Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

वर्षमा कति खान्छन् नेपालीले मासु ?

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन् । उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो ।

अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन् । पोषणविद्‌का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ । कुखुराको मासु तथा अण्डाका लागि नेपाल लगभग आत्मनिर्भर भए पनि केही मात्रामा मासु आयात पनि हुने गरेको सरकारी विवरणले देखाउँछन् ।

मासु खपतको अवस्था
नेपालीहरूको आयस्तर बढेसँगै मासुको माग र खपत ह्वात्तै बढेको जानकारहरू बताउँछन् । पहिले क्रयशक्ति कम हुँदा नेपालीहरूले विशेष दिनहरूमा मात्र मासु खाने गरेकामा अहिले आफूलाई मन लागेको बेलामा मासु खानसक्ने अवस्था बनेको देखिन्छ ।

यद्यपि सहरी क्षेत्रमा त्यस्तो देखिए पनि ग्रामीण क्षेत्रमा अझै मासु खान विशेष दिन वा अवसर नै कुर्नुपर्ने अवस्था रहेको जानकारहरू बताउँछन् । नेपालमा सबैभन्दा धेरै मासुको खपत हुने समय दशैँ-तिहारजस्ता चार्डपर्व भएको बताइन्छ । व्यवसायीहरूले बताएअनुसार दशैँका बेला मात्रै काठमाण्डू उपत्यकामा करिब १० लाख किलो खसीको मासु खपत अनुमान छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीका भनाइमा नेपालमा अहिले दैनिक रूपमा करिब आठ लाख किलो कुखुराको मासु खपत हुन्छ । त्यसमध्ये करिब पाँच लाख किलो काठमाण्डू उपत्यकामा मात्र हुने उनको भनाइ छ ।

नेपालमा मासु उत्पादन
आर्थिक सर्वेक्षण २०७९/८० को विवरण अनुसार नेपालमा गत वर्ष करिब साढे तीन लाख मेट्रिक टन मासु उत्पादन भएको थियो । यद्यपि आर्थिक वर्ष २०७८/७९ मा नेपालमा मासुको उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएको थियो ।

हाल नेपालमा उत्पादन र खपत हुनेमध्ये सबैभन्दा धेरै मासु कुखुराको भएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकालले बताए । सरकारी विवरणहरू अनुसार करिब २० वर्षअघिसम्म नेपालमा कुखुराको भन्दा राँगा/भैँसीको मासु धेरै उत्पादन हुने गर्थ्यो ।

तर नेपालमा व्यावसायिक कुखुरापालन बढेसँगै कुखुराको मासु उत्पादन ह्वात्तै बढ्न थाल्यो । त्यसले गर्दा अहिले नेपालमा उत्पादन र खपतका हिसाबले कुखुराको मासु सबैभन्दा अगाडि देखिएको छ । ढकालका भनाइमा अहिले नेपालमा उत्पादन हुने कुल मासुमध्ये कुखुराको ४० प्रतिशतभन्दा बढी हुने गर्छ भने राँगा/भैँसीको करिब ३७ प्रतिशत रहेको छ । खसीको १४ प्रतिशत र बङ्गुरको ७ प्रतिशत रहेको छ ।

मासु खानु किन आवश्यक ?
शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा गर्नका लागि मासु खानु आवश्यक रहेको पोषणविद्‌को भनाइ छ । राजधानीको एउटा निजी अस्पतालमा कार्यरत पोषणविद् चित्रकला नेपाल भन्छिन्, ‘दैनिक रूपमा सिफारिस गरिए बमोजिम मासु खाने हो भने त्यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ तर त्यसलाई सही र स्वस्थ तरिकाले पकाएर खानुपर्छ ।’

‘मासुमा अन्न वा विरुवाबाट आउने प्रोटिनभन्दा शरीरलाई चाहिने सबैखाले प्रोटिन र खनिज तत्त्व पाइन्छ ।’ उनका भनाइमा मासुमा भिटामिन र चिल्लो पदार्थ पनि पाइने भएकाले यो निकै पोषिलो हुन्छ । कुपोषण भएकाहरूको वजन बढाउन तथा शल्यक्रिया गरेकाहरूको घाउ चाँडो निको पार्न मासुले मद्दत गर्ने उनी बताउँछिन् ।

सन्तुलित आहारका लागि मासु निकै महत्त्वपूर्ण रहेको नेपालको भनाइ छ । उनी दशैँका बेलामा अधिक मासु सेवन गर्ने र त्यो पनि अस्वस्थकररूपमा खाने चलन रहेको बताउँछिन् । ‘त्यसले चाहिँ हाम्रो शरीरलाई फाइदा भन्दा हानी नै धेरै गर्छ,’ उनले भनिन् ।

मासुमा ‘ट्रान्सफ्याट’ धेरै हुने भएकाले त्यस्तो बोसो शरीरमा टाँसिएर बस्ने र त्यसले विभिन्न दीर्घ रोगसमेत निम्त्याउन सक्ने उनको भनाइ छ । पोषणविद्हरूले दैनिक ५० ग्रामभन्दा बढी मासु नखान सुझाउने गरेका छन् भने त्यो पनि बफाएर वा सामान्य रूपमा पकाएर खान सुझाव दिन्छन् । विशेषगरी पोलेर खाइने र मदिरासँग मासु खाँदा त्यसले शरीरलाई अत्यन्त हानी गर्ने पोषणविद् नेपालले बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending