काठमाडौं। नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गरेका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ ।
गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएका कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसहित बिदाइ गरेको हो । पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्रांगणमा राखिएको उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि विद्यार्थी तथा सहपाठीको उपस्थिति थियो ।
कोलिनको पार्थिव शरीरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झन्डा ओढाए ।
बेलायतबाट सन् १९६६ मा ३० वर्षको उमेरमा नेपाल आएका उनको पूरै जीवन नेपालमा पुतलीको अध्ययन र अनुसन्धानमा व्यतित भएको थियो ।
शिक्षा र प्रकृति संरक्षणमा नेपालमा गरेको योगदानस्वरुप सरकारले उनलाई सन् २०१९ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । कोलिनले नेपालका धेरै जिल्लामा पुगेर ६ सयभन्दा बढी प्रजातिका पुतली संकलन गरेका थिए ।
कोलिनले नेपालमा पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौंमा शिक्षणसमेत गरे । महानगरप्रमुख आचार्यले पुतलीका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको अतुलनीय योगदान रहेको स्मरण गरे । उनले भने, ‘नेपालको डाँडाकाँडा, भिरपाखा पुगेर ६ सयभन्दा बढी प्रजातिका पुतली संकलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो ।’
आफ्नो व्यक्तिगत जिन्दगी र देशसमेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाऊँ भन्ने उनको आकांक्षा अद्वितीय रहेको नगरप्रमुख आचार्यको भनाइ छ । जीवनमा कोलिनले कसैलाई नपिराएको र सबैसँग अपनत्व रहेर बिदा भएको उनलाई जान्नेहरुको भनाइ छ ।
कोलिन गणितको शिक्षक भएर पनि प्रकृतिको संरक्षणमा जुटेका थिए । उनकै अग्रसरतामा पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङग्रहालय स्थापना गरिएको छ । देश तथा विदेशबाट समेत सो संग्रहालय अध्ययन अवलोकनका लागि प्रकृतिप्रेमीहरु आउने गर्छन् । संग्रहालयमा कोलिनले संकलन गरेका ५८७ प्रकारका पुतली राखिएका छन् । पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले संग्रहालय व्यवस्थापन गर्दै आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्छ भन्ने धारणाको विकासमा कोलिनले योगदान गरेको जनाए । विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा उनको जीवन व्यतित भएको कडरियाले स्मरण गरे ।
‘कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धि हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौं,’ कडरियाले भने ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको जनाए । उनले, ‘नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनुमात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नुपर्छ ।’
कोलिन लामो समयदेखि पोखरा १८, लामागाउँमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको हरियोखर्क अस्पतालमा उपचार गरिएको थियो । कोलिनको श्रद्धाञ्जलीपछि क्रिश्चियन परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । (रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: