Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

नेपाल–भारत सीमा स्तम्भको पुनर्निर्माण सुरु

खबरडबली संवाददाता

काठमाडौ‌ । नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सिमानाकामा रहेका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ । ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनः निर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको हो ।

धनुषाको सीमावर्ती पालिका नगरपालिका नगराइन नगरपालिकाको वडा नम्बर–२ जटही नाकामा सीमा स्तम्भको मर्मत गरेर सीमा स्तम्भ मर्मत तथा रंगरोन कार्यको शुभारम्भ गरिएको हो ।  मधेस प्रदेशका आठ वटै जिल्लाको भारतीय सिमानाकामा रहेको ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनः निर्माण थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका वाहिनी पति दीपेन्द्र शाहले जानकारी दिए । उनले पहिलो चरणमा १ हजार सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरिने बताए ।

२०७७ साल श्रावण १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बेजोर नम्बर भएको सीमा स्तम्भको पुनः निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो । त्यस्तै भारतीय पक्षले जोर नम्बर भएको सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्ने वाहिनी पति शाहले बताए ।

सीमा सुरक्षाका लागि सीमा स्तम्भको मर्मत सम्भारले सीमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको एसएसबी ४८ औं बटालियन जयनगरका डेपुटी कमाण्डेण्ट सन्तोष निमोरियाले बताए ।

सीमावर्ती पालिकाका प्रमुखहरूले काम ठिक तरिकाबाट भइरहेको बताएका छन् । सीमा सम्बन्धमा कुनै पनि निर्णय गर्दा काठमाडौँ र दिल्लीका प्रतिनिधि दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले सुरक्षाकर्मीको काम ठिकै भए पनि नीतिगत कुराहरूमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताए ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखिया पट्टी मुसहर निया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडा अध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्ल, दुवै तर्फका सीमा सुरक्षा बलका जिल्ला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

यसअघि कात्तिक १ गते सशस्त्र प्रहरी बल मधेस प्रदेश मुख्यालयले बर्दिबासमा मधेसका सीमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा, समस्या, चुनौती र समाधानबारे सुझाव लिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending