Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क ढाकियाे मझुवागढी क्षेत्र

खबरडबली संवाददाता

खोटाङ । जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ । 

किरातको ऐतिहासिकस्थल मझुवागढी, प्रसिद्ध कालिका भगवती मन्दिर, दुद्येश्वर गुफा लगायतको धार्मिक तथा पर्यटकीय स्थल रहेको उक्त क्षेत्रमा जान फलामे रेलिङ निर्माण गरिएको छ । दिक्तेल बजारस्थित हाडडाँडाबाट उक्त क्षेत्र पुग्न हिडेर करिब ४५ मिटेन लाग्छ । माथिसम्म पुग्न जाने फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । सोही पदमार्गको दायाँबायाँ रोपिएका फूलहरु फुलेर यतिबेला ढकमक्क भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले “फूलको पहाड” बनाउने अभियान अन्तरगत केही समय अघि करिब १५ हजार फूलका बिरुवाहरु जनश्रमदानमार्फत रोपिएका थिए । जनश्रमदानमार्फत रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत प्रजातिका फूलहरु अहिले फुलेर ढकमक्क भएका छन् । 

फूलले डाँडा ढकमक्क भएपछि अहिले आन्तरिक पर्यटकहरु पनि बढेका छन् । प्रत्येक दिन २५० को हाराहारीमा अहिले आन्तरिक पर्यटकहरु दर्शन गर्न तथा घुम्न मझुवागढी क्षेत्र पुग्ने गरेको मन्दिरका पुँजारी धनप्रसाद मिश्रले बताए । बिहान १० बजेसम्म मन्दिर तथा गुफाको दर्शन गर्न प्राय मानिसहरु जाने गरेका छन् । तर हाल ढकमक्क भएको फूलको कारण दिनैभरी मानिसहरु घुम्न आउने गरेको उनको भनाइ छ ।

करिब ६ वर्षपछि मझुवागढी आइपुग्नु भएका मोरङ बिराटनगरका सिताराम श्रेष्ठका अहिले उक्त क्षेत्र धेरै परिवर्तन भएको बताउँछन् । पहिले हिँड्ने बाटोसम्म राम्रो नभएको ठाउँमा अहिले फलामे रेलिङसहितको पदमार्ग निर्माण भएर वरिपरी फूल देख्दा आनन्द महसुस भएको उनको भनाइ छ ।

चारैतिर देखिने अग्लो डाँडा रहेको त्यसक्षेत्रमा सबैतिरका दृश्य अवलोकन गर्न, पिक्निक खान, अध्ययन भ्रमण गर्न मानिसहरु जाने गर्छन । यस्तै, कालिका भगवतीको भाकल पूरा गर्न दैनिकजसो जिल्लाका विभिन्न ठाउँका मानिसहरु आउने गरेका छन् । अहिले त धेरै जसो फोटो खिच्न, टिकटक भिडियो बनाउन त्यो ठाउँमा मानिसहरु पुग्ने गरेका छन् ।

यस ठाउँ अर्थात् मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सङ्कल्प छ । सोही अनुसार जनश्रमदानमार्फत फूलका बिरुवाहरु पनि रोपिए । अहिले फूल पनि ढकमक्क भएर फूलेका छन् । तर धेरै जसो सयपत्री फूल रहेको कारण यस क्षेत्रलाई सदाबहार सुन्दर बनाउन अन्य प्रजातिका फूलहरु पनि रोप्न र जगेर्ना गर्न आवश्यक रहेको त्यहाँ पुग्नेहरु बताउछन् । अन्य विभिन्न प्रजातिका फूलहरु पनि जनश्रमदानबाट रोपिएका थिए । तर थोरै मात्रमा मात्र अहिले सयपत्रि बाहेक अन्य प्रजातिका फूल फुलेको देख्न सकिन्छ ।

मझुवागढी क्षेत्रमा एक पटक घुम्न आउनै पर्ने स्थान निर्माणको अभियानमा फूलको पहाड निर्माण गर्न सुरु गरिएको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । बहुवर्षे योजना अनुसार त्यस क्षेत्रलाई फूलको पहाड बनाउने अभियानमा नगरपालिका रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले मझुवागढी क्षेत्रको सौन्दर्यकरण लागि एक करोड ५३ लाख बजेट पनि विनियोजन गरेको छ । डिपिआर निमार्ण गरेर विनियोजित उक्त बजेटबाट त्यस क्षेत्रको सौन्दर्य गरिने नगरपालिकाले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending