Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अझै पुगेन पीडितलाई राहत, सदरमुकाममै राहत थन्किदा पिडीत भोकै

खबरडबली संवाददाता

जाजरकोट । शुक्रबार मध्यराति गएको भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन् । सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको हो। भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ। 

विभिन्न निकायले उपलब्ध गराएको राहत सामग्री सुगममै थन्किएका कारण सबैभन्दा मारमा दुर्गमका पीडितहरू परेका छन्। जिल्ला प्रशासन कार्यालयले जाजरकोटले एकद्वार प्रणालीबाट राहत वितरण गरिएको जनाएको छ। 

तर, राहत सामग्री दुर्गमका पीडितसम्म पुग्न नसकेको हो। राहत सामग्री सदरमुकाम र पालिकाको केन्द्रसम्म पुगे पनि पीडितले पाउन नसक्दा थप संकट पैदा भएको छ। भूकम्पबाट घरबारविहीन भएको तीन दिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ।

जाजरकोटको नलगाडमा पीडितहरू चिसोका कारण बिरामी पर्न थालेका छन्। त्रिपालबिनै चिसोमा रात काट्नु परेका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। राहत सामग्री थुप्रिए पनि सडक नपुगेको बस्तीका पीडितले पाउन सकेका छैनन्। दुर्गमका पीडितले मात्र होइन, सदरमुकाम खलंगाभित्रै पीडितले हालसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। भेरी नगरपालिका–३ थाप्लेका प्रकाशजंग शाहले भने, ‘भूकम्पले घरै पूरै भत्किएर खुला चौरमा बास भएको छ, तर हामीले आजसम्म त्रिपाल पनि पाएका छैनौं। पीडितको नाममा आएको राहत पहुँचवालाले मात्र पाएका छन्, वास्तविक पीडितले राहत नै पाउन सकेका छैनन्।’

सदरमुकामभित्रैका पीडितले राहत पाउन नसकिरहेको अवस्थामा सडक नपुगेका र विकट क्षेत्रका पीडितले राहत नै देख्न नपाएको समाजसेवी जनक केसी बताउँछन्। उनी भन्छन्, ‘सदरमुकामकै पीडितले राहत पाउन सकेका छैनन्, विकट बस्तीमा राहत पुग्ने कहिले हो रु चिसोमा रात बिताउनुपर्ने बाध्यताका कारण गाउँमा पीडितहरू बिरामी हुन थालेका छन्, पहुँचवालाले नै राहतमा रजाइँ गर्ने अवस्था छ।’ 

भेरी नगरपालिकाकै भूकम्पपीडित तारा विकले घर भत्किएपछि आफूहरू सडकमै सुत्न बाध्य भएको सुनाइन्। उनले भनिन्, ‘राहत नै पाएका छैनौं, एउटा त्रिपाल पनि नहुँदा खुला स्थानमा चिसोमा रात काट्नु परेको छ। हाम्रो टोलमा कोही पनि राहत दिन आएका छैनन्, भत्किएको घर छाडेर 
राहत माग्न कहाँ जाऊँ ?

जाजरकोटकै बारेकोटका वीरबहादुर नेपालीले भने, ‘मेरो घर भत्किएको छ, बस्नलाई ठाउँ नै छैन। तर, आज तीनदिन भयो, कसैले राहत दिएनन्।’ रातमा निदाउन नसकेको भन्दै उनले बस्ने र खाने टुंगो नभएको सुनाए। भत्किएको घरको मुचुल्का उठाउनसमेत कोही नआएको भन्दै उनले आफ्ना लागि सरकार नै नभएको दुखेसो पोखे। भूकम्पका कारण घरबारविहीन बनेकाहरूले भत्किएको घरबाट सामान नै निकाल्न सकेका छैनन्।
बचेका कपडा र खाद्यान्न निकाल्न नपाएका कारण पनि आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था भएको पीडित कमला वलीले बताइन्। उनले भनिन्, ‘भूकम्पमा भाग्यले ज्यान त जोगायौं, तर अहिले चिसोमा भोकै बस्नुपर्ने बाध्यता छ। सरकारले राहत दिन्छ भन्छन्, हामीले आजसम्म पाएका छैनौं।’
केही स्थानमा राहत वितरण सुरु गरिए पनि पर्याप्त नहुँदा विवाद भएपछि रोकिएको छ। पीडितले राहत पाउन नसकिरहेका बेला स्थानीय प्रशासनले भने प्रभावित क्षेत्रमा राहत पठाउन सुरु भएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले पीडितलाई राहत उपलब्ध गराउनका लागि प्रयास भइरहेको बताए। 

उनले भने, ‘हामीले उद्धारको काम सकेपछि राहत वितरण थालेका छौं, प्रभावित क्षेत्रमा राहत वितरणका लागि सम्बन्धित पालिकालाई राहत सामग्री हस्तान्तरण सुरु गरेका छौं।’ उनले सोमबारसम्म ६ हजार कम्बल, ७ हजार त्रिपाल र चामल २५ सय बोरा पालिकाहरूलाई जिम्मा लगाएको बताए। पालिकाको जिम्मा लगाइएकाले चाँडै पीडितले राहतले पाउने उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending