सिरहा । सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ । कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका हुन् ।
छोरा सचिनलाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका र उनले प्रहरीमा माैखीक उजुररी दिए पछि त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेका प्रहरीले जनाएकाे छ ।
प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ । डीएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीनजनालाई कार्यालयमा ल्याएको बताए । उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ । थप कुरा बोल्न मिल्दैन ।’
स्रोतका अनुसार बोर्डिङ सञ्चालक गुप्ता पक्राउ परेलगत्तै निजी विद्यालयका सञ्चालकहरूले छुटाउनका लागि प्रहरीलाई दबाब दिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: