काठमाडौं । नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको हाे ।
फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताए । फूलमा आत्मनिर्भर हुनका लागि नै आयातमा प्रतिबन्ध लगाएको हो र फूल व्यवसायले नेपालमा उत्पादन हुने फूलबाट नै धान्न सकिने अवस्था रहेको भनेका कारण सरकारले आयातमा रोक लगाएको उनकाे भनाइ छ ।
यो तिहारमा १०–१५ प्रतिशत फूल अपुग हुन सक्ने देखिएको छ, कात्तिक १ भन्दा पहिले सिफारिस लिइसकेका व्यवसायीले मात्र आयात गर्न सक्ने पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले बताए । पुष्प विकास केन्द्रका प्रमुख श्रेष्ठले फूलमा नेपाल लगभग आत्मनिर्भर नै छ, गत वर्षभन्दा यसपालि उत्पादन पनि बढी भएको छ, आफ्नै उत्पादनले पुग्ने भएपछि आयातका लागि सिफारिस नगरिएकाे उनले बताए ।
फूल आयातका लागि केन्द्रले नै सिफारिस गर्नुपर्ने हुन्छ । त्यो सिफारिस अहिलेलाई बन्द गरिएको उहाँले बताउनुभयो तर प्लान्ट क्वारेन्टाइनले चाहेमा फूल आयातका लागि इजाजत दिन सक्छ । केन्द्रले सिफारिस गरेपछि फूल ल्याउने इजाजत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दिने गर्छ ।
पुष्प विकास केन्द्रले फूल आयात गर्न सिफारिस दिए पनि नदिए पनि खासै फरक नपर्ने प्लान्ट क्वारेन्टाइन केन्द्रका अधिकारी महेशचन्द्र आचार्यले बताए । भारतबाट आउने फूल निरोगी छ भनी प्रमाण पेस गरेमा हामीले आउन दिने उनकाे भनाइ छ । सबै प्रक्रिया पूरा गरेमा आफूहरूले नाकामा फूल रोक्न मिल्दैन तर नेपालमा सयपत्रीमा नपाइने रोग पनि भारतमा पाइएको र त्यही भएर अलि कडा गरेको बताउँदै उनले कुनै प्रकारको रोग वा कीटाणु छैन भनी प्रमाणित भयो भने आयात गर्न दिने बताए ।
पुष्प विकास केन्द्रले फूलको बिउ, बिरुवाका लागि सिफारिस नगरेसम्म क्वारेन्टाइनले आयात गर्न नदिने प्रावधान रहेको छ । फूलको बिउ, बिरुवा आयातका लागि पुष्प विकास केन्द्रको सिफारिस अनिवार्य छ तर फूल आयातका लागि छैन ।
तर, पुष्प विकास केन्द्रको सूचनामा भनिएको छ, “यस वर्ष तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा कात्तिक १ देखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सत्रपत्री मालाको आयात अनुमतिको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ । इजाजतपत्रबाहेक आयात गरिएको वस्तु अवैध हुने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: