सुनसरी । दशैँमा पनि खसीबोकाको उचित मूल्य नपाएपछि किसान र व्यवसायी खसीबोका फिर्ता लिएर घर फर्किएका छन् । बेच्न ल्याएका खसीबोका नबिकेपछि पूर्वका किसान र व्यवसायी निरास बनेर फर्किएका हुन् ।
यसपाली किसानले उचित मूल्य पनि पाएनन् । गतवर्ष प्रतिकेजी ६ सय रुपैयाँमा जिउँदो खसी बोका किनबेच भएको थियो । तर यस पटक भने प्रतिकेजी पाँच सय ५० रुपैयाँमा समेत किनबेच भयो । धरानमा पहाडबाट व्यापारीहरूले समेत खसीबोका ल्याउने गरेका छन् ।
यसपटक खरिद गरेको मूल्यभन्दा कममा बिक्री भइरहेको व्यापारीहरूको भनाइ छ । पहाडका खसी भनेर मोरङ सुनसरी सप्तरी जिल्लाका स्थानीयले किन्ने गरेका छन् । तर अहिले आर्थिक मन्दीका कारण खसीबोका किन्नेको भीड लाग्न छाडेको स्थानीय व्यापारीहरू बताउँछन् ।
खरिद गरेकोभन्दा कम मूल्यमा बेच्नुपर्दा सावासमेत गुम्ने खतरा बढेको धनकुटाबाट खसी बोका लिएर आएका टिकाराम राईले बताए । ‘हामीले गाउँमा गएर किनेको मूल्यभन्दा कम मूल्यमा धरानमा ल्याएर बेच्नु परेको छ’, राईले भने, ‘अघिल्लो वर्षभन्दा यसपटक २५–३० प्रतिशत घाटा खाएर खसी बोका बेचिरहेका छौँ ।’
आर्थिक मन्दी कै कारण बजारमा त्यति उत्साह नदेखिएको गोपालप्रसाद नेपालले बताए । उनी मोरङको बेलबारीबाट खसीबोका लिएर धरान गएका थिए । उपभोक्ताले सामान किन्न खोजे पनि अहिले पैसा नै अभाव देखिएको उनले बताए ।
गतवर्ष दशैँमा २० वटा खसी बिक्री गरेका व्यापारी गोविन्द भण्डारीको यसपटक चार वटा मात्र खसी बिक्री गरेका छन् । ‘गत वर्षको दशैँमा मैले २० वटा खसीबोका बेचेको थिएँ । तर, यसपटक बल्लबल्ल चार वटा बेच्दैछु,’ भण्डारीले भने, ‘यसपटक दशैँ कसरी मनाउने भन्ने चिन्ता छ । खसीबोका बिकेन भने जंगलतिर नै गएर बस्नु पर्ने अवस्था आउने भयो ।’
गतवर्ष दशैँमा कृषि बजारमा २४ करोड बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यसवर्ष १५ देखि २० प्रतिशत बढी कारोबार हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । यसवर्ष गत वर्षभन्दा करिब १५ प्रतिशत कारोबारमा ह्रास आएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । कृषि बजारले अष्टमीको अघिल्लो दुई हप्तालाई दशैँको बजार मान्ने गरेको छ ।
‘अष्टमीको अघिल्लो दुई हप्तालाई दशैँको बजार मान्ने गरेका छौँ, गत वर्ष १२ हजार वटा खसीबोका किनेबेच भएको हामीसँग तथ्याङ्क छ । २४ करोड बराबरको कारोबार बिक्री भएको थियो,’ भट्टराईले भने, ‘यसपटक कारोबार करिब १५ प्रतिशतले ह्रास आएको छ ।’
बजारले गत वर्षको कारोबारलाई हेरेर यस वर्ष १५ देखि २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरेको थियो । आर्थिक मन्दीका कारण हरेक क्षेत्रमा प्रभाव देखिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । दशैँको बजारमा चहलपहल भए पनि खरिद बिक्रीमा धेरै कमी आएकाले व्यापारीहरू चरम मारमा परेको श्रेष्ठको भनाइ छ
दशैँको बजारमा चहलपहल भए पनि गत वर्षको तुलनामा २०–२५ प्रतिशत पनि बिक्री नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: