मलेखु । अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन छन् । यहाँका शिक्षक तथा विद्यार्थीहरु भन्छन् “फूल खेती हाम्रो आम्दानीको श्रोत मात्रै होइन, व्यवहारिक र सैदान्तिक ज्ञान प्राप्तिको अवसर पनि हो ।”
धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन् । कक्षाकोठाको पढाई सँगसँगै फूलखेतीमा रमाइरहनुभएकी विद्यार्थी अस्मिता कुमाल भन्छन्, “फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौँ ।”
गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालयमा यो वर्ष तिहारलाई लक्ष्य गरेर फूल खेती गरिएको हो । दसैँ–तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनि यो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा संचालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठ बताउनुहुन्छ ।
पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएका छन् । यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको छ ।
“विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौँ । त्यसैअनुसार वडा कार्यालयले रु दुई लाख बजेट पनि छुट्याइदिएको छ”, उहाँ भन्नुहुन्छ, “त्यसले अझ हौसला बढायो । फूल खेतीले यो वर्ष रु तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ ।”
फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पुर्याएको छ । विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ ।
आठदेखि दश कक्षासम्म अध्यन गर्ने विद्यार्थीहरुलाई दैनिक केही समय उपार्जनको काममा सहभागी गराउदै आइएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफ्नो घर र पनि काम गर्न र अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाँझो हुँदै गएको जमिनलाई अम्दानीसँग जोड्न र युवालाई स्वदेशमै आयआर्जनमा लाग्न प्रेरितसमेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...



प्रतिकृया लेख्नुहोस्: