Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क ढाकियाे मझुवागढी क्षेत्र

खबरडबली संवाददाता

खोटाङ । जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ । 

किरातको ऐतिहासिकस्थल मझुवागढी, प्रसिद्ध कालिका भगवती मन्दिर, दुद्येश्वर गुफा लगायतको धार्मिक तथा पर्यटकीय स्थल रहेको उक्त क्षेत्रमा जान फलामे रेलिङ निर्माण गरिएको छ । दिक्तेल बजारस्थित हाडडाँडाबाट उक्त क्षेत्र पुग्न हिडेर करिब ४५ मिटेन लाग्छ । माथिसम्म पुग्न जाने फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । सोही पदमार्गको दायाँबायाँ रोपिएका फूलहरु फुलेर यतिबेला ढकमक्क भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले “फूलको पहाड” बनाउने अभियान अन्तरगत केही समय अघि करिब १५ हजार फूलका बिरुवाहरु जनश्रमदानमार्फत रोपिएका थिए । जनश्रमदानमार्फत रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत प्रजातिका फूलहरु अहिले फुलेर ढकमक्क भएका छन् । 

फूलले डाँडा ढकमक्क भएपछि अहिले आन्तरिक पर्यटकहरु पनि बढेका छन् । प्रत्येक दिन २५० को हाराहारीमा अहिले आन्तरिक पर्यटकहरु दर्शन गर्न तथा घुम्न मझुवागढी क्षेत्र पुग्ने गरेको मन्दिरका पुँजारी धनप्रसाद मिश्रले बताए । बिहान १० बजेसम्म मन्दिर तथा गुफाको दर्शन गर्न प्राय मानिसहरु जाने गरेका छन् । तर हाल ढकमक्क भएको फूलको कारण दिनैभरी मानिसहरु घुम्न आउने गरेको उनको भनाइ छ ।

करिब ६ वर्षपछि मझुवागढी आइपुग्नु भएका मोरङ बिराटनगरका सिताराम श्रेष्ठका अहिले उक्त क्षेत्र धेरै परिवर्तन भएको बताउँछन् । पहिले हिँड्ने बाटोसम्म राम्रो नभएको ठाउँमा अहिले फलामे रेलिङसहितको पदमार्ग निर्माण भएर वरिपरी फूल देख्दा आनन्द महसुस भएको उनको भनाइ छ ।

चारैतिर देखिने अग्लो डाँडा रहेको त्यसक्षेत्रमा सबैतिरका दृश्य अवलोकन गर्न, पिक्निक खान, अध्ययन भ्रमण गर्न मानिसहरु जाने गर्छन । यस्तै, कालिका भगवतीको भाकल पूरा गर्न दैनिकजसो जिल्लाका विभिन्न ठाउँका मानिसहरु आउने गरेका छन् । अहिले त धेरै जसो फोटो खिच्न, टिकटक भिडियो बनाउन त्यो ठाउँमा मानिसहरु पुग्ने गरेका छन् ।

यस ठाउँ अर्थात् मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सङ्कल्प छ । सोही अनुसार जनश्रमदानमार्फत फूलका बिरुवाहरु पनि रोपिए । अहिले फूल पनि ढकमक्क भएर फूलेका छन् । तर धेरै जसो सयपत्री फूल रहेको कारण यस क्षेत्रलाई सदाबहार सुन्दर बनाउन अन्य प्रजातिका फूलहरु पनि रोप्न र जगेर्ना गर्न आवश्यक रहेको त्यहाँ पुग्नेहरु बताउछन् । अन्य विभिन्न प्रजातिका फूलहरु पनि जनश्रमदानबाट रोपिएका थिए । तर थोरै मात्रमा मात्र अहिले सयपत्रि बाहेक अन्य प्रजातिका फूल फुलेको देख्न सकिन्छ ।

मझुवागढी क्षेत्रमा एक पटक घुम्न आउनै पर्ने स्थान निर्माणको अभियानमा फूलको पहाड निर्माण गर्न सुरु गरिएको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । बहुवर्षे योजना अनुसार त्यस क्षेत्रलाई फूलको पहाड बनाउने अभियानमा नगरपालिका रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले मझुवागढी क्षेत्रको सौन्दर्यकरण लागि एक करोड ५३ लाख बजेट पनि विनियोजन गरेको छ । डिपिआर निमार्ण गरेर विनियोजित उक्त बजेटबाट त्यस क्षेत्रको सौन्दर्य गरिने नगरपालिकाले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE