काठमाडौ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै एकसय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आज १२ बजेसम्मको अवस्था अनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् ।
भूकम्पबाट ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा एघार जिल्लाहरू क्रमश: जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, बाट रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।
भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र दुई हजार आठसय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।
जाजरकोटमा मात्रै एक सय १२ जना घाइते, ९ सय ५ वटा घरमा पूर्ण क्षति र दुई हजार ६ सय ८५ घरमा आंशिक क्षति भएको छ ।
रुकुम पश्चिममा भने ५२ जनाको मृत्यु, एक सय ३२ जना घाइते र रुकुम पूर्वमा १९ वटा घरमा आंशिक क्षति भएको छ । सल्यानमा भने दुई जना घाइते भएका छन् भने २५ वटा घरमा पूर्ण क्षति र ९७ वटा घरमा आंशिक क्षति भएको छ ।
मन्त्रालयका अनुसार रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना र जुम्लामा तीन जना घाइते भएका छन् । नवलपरासी पूर्व, दैलेख, दाङ र प्युठानमा क्रमश स् एक–एक, ६ र २९ वटा घरहरूमा आंशिक क्षति पुगेको छ । दैलेख र बैतडीमा भने एक/एक घरमा पूर्ण क्षति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: