Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

फूलमा आत्मनिर्भर भएपछि भारतबाट आयात हुने फूलमा प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको हाे । 

फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताए । फूलमा आत्मनिर्भर हुनका लागि नै आयातमा प्रतिबन्ध लगाएको हो र फूल व्यवसायले नेपालमा उत्पादन हुने फूलबाट नै धान्न सकिने अवस्था रहेको भनेका कारण सरकारले आयातमा रोक लगाएको उनकाे भनाइ छ ।

यो तिहारमा १०–१५ प्रतिशत फूल अपुग हुन सक्ने देखिएको छ, कात्तिक १ भन्दा पहिले सिफारिस लिइसकेका व्यवसायीले मात्र आयात गर्न सक्ने पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले बताए । पुष्प विकास केन्द्रका प्रमुख श्रेष्ठले फूलमा नेपाल लगभग आत्मनिर्भर नै छ, गत वर्षभन्दा यसपालि उत्पादन पनि बढी भएको छ, आफ्नै उत्पादनले पुग्ने भएपछि आयातका लागि सिफारिस नगरिएकाे उनले बताए । 

फूल आयातका लागि केन्द्रले नै सिफारिस गर्नुपर्ने हुन्छ । त्यो सिफारिस अहिलेलाई बन्द गरिएको उहाँले बताउनुभयो तर प्लान्ट क्वारेन्टाइनले चाहेमा फूल आयातका लागि इजाजत दिन सक्छ । केन्द्रले सिफारिस गरेपछि फूल ल्याउने इजाजत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दिने गर्छ । 

पुष्प विकास केन्द्रले फूल आयात गर्न सिफारिस दिए पनि नदिए पनि खासै फरक नपर्ने प्लान्ट क्वारेन्टाइन केन्द्रका अधिकारी महेशचन्द्र आचार्यले बताए । भारतबाट आउने फूल निरोगी छ भनी प्रमाण पेस गरेमा हामीले आउन दिने उनकाे भनाइ छ । सबै प्रक्रिया पूरा गरेमा आफूहरूले नाकामा फूल रोक्न मिल्दैन तर नेपालमा सयपत्रीमा नपाइने रोग पनि भारतमा पाइएको र त्यही भएर अलि कडा गरेको बताउँदै उनले कुनै प्रकारको रोग वा कीटाणु छैन भनी प्रमाणित भयो भने आयात गर्न दिने बताए । 

पुष्प विकास केन्द्रले फूलको बिउ, बिरुवाका लागि सिफारिस नगरेसम्म क्वारेन्टाइनले आयात गर्न नदिने प्रावधान रहेको छ । फूलको बिउ, बिरुवा आयातका लागि पुष्प विकास केन्द्रको सिफारिस अनिवार्य छ तर फूल आयातका लागि छैन । 

तर, पुष्प विकास केन्द्रको सूचनामा भनिएको छ, “यस वर्ष तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा कात्तिक १ देखि अर्को निर्णय नभएसम्मका लागि भारतीय सत्रपत्री मालाको आयात अनुमतिको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ । इजाजतपत्रबाहेक आयात गरिएको वस्तु अवैध हुने छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending