Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पुतली अध्ययनमा जीवन बिताउने ‘पुतली बाजे’

खबरडबली संवाददाता

काठमाडौं। नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गरेका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ ।

गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएका कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसहित बिदाइ गरेको हो । पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्रांगणमा राखिएको उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि विद्यार्थी तथा सहपाठीको उपस्थिति थियो ।

कोलिनको पार्थिव शरीरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झन्डा ओढाए ।

बेलायतबाट सन् १९६६ मा ३० वर्षको उमेरमा नेपाल आएका उनको पूरै जीवन नेपालमा पुतलीको अध्ययन र अनुसन्धानमा व्यतित भएको थियो ।

शिक्षा र प्रकृति संरक्षणमा नेपालमा गरेको योगदानस्वरुप सरकारले उनलाई सन् २०१९ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । कोलिनले नेपालका धेरै जिल्लामा पुगेर ६ सयभन्दा बढी प्रजातिका पुतली संकलन गरेका थिए ।

कोलिनले नेपालमा पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौंमा शिक्षणसमेत गरे । महानगरप्रमुख आचार्यले पुतलीका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको अतुलनीय योगदान रहेको स्मरण गरे । उनले भने, ‘नेपालको डाँडाकाँडा, भिरपाखा पुगेर ६ सयभन्दा बढी प्रजातिका पुतली संकलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो ।’

आफ्नो व्यक्तिगत जिन्दगी र देशसमेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाऊँ भन्ने उनको आकांक्षा अद्वितीय रहेको नगरप्रमुख आचार्यको भनाइ छ । जीवनमा कोलिनले कसैलाई नपिराएको र सबैसँग अपनत्व रहेर बिदा भएको उनलाई जान्नेहरुको भनाइ छ ।

कोलिन गणितको शिक्षक भएर पनि प्रकृतिको संरक्षणमा जुटेका थिए । उनकै अग्रसरतामा पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङग्रहालय स्थापना गरिएको छ । देश तथा विदेशबाट समेत सो संग्रहालय अध्ययन अवलोकनका लागि प्रकृतिप्रेमीहरु आउने गर्छन् । संग्रहालयमा कोलिनले संकलन गरेका ५८७ प्रकारका पुतली राखिएका छन् । पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले संग्रहालय व्यवस्थापन गर्दै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्छ भन्ने धारणाको विकासमा कोलिनले योगदान गरेको जनाए । विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा उनको जीवन व्यतित भएको कडरियाले स्मरण गरे ।

‘कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धि हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौं,’ कडरियाले भने ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको जनाए । उनले, ‘नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनुमात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नुपर्छ ।’

कोलिन लामो समयदेखि पोखरा १८, लामागाउँमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको हरियोखर्क अस्पतालमा उपचार गरिएको थियो । कोलिनको श्रद्धाञ्जलीपछि क्रिश्चियन परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । (रासस

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending