Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जबर्जस्ती करणीको प्रयास आरोपमा स्वास्थ्यकर्मी पक्राउ

खबरडबली संवाददाता

सुनसरी ।  सुनसरीकाे वराहक्षेत्र नगारपालिकाका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनिल पोख्रेल पक्राउ परेका हुन् । 

उनलाई बुधबार इलाका प्रहरी कार्यालय चक्रघट्टीले जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो । गत मङ्गलबार कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई ३१ वर्षका निरीक्षक पोख्रेलले जबर्जस्ती काखमा बसाएर बालिकाको संवेदनशील अङ्गहरूमा छोएको, उनको मुख तथा गालामा चुम्बन गरेको र अश्लील भिडियो देखाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

भाग्न खोज्दा बालिकालाई २ सय रुपैयाँ दिने भन्दै 'कसैलाई नभन्नू' भनेको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ । भागेर घर पुगेकी बालिकाले स्वास्थ्यकर्मी पोखरेलले आफूलाई चुम्बन गरेको र यौनाङ्गमा छोएको आफ्नी आमालाई सुनाएकी थिइन् । परिवारले प्रहरीमा उजुरी दिएपछि पोख्रेललाई पक्राउ गरिएको थियो । उनलाई करणी प्रयासको आरोपमा म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ भने बालिकालाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गराउन लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

घटनाको विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नवीन सिंह भण्डारीले यो विषयमा सूचना दिन नमिल्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending