तनहुँ । जिल्लाको ब्यास नगरपालिका–११ मा सञ्चालित ‘बाराही–रानीमार्ग’ सडकको कालोपत्र लक्ष्य अघि नै सम्पन्न भएको छ । विसं २०८० फागुन ११ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले आठ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको हो । काममा तीव्रता दिएका कारण सम्झौता अगावै गत असोज महिनामा कालोपत्र सकिएको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले जानकारी दिएका हुन् ।
ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र आवश्यक मजदुर परिचालन गरी साँघुरो सडकलाई फराकिलो बनाउने, सडकका तलमाथि ग्याबिङसहित पर्खाल, नाली लगायतका कार्य गरिएको उनले बताए । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले योजनाको निर्माण प्रक्रिया अघि बढाएको हो । मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय तनुहँबीच विसं २०७९ फागुन ११ गते रु चार करोड ४१ लाख ५० हजार ६०८ मा ठेक्का सम्झौता भएको थियो ।
उक्त मार्गले व्यास–११ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने छन् । उक्त वडाको रानीगाउँदेखि पराशर मार्गलाई जोड्दै बराहखोला, निर्बु, दुम्सीचौर, सेवर हुँदै पृथ्वीराजमार्गको तालघरेमा जोडिने वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए । यसबाट एक हजार बढी स्थानीय बासिन्दा लाभान्वित हुने छन् । उनले भने, “उक्त मार्गलाई रिङरोड मार्गको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेका छौँ ।”
ढिलासुस्तीका कारण विकास निर्माणका आयोजना प्रभावित बनिरहेको अवस्थामा उक्त निर्माण कम्पनीले समय अगावै काम सम्पन्न गरी उदाहरण प्रस्तुत गर्न सफल भएको छ । निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, सहजीकरण र समुदायस्तरमा सहयोग हुने हो भने विकास आयोजनामा देखिएको ढिलासुस्ती हटाउन सकिन्छ भन्ने सन्देश पनि यस योजनाले दिएको छ ।
एक हजार सात सय मिटर प्रिमिक्स किसिमको कालोपत्र र दरै पँधेरा क्षेत्रमा करिब ४० मिटर पानी कटाउन ढलान गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनीयर राजेश पौडेलले जानकारी दिनुभयो । बीस वर्षअघि ट्र्याक खोलिएको उक्त मार्गमा सडक स्तरोन्नतिदेखि कालोपत्र गरेपछि स्थानीयवासी खुसी भएका छन् ।
उक्त मार्गमा स–साना मर्मतकार्य बाहेक निर्माण कम्पनीले मुख्यकार्य सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालय तनहुँका निमित्त कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । सम्पन्न उक्त योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...



प्रतिकृया लेख्नुहोस्: