Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

प्रधानमन्त्रीलाई भेटेपछि एनआरएनकाे पराजित समूह कार्यालयमा

खबरडबली संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए‌)को पराजित समूहले संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटोसेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो ।

बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेडअफिस रहेकाे छ । अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुने गरेकाे छ । पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टीम मुल गेटबाट सरासर भित्र छिरेकाे थियाे । 

पराजित समूहले गठन गरेको  कार्यसमितिले  प्रधानमन्त्रीलाई पनि भेटेका थिए  । एनआरएनए ११ औं महाधिवेशनमा भएको चुनावमा एमाले निकट डा. बद्री केसी विजयी भएका थिए । माओवादीनिकट आरके शर्मा प्रमुख प्रतिस्पर्धी हुँदा कांग्रेसनिकट डा. महेश श्रेष्ठ तेस्रो भएका थिए  । पराजयपछि शर्मा र श्रेष्ठले गठजोड गरेका छन् । उनीहरुले चुनावको मतपरिणाम नमान्ने घोषणा गर्दै समानान्तर कार्यसमिति बनाएका हुन् ।

सरकारले अहिलेसम्म चुनाव जितेर बनेको कार्यसमितिलाई मान्यता दिएको छैन । केसीको टीमले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्न प्रयास गर्दा उनीहरु अनिच्छुक देखिएका छन् । परराष्ट्रमन्त्रीले भने केही दिनमा भेट्ने सन्देश पठाएको स्रोतको दावी छ । यद्यपि, पराजित समूहको कार्यसमितिलाई भने अस्तिकै दिन परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतले भेट दिएका थिए । त्यसपछि हिजो प्रधानमन्त्रीले समेत उनीहरुलाई भेटेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न शर्माको टिम खादा–माला नलगाइकन गएको थियो । भेटपछि जारी विज्ञप्तिमा प्रधानमन्त्रीले आफूहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको बताएका थिए । प्रधानमन्त्रीसँगको भेटमा निर्वाचनमा पराजयपछि स्वोघित अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य पनि सहभागि थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending