न सकेका छैनन्।
बचेका कपडा र खाद्यान्न निकाल्न नपाएका कारण पनि आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था भएको पीडित कमला वलीले बताइन्। उनले भनिन्, ‘भूकम्पमा भाग्यले ज्यान त जोगायौं, तर अहिले चिसोमा भोकै बस्नुपर्ने बाध्यता छ। सरकारले राहत दिन्छ भन्छन्, हामीले आजसम्म पाएका छैनौं।’
केही स्थानमा राहत वितरण सुरु गरिए पनि पर्याप्त नहुँदा विवाद भएपछि रोकिएको छ। पीडितले राहत पाउन नसकिरहेका बेला स्थानीय प्रशासनले भने प्रभावित क्षेत्रमा राहत पठाउन सुरु भएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले पीडितलाई राहत उपलब्ध गराउनका लागि प्रयास भइरहेको बताए। 

उनले भने, ‘हामीले उद्धारको काम सकेपछि राहत वितरण थालेका छौं, प्रभावित क्षेत्रमा राहत वितरणका लागि सम्बन्धित पालिकालाई राहत सामग्री हस्तान्तरण सुरु गरेका छौं।’ उनले सोमबारसम्म ६ हजार कम्बल, ७ हजार त्रिपाल र चामल २५ सय बोरा पालिकाहरूलाई जिम्मा लगाएको बताए। पालिकाको जिम्मा लगाइएकाले चाँडै पीडितले राहतले पाउने उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending