ओखलढुंगा । ओखलढुंगा र रामेछापको सिमानामा रहेको लिखु नदीमा सञ्चालित विद्युत् आयोजनाका कारण पटक पटक स्थानीयहरू समस्यामा पर्दै आएका छन् । आयोजनाले कहिले खोलामा पानी नै नछाड्ने तथा कहिले बिना जानकारी नै ड्याम खोल्दा यहाँका स्थानीयहरू समस्यामा पर्दे आएका हुन् ।
लिखु नदीमा सञ्चालित लिखु तेस्रो जलविद्युत आयोजनाको मनोमानीका कारण खेतीयोग्य जमिन मरुभूमि जस्तै भएका छन् भने खोलामा पनि नहुँदा मृत्युपछि दाहसंस्कार गरेर चिता पखाल्ने पानी समेत नहुने स्थानीय लोकहरि तिमल्सेनाले बताए ।
यस्तै मङ्गलवार गाम्नाङटार गाविसका पूर्व गाविस अध्यक्ष षणकृष्ण भट्टराईको निधन पछि अन्तिम संस्कारको लागि साँझ डुँडे खोला दोभान, तिते खानी घाटमा पनि असोचनिय घटना भएको छ । घाटमा शव जलाउँदै गरेको बेला एक्कासि लिखु नदीमा पानीको बहाव आउँदा मलामीहरूको भागाभाग भएको थियो भने आधा जलेको लास नदीले बगाएर लगेको उनले बताए ।
लिखु तेस्रो जलविद्युत आयोजनाले बिना सूचना ड्याम खोल्दा यस्तो घटना भएको प्रत्यक्षदर्शी महेश भट्टराईले जानकारी दिए । साँझमा खोला सानो भएका कारण चिता पानी भएको स्थानमा बनाएको र लास जल्दै गर्दा राती १० बजे एक्कासि खोलामा बढी आउँदा आफूहरूले भागेर ज्यान बचाएको उनले बताए ।
यो घटना उक्त जलविद्युत आयोजनाको गम्भीर लापरबाहीको कारण भएको उनको भनाइ छ । दाहासँस्कारको लागि शव जलिरहेको र मलामीहरू जम्मा भएको मौकामा यसरी बिना सूचना ड्याम खोल्नु आयोजनाको नियतमाथि नै शङ्का उठेको उनले बताए ।
यस विषयमा आफूहरूले आयोजनाको ड्याम स्थलमा रहेका सिसिटिभी फुटेज हेरी रहेको र खोलामा के कसरी एक्कासि बहाव बढ्यो भन्ने विषयमा छानबिन गरी रहेको आयोजनाका वाताबरण तथा सामाजिक अधिकृत रबिन्द्र तिमल्सेनाले बताए । उनले बाहीर हल्ला फिँजाए जस्तो आयोजनाले ड्याम खोलेर खोलामा पानी नपठाएको बताए ।
जलविद्युत आयोजनाको लापरबाहीकै कारण यसअघि पनि २ जनाको ज्यान गएको लिखु सरोकार समाजका सदस्य तथा लिखु ८ का स्थानीय लोकहरि तिमल्सेनाको भनाइ छ । उक्त जलविद्युत आयोजनाको कारण सिँचाइको समयमा खोला खण्डहर बनेको र खेतीयोग्य भूमि मरुभूमिमा परिणत भएको उनको भनाइ छ । गत वर्ष पनि पोकली दोभानमा शव जलाएपछि चिता पखाल्ने पानी समेत नभए पछि स्थानीय आक्रोशित बनेको थिए ।
यसतर्फ सम्बन्धित निकायहरू स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाहरूको ध्यान जान जरुरी देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...



प्रतिकृया लेख्नुहोस्: