सुनसरी । दशैँमा पनि खसीबोकाको उचित मूल्य नपाएपछि किसान र व्यवसायी खसीबोका फिर्ता लिएर घर फर्किएका छन् । बेच्न ल्याएका खसीबोका नबिकेपछि पूर्वका किसान र व्यवसायी निरास बनेर फर्किएका हुन् ।
यसपाली किसानले उचित मूल्य पनि पाएनन् । गतवर्ष प्रतिकेजी ६ सय रुपैयाँमा जिउँदो खसी बोका किनबेच भएको थियो । तर यस पटक भने प्रतिकेजी पाँच सय ५० रुपैयाँमा समेत किनबेच भयो । धरानमा पहाडबाट व्यापारीहरूले समेत खसीबोका ल्याउने गरेका छन् ।
यसपटक खरिद गरेको मूल्यभन्दा कममा बिक्री भइरहेको व्यापारीहरूको भनाइ छ । पहाडका खसी भनेर मोरङ सुनसरी सप्तरी जिल्लाका स्थानीयले किन्ने गरेका छन् । तर अहिले आर्थिक मन्दीका कारण खसीबोका किन्नेको भीड लाग्न छाडेको स्थानीय व्यापारीहरू बताउँछन् ।
खरिद गरेकोभन्दा कम मूल्यमा बेच्नुपर्दा सावासमेत गुम्ने खतरा बढेको धनकुटाबाट खसी बोका लिएर आएका टिकाराम राईले बताए । ‘हामीले गाउँमा गएर किनेको मूल्यभन्दा कम मूल्यमा धरानमा ल्याएर बेच्नु परेको छ’, राईले भने, ‘अघिल्लो वर्षभन्दा यसपटक २५–३० प्रतिशत घाटा खाएर खसी बोका बेचिरहेका छौँ ।’
आर्थिक मन्दी कै कारण बजारमा त्यति उत्साह नदेखिएको गोपालप्रसाद नेपालले बताए । उनी मोरङको बेलबारीबाट खसीबोका लिएर धरान गएका थिए । उपभोक्ताले सामान किन्न खोजे पनि अहिले पैसा नै अभाव देखिएको उनले बताए ।
गतवर्ष दशैँमा २० वटा खसी बिक्री गरेका व्यापारी गोविन्द भण्डारीको यसपटक चार वटा मात्र खसी बिक्री गरेका छन् । ‘गत वर्षको दशैँमा मैले २० वटा खसीबोका बेचेको थिएँ । तर, यसपटक बल्लबल्ल चार वटा बेच्दैछु,’ भण्डारीले भने, ‘यसपटक दशैँ कसरी मनाउने भन्ने चिन्ता छ । खसीबोका बिकेन भने जंगलतिर नै गएर बस्नु पर्ने अवस्था आउने भयो ।’
गतवर्ष दशैँमा कृषि बजारमा २४ करोड बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यसवर्ष १५ देखि २० प्रतिशत बढी कारोबार हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । यसवर्ष गत वर्षभन्दा करिब १५ प्रतिशत कारोबारमा ह्रास आएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । कृषि बजारले अष्टमीको अघिल्लो दुई हप्तालाई दशैँको बजार मान्ने गरेको छ ।
‘अष्टमीको अघिल्लो दुई हप्तालाई दशैँको बजार मान्ने गरेका छौँ, गत वर्ष १२ हजार वटा खसीबोका किनेबेच भएको हामीसँग तथ्याङ्क छ । २४ करोड बराबरको कारोबार बिक्री भएको थियो,’ भट्टराईले भने, ‘यसपटक कारोबार करिब १५ प्रतिशतले ह्रास आएको छ ।’
बजारले गत वर्षको कारोबारलाई हेरेर यस वर्ष १५ देखि २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरेको थियो । आर्थिक मन्दीका कारण हरेक क्षेत्रमा प्रभाव देखिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । दशैँको बजारमा चहलपहल भए पनि खरिद बिक्रीमा धेरै कमी आएकाले व्यापारीहरू चरम मारमा परेको श्रेष्ठको भनाइ छ
दशैँको बजारमा चहलपहल भए पनि गत वर्षको तुलनामा २०–२५ प्रतिशत पनि बिक्री नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: