Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

लिखु तेस्रो जलविद्युत आयोजनाको लापरबाही, चितामा जल्दै गरेको शव लिखुले बगायो

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगा र रामेछापको सिमानामा रहेको लिखु नदीमा सञ्चालित विद्युत् आयोजनाका कारण पटक पटक स्थानीयहरू समस्यामा पर्दै आएका छन् । आयोजनाले कहिले खोलामा पानी नै नछाड्ने तथा कहिले बिना जानकारी नै ड्याम खोल्दा यहाँका स्थानीयहरू समस्यामा पर्दे आएका हुन् ।

लिखु नदीमा सञ्चालित लिखु तेस्रो जलविद्युत आयोजनाको मनोमानीका कारण खेतीयोग्य जमिन मरुभूमि जस्तै भएका छन् भने खोलामा पनि नहुँदा मृत्युपछि दाहसंस्कार गरेर चिता पखाल्ने पानी समेत नहुने स्थानीय लोकहरि तिमल्सेनाले बताए । 

यस्तै मङ्गलवार   गाम्नाङटार गाविसका पूर्व गाविस अध्यक्ष  षणकृष्ण भट्टराईको निधन पछि अन्तिम संस्कारको लागि साँझ डुँडे खोला दोभान, तिते खानी घाटमा पनि असोचनिय घटना भएको छ । घाटमा शव जलाउँदै गरेको बेला एक्कासि लिखु नदीमा पानीको बहाव आउँदा मलामीहरूको भागाभाग भएको थियो भने आधा जलेको लास नदीले बगाएर लगेको उनले बताए । 

लिखु तेस्रो जलविद्युत आयोजनाले बिना सूचना ड्याम खोल्दा यस्तो घटना भएको प्रत्यक्षदर्शी  महेश भट्टराईले जानकारी दिए ।  साँझमा खोला सानो भएका कारण चिता पानी भएको स्थानमा बनाएको र लास जल्दै गर्दा राती १० बजे एक्कासि खोलामा बढी आउँदा आफूहरूले भागेर ज्यान बचाएको उनले बताए ।

यो घटना उक्त जलविद्युत आयोजनाको गम्भीर लापरबाहीको कारण भएको उनको भनाइ छ ।  दाहासँस्कारको लागि शव जलिरहेको र मलामीहरू जम्मा भएको मौकामा यसरी बिना सूचना ड्याम खोल्नु आयोजनाको नियतमाथि नै शङ्का उठेको उनले बताए ।

यस  विषयमा आफूहरूले आयोजनाको ड्याम स्थलमा रहेका सिसिटिभी फुटेज हेरी रहेको र खोलामा के कसरी एक्कासि बहाव बढ्यो भन्ने विषयमा छानबिन गरी रहेको आयोजनाका वाताबरण तथा सामाजिक अधिकृत रबिन्द्र तिमल्सेनाले बताए । उनले बाहीर हल्ला फिँजाए जस्तो आयोजनाले ड्याम खोलेर खोलामा पानी नपठाएको बताए ।

जलविद्युत आयोजनाको  लापरबाहीकै कारण यसअघि पनि २ जनाको ज्यान गएको  लिखु सरोकार समाजका सदस्य तथा लिखु ८ का स्थानीय लोकहरि तिमल्सेनाको भनाइ छ । उक्त जलविद्युत आयोजनाको कारण सिँचाइको समयमा खोला खण्डहर बनेको  र खेतीयोग्य भूमि मरुभूमिमा परिणत भएको उनको भनाइ छ ।  गत वर्ष पनि पोकली दोभानमा शव जलाएपछि चिता पखाल्ने पानी समेत नभए पछि स्थानीय आक्रोशित बनेको थिए ।

यसतर्फ सम्बन्धित निकायहरू स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाहरूको ध्यान जान जरुरी देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending