काठमाडौ । नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सिमानाकामा रहेका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ । ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनः निर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको हो ।
धनुषाको सीमावर्ती पालिका नगरपालिका नगराइन नगरपालिकाको वडा नम्बर–२ जटही नाकामा सीमा स्तम्भको मर्मत गरेर सीमा स्तम्भ मर्मत तथा रंगरोन कार्यको शुभारम्भ गरिएको हो । मधेस प्रदेशका आठ वटै जिल्लाको भारतीय सिमानाकामा रहेको ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनः निर्माण थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका वाहिनी पति दीपेन्द्र शाहले जानकारी दिए । उनले पहिलो चरणमा १ हजार सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरिने बताए ।
२०७७ साल श्रावण १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बेजोर नम्बर भएको सीमा स्तम्भको पुनः निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो । त्यस्तै भारतीय पक्षले जोर नम्बर भएको सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्ने वाहिनी पति शाहले बताए ।
सीमा सुरक्षाका लागि सीमा स्तम्भको मर्मत सम्भारले सीमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको एसएसबी ४८ औं बटालियन जयनगरका डेपुटी कमाण्डेण्ट सन्तोष निमोरियाले बताए ।
सीमावर्ती पालिकाका प्रमुखहरूले काम ठिक तरिकाबाट भइरहेको बताएका छन् । सीमा सम्बन्धमा कुनै पनि निर्णय गर्दा काठमाडौँ र दिल्लीका प्रतिनिधि दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले सुरक्षाकर्मीको काम ठिकै भए पनि नीतिगत कुराहरूमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताए ।
सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखिया पट्टी मुसहर निया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडा अध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्ल, दुवै तर्फका सीमा सुरक्षा बलका जिल्ला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
यसअघि कात्तिक १ गते सशस्त्र प्रहरी बल मधेस प्रदेश मुख्यालयले बर्दिबासमा मधेसका सीमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा, समस्या, चुनौती र समाधानबारे सुझाव लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: