काठमाडौं । लगातार विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्। जथाभावी नबोल्न पटक पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन भनेका हुन्।
उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको प्रहरी स्रोतले बतायो । बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेपछि उनलाई प्रक्राउ गर्नुपर्ने दबाब भए पनि प्रहरीले नियन्त्रणमा लिएको छैन।
ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा पनि प्रसाईंले थालेका छन्। उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहका कुराकानी हुँदै आएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दसैँ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रसाईंका गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरेका थिए।
उनले गणतन्त्रलाई नै चुनौति दिन थालेकाले चुप बस्न नहुने भन्दै ओलीले पक्राउ गरेर कानुनी दायरामा ल्याउन भनेको दाहालले आफ्नो पार्टीका नेताहरूसँग ब्रिफिङ गरेका थिए । उक्त कुरा सार्वजनिक भएपछि अध्यक्ष ओलीले आफूले कसैलाई पक्राउ नगर्न बिन्ती नबिसाएको दाबी पनि गरेका छन्।
एमालेका अरु नेताहरूले पनि प्रसाईंलाई नियन्त्रणमा लिन आफ्नो पार्टीले नभनेको दाबी गर्दै आएका छन्। तर ओलीले यसअघि प्रसाईंका गतिविधि सरकारले नियन्त्रण नगरे जनताले प्रतिवाद गर्ने बताएका थिए । उनको यही अभिव्यक्तिको केही समय पछि युवासंघले प्रसाइँलाई कालोमोसो लगाएको थियो ।
प्रसाईंले एमाले छाडेपछि अध्यक्ष ओली, नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसे दलेपछि उनी ओली र एमालेविरुद्ध थप आक्रामक देखिएका छन्।
प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएपछि ओली र एमाले पंत्ति क्रुद्ध भएको छ। अरु पार्टीमा पनि प्रसाईंका अभिव्यक्ति र गतिविधिले कानुनलाई नै चुनौती दिइरहेकाले सरकारको मौनतामाथि प्रश्न गर्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: