Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पुरानै संसदीय व्यवस्थाको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की

खबरडबली संवाददाता

काठमाडौँ  । निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वाभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिकामाथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक मानिएका कानुन अझै निर्माण हुन सकिरहेको छैन । 

नेकपा (माओवादी केन्द्र) का सांसद गङ्गा कार्की संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण र त्यसलाई इमानदारीपूर्वक लागू गर्नेमा समस्या देखिएको बताउँछन् । “संविधान जारी भएको लामो समय भइसक्दा पनि संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण हुन नसक्नु कमजोरी हो” उनी भन्छन्, “अहिलेको व्यवस्थाले जे माग गरेको छ तर व्यवस्थाको अङ्गप्रत्यङ्गको रूपमा रहेको नियम कानुन नै निर्माण नभएपछि व्यवस्थाले कसरी काम गर्छ ?”

सदनलाई प्रभावकारी बनाउन सांसदले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहे पनि राजनीतिक दलहरूमा देश जता जान्छ जाओस् आफ्नो पार्टी र आफू सधैँ केन्द्रमा रहिरहुँ भन्ने सोचका कारण अप्ठ्यारो परेको सांसद कार्कीको बुझाइ छ । “संसद्भित्र छुट्टै प्रक्रिया हुन्छ, निश्चित प्रक्रियाबाट विधेयक दर्ता हुने र प्रक्रियाबाट नै पारित हुने हुन्छ” उनी भन्छन्, “प्रक्रिया पूरा नगरी कानुनजस्तो कुरा फ्याट्ट कसैलाई मन लागेअनुसार घोषणा गर्ने विषय त होइन नि ।” जनताको आशा र अपेक्षाअनुसार कानुन बन्न नसके पनि पछिल्ला दिनमा थुप्रै विधेयक सदनमा आउनेक्रममा रहेको बताउँदै सांसद कार्कीे ती विधेयकलाई जतिसक्दो छिटो निष्कर्षमा पुगाउनुपर्ने बताए । 

अहिलेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै उनले यससम्बन्धमा सबैले बुझ्न जरुरी रहेको बताए  । “यो मिश्रित प्रकृतिको व्यवस्था हो । समय, वस्तुगत परिस्थिति र आवश्यकताले धेरै विषय निर्धारण गर्दोरहेछ” सांसद कार्की भने, “हामीले त अर्कै व्यवस्था चाहेका थियौँ, हामीले चाहेर मात्रै हुँदो रहेनछ, यद्यपि, यो व्यवस्था अहिले जसरी अघि बढनुुपर्थ्याे त्यसरी जान सकेको छैन ।”

विसं २०२२ असार ४ गते दोलखामा जन्मनुभएका सांसद कार्की २०३६ सालदेखि वामपन्थी आन्दोलनमा होमिएका थिए । उनले २०४७ सालमा नेकपा मसालको सदस्यता लिएका थिए । विसं २०४८ मा मसालको दोलखा पार्टी सेक्रेटरी, २०५२ सालदेख जनयुद्धमा संलग्न, २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य तथा दोलखा, रामेछाप, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज भएर काम गरिसकेका छन् । उनले जनयुद्धका समयमा ब्रिगेडियर कमिसारको भूमिका निर्वाह गरेका थिए । 

संसद्मा कुनै पनि पार्टीको एकल बहुमत नहुँदा घोषणापत्रअनुसारको कानुन निर्माण र कार्यक्रम तर्जुमा गर्न नसकिएको उल्लेख गर्दै सांसद कार्की गठबन्धनको भावनाअनुसार चल्नुपर्दा सोचेजति काम गर्न नसकिएको बताए । “संसद्मा कसैको पनि बहुमत छैन । तेस्रो ठूलो दलको नेतृत्वमा सरकार बनेको छ । यसमा पनि कहीँ न कहीँ समस्या देखिएको छ । एकल बहुमत हुँदा हुने सहजता र गठबन्धनका कारण सबैको भावना समेट्नुपर्ने बाध्यता एकै हुँदैनन्” उनले भने, “यद्यपि पछिल्लो समय सदनमा विधेयकको प्रवेश भइराखेको छ, यो सन्तोषजनक नै छ ।”

मिटरब्याजी सम्बन्धी विधेयक, नागरिकता विधेयक, भूमिसम्बन्धी विधेयक, शिक्षा विधेयक, सम्पत्ति शुद्धीकरण, ऊर्जालगायत विधेयक वर्तमान संसद्मा आएको जनाउँदै सांसद् कार्कीे अहिलेको अवस्था, विभिन्न दलहरूको सरकारमा सहभागितालगायत कोणबाट हेर्दा सदनमा विधेयक प्रस्तुत भएको तथ्यलाई हल्कारुपमा लिन नहुने बताउँछन् । “सामान्यतः जति अपेक्षा गरिएको थियो, त्यति हुन नसके पनि सन्तोषजनक नै छ” उनी भन्छन्, “सदनलाई प्रभावकारी बनाउने विषयमा दलहरूबीच छलफल भइरहेको छ ।”

विभिन्न विषयलाई लिएर लगातारजसो सदन अवरुद्ध भइरहँदा पनि विधेयक निर्माणको प्रक्रिया ओझेलमा परेको सांसद कार्कीको भनाइ छ । “प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने विगतको आवाज सम्बोधन नहुँदा पनि कहीँ न कहीँ समस्या भइरहेको छ, जनताको आशा अपेक्षा धेरै छ” उनले भने, “तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।”

“बाहिर बोल्दा राम्रा कुरा भन्ने तर भित्रभित्रै गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व नभइदिए हुन्थ्यो भन्ने शक्तिले पनि मुलुकलाई अग्रगामी बाटोतर्फ जान रोक्न खोजिरहेको छ” उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending