Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

श्वेता खड्काको राहत बन्याे माझी बस्तीका लागि आहात

श्वेताश्री फाउन्डेसनले बनाएकाे नमुना बस्ती लिलामी प्रकृयामा बैंक

खबरडबली संवाददाता

काठमाडौं। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको ११ झ्याडीमा  एउटा नमुना बस्ती रहेकाे छ । याे नमुना बस्ती २०७२ सालकाे भुकम्प पछि निर्माण गरीएकाे हाे । नमुना बस्ती बसाउनका लागि प्रितष्ठित व्यक्तिहरू लागि परेका थिए । उनी मध्य नायिका  श्वेता खड्का याे बस्तीका कारण निकै चर्चामा पनि पुगिन । तर, उनै खड्काका कारण अहिले याे बस्तीमा रहने ५३ माझी परिवारलाई  चाडबाड भन्दा पनि बस्ती कसरी जाेगाउने चिन्ताले सताउन थालेकाे छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको ११ झ्याडीमा रहेको नमुना माझी बस्तीका बासिन्दालाई यस पटकको दसैँ पनि खल्लो भयो। चाडका लागि आवश्यक खाद्यन्न तथा मसला जोहो गर्नभन्दा पनि आफ्नो घरबस्ती कसरी जोगाउने भन्ने चिन्ताले उनीहरूको दसैँ टर्‍यो । दसैँ त सकियाे लगतै तिहार आइरहेकाे  छ तर उनीहरूको दैनीक जीवनमा  ‘दशा’ लागिरहेकाे छ। दसैँ लाग्दै गर्दा बस्ती नै लिलामी हुनेगरी बैंकले सूचना प्रकाशित गरेपछि उनीहरू झन त्रसित बनेका हुन्। दैनिक ज्यालादारी गरेर जीवन चलाइरहेका माझी समुदायलाई बैंकको रकम बुझाएर ऋण सकार्नु फलामको चिउरा चपाउनुजस्तै भएकाे छ। कुनै बेला आहतमा राहत बनेर मल्हम लगाउन पुगेर भगवान्झैं बनेका पात्रलाइ हेर्ने दृष्टिकोण एकाएक फेरिएको छ उनीहरूमा ।

यी मध्उ एक पात्र हुन्  अभिनेत्री श्वेता खड्का । २०७२ सालको भूकम्पपछि घरबारविहीन बनेका माझी बस्तीमा मल्हम लगाउन पुगेकी उनै खड्काकै कारण नमुना बस्तीमा अहिले आपत्ति आइपरेको हो। नमुना बस्तीमा चिटिक्कका ५३ घर छन् । तर ती घर निर्माणका क्रममा बैंकबाट लिइएको ऋण रकम खड्काको श्वेताश्री फाउन्डेसनले नतिरेपछि धितो लिलामी प्रक्रिया सुरु भएको हो । लक्ष्मी सनराइज बैंकले सुरु गरेको लिलामी प्रक्रियाले सिंगो बस्ती नै तनाबमा रहेकाे छ।

भूकम्पपीडितलाई सरकारले प्रतिघर तीन लाख रुपैयाँ दिने घोषणा गर्‍यो। पुनर्निर्माण प्राधिकरणमार्फत घर बनाउनेले तीन किस्ता गरी रकम पाउने भयो । तर सरकारले तोकेको मापदण्डअनुसार ३ लाखमा घर बन्न सक्ने अवस्था स्थानीयले त्यति बेला देखेनन् । घर कसरी सकार्ने भनेर स्थानीय चिन्तामा रहेको बेला माझी बस्तीमा श्वेता राहतको पोको लिएर पुगेकी थिइन्। स्थानीयलाई त्यति बेला श्वेता आइपुग्नु ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो।

‘पुनर्निमार्णले दिने तीन लाख रुपैयाँले जे जस्तो घर निर्माण हुन्छ सोही अनुसारको घर निर्माण गर्ने मनसायमा बनाइरहेको अवस्थामा श्वेता खड्का तपाईँहरूको घर मेरो फाउन्डेसनले बनाइदिन्छ भनेर आउनुभयो। मुलुककै विख्यात नायिकाको विश्वासमा  परिएकाे भए पनि त्याे विश्वास गुमेकाे  माझी बस्तीका एक बासिन्दाले सुनाए। माझी बस्तीमा उनले एकीकृत बस्ती बनाउन थालेपछि विभिन्न दाताहरूबाट सहयोग आएको समाचारहरु पनि आयो र उनी पनि निकै चर्चामा आइन् ।  तर अहिले ती घरजग्गाको ऋण नै नसल्टेको भन्दै बैंकले लिलामी प्रक्रिया थालेपछि माझी समुदाय अदालत गुहार्न पुगेका छन्।

बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका हुन्। रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौताअनुसार ऋण प्रवाह भएको थियो। धितो भने माझी समुदायकै जग्गा राखिएको थियो। प्रत्येक घरधुरीलाई चार लाख रुपैयाँ ऋण दिन श्वेताश्री फाउन्डेसनले सिफारिस गरेको थियो।

खड्काको उक्त फाउन्डेसनले खुला होमस्टेको अवधारणा भन्दै उक्त एकीकृत बस्ती निर्माण गरेको थियो। २०७३ फागुनबाट बस्ती निर्माण थालेको थियो। बस्ती निर्माणको लागि फाउन्डेसनलाई विदेशबाट केही नेपालीहरूले सहयोगसमेत जुटाए। ढाका क्लब, व्यापारी राजेन्द्र खेतान, लक्ष्मी तामाङ, हरि भण्डारीलगायत धेरैले ठूलो रकम सहयोग गरेका थिए। सरकार र सहयोगबाट आएको रकमबाट पनि नपुगेको भन्दै फाउन्डेसनले बैंकबाट ऋण लिने प्रक्रियामा पुगेको थियो।

तीन आना जग्गामा तीन कोठा र एक शौचालयको घर निर्माण भएको थियो। काम गर्ने क्रममा सरकारले दिएको तीन लाख रुपैयाँ नपुगेपछि फाउन्डेसनले व्यक्तिको नाममा रहेको जग्गा धितो राखेर प्रत्येक घरको लागि ४ लाख रुपैयाँका दरले २ करोडभन्दा बढी रुपैयाँ ऋण दिएको थियो । तर कति खर्चमा घर बन्यो ? दाताले कति सहयोग गरे ? भन्ने फाउन्डेसनले पारदर्शी नपारेको आरोप पनि लागिरहेको छ।

ऋणको साँवा र ब्याज फाउन्डेसनले तिर्ने शर्त थियो । एक घरले मासिक ७ हजार रुपैयाँ बुझाउनु पर्ने थियो । तर बैंकमा न त घरधुरीले न त फाउन्डेसनले नै पैसा तिर्‍यो । त्यसपछि बैंकले असोज ४ गते ३५ दिने लिलामीको सूचना निकालेको थियो । माझी बस्तीकालाई राम्रो घरमा बस्ने आसले अहिले आफ्नो भएको घरबारी नै गुम्ने डरले छोएको छ। त्यसपछि उनीहरू अदालत पुगेका हुन्।

उच्च अदालत पाटनले बैंकले जारी गरेको असोज ४ गतेको उक्त लिलामी प्रक्रियाको सूचना कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।केही समयलाई उनीहरूको समस्या त टरेको छ । तर पुरै समाधान भइसकेको छैन।

यता श्वेताश्री फाउन्डेसनले उनीहरूको ऋण तिर्ने आश्वासन त दिएको छ तर रकम तिरेको छैन । २०७५ असार २६ गते फाउन्डेसन र बस्तीका मानिसबिच तोकिएको समयमा किस्ता र बाँकी बक्यौता कर्जा तिर्ने दायित्व दोस्रो पक्ष (श्वेताश्री फाउन्डेसन) को हुने भनिएको छ। फाउन्डेसनले ऋण तिर्न नसके आफूहरू घरजग्गा छोडेर सुकुम्वासी भन्ने अवस्था रहेको माझीहरू बताउँछन्। आफूहरू एकदमै पीडामा रहेकेा र खड्काले फाउन्डेसन बनाएर सहयोग गर्ने भनिन्र तर, अहिले यस्तो हालतमा आइपुगेका माझी बस्तीका मिलन माझीले बताए ।

थोरै चलचित्रमा अभिनय गरेर पनि चर्चा बटुल्ने कलाकारमा पर्छिन् नायिका खड्का । तर पछिल्ला वर्षहरूमा उनी अभिनयमा देखिन छोडेकी छन्। उनको परिचय कलाकारमात्र होइन एक व्यवसायी पनि हुन्। इन्जिनियरिङ, आयात निर्यातसँगै कफी सपसम्मको व्यवसायमा हात हालेकी छन्।

उनले अहिले कमलादीको राइजिङ मल र बालुवाटारमा हिमालयन जाभा कफीसप सञ्चालन गरिरहेकी छन्। माझी बस्ती बसाएर चर्चा बटुलेकी श्वेता अहिले त्यही बस्तीको ऋणको कारणले आलोचित बनेकी छन्। झन् बस्तीको ऋण नै नतिरेपछि उनीसँगै उनको फाउन्डेसनमाथि पनि प्रश्न उठ्न थालेको छ। श्वेता माझी बस्तीको ऋण तिर्ने आश्वासन त दिन्छिन् तर लिलामी हुने मिति आइपुग्दा पनि यस विषयमा मौन रहेकी छन्। यसबारे बुझ्न फोन सम्पर्क गर्दा खड्काले प्रतिक्रिया दिन चाहिनन्।

बैंकको ३५ दिने सूचना कार्तिक १६ गते सकिदैं छ। अदालतको आदेशका कारण कात्तिक १६ गते नै कुनै प्रक्रिया अघि भने बढ्नेछैन। तर माझी बस्तीका बासिन्दालाई घर छोडेर हिँड्नुपर्ने डरले भने ढ्याङग्रो ठोकिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending