सुनसरी । सुनसरीकाे वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ का विश्वम्भर अधिकारीकाे ठेला थन्किएको झण्डै दुई वर्ष भयो । त्यही ठेलाले परिवार धानी रहेका अधिकारीकाे ठेला थन्कीए पछि परिवार धान्न र श्रीमतीकाे उपचारमा समेत यतिबेला उनलाइ धाैधाै परिरहेकाे छ ।
उनकाे ठेला समयले, बाध्यताले र विपत्तिले थन्क्यायो । घरको उत्तर कुनामा थन्किएको ठेला हेर्दै विश्वम्भर एकाबिहानै चन्दा उठाउन निस्कन्छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ स्थित ठाकुरबारीपूर्व साँघुरो बाटोमा एउटा नाम नराखिएको टोलमा छ विश्वम्भरको दु:खको घर । घरमा पुरानो ठेला थन्किएको छ, अनि असाध्ये रोगले थलीएकी श्रीमती ओछ्यानमा ।
अधिकारी ४८ वर्षका भए । उनी ठेला चलाएर जिन्दगी धानिरहेका थिए । घरमा एक छोरी र श्रीमती । श्रीमती अम्बिका राई अधिकारी २ वर्षदेखि कलेजो र मृगौला रोगले ओछ्यानमा थलिएकी छन् । विश्वम्भरको ठेला साविकजस्तो चल्न छाड्यो ।
सिटीसफारी, टेम्पोले प्रतिस्थापन गरिदिएको उनको ठेलाले न दैनिक जीवन चलाउन सक्यो न श्रीमतीको ओखती नै किन्न सक्यो । ठेला थन्क्याए । अनि जे काम भेटिन्छ त्यही गर्न बाध्य भए विश्वम्भर । तर, गाउँमा रोजगारीको अभावले उनीसँग चन्दा उठाउनुको विकल्प रहेन । त्यस अघि उनले कमाइ खाँदै गरेको जग्गा ८० हजारमा बिक्री गरे । श्रीमतीको उपचारमा लगाए । तर रोग बीसको उन्नाईस भएन ।
स्थानीय सरकारलाई सहयोगको याचना गरे । ४ हजार रुपैयाँ पाए र एउटा चन्दा उठाउने चिर्कटो । हप्ता-पन्ध्र दिनमा श्रीमती अम्बिकाको कलेजो र मृगौलाको पानी फ्याँक्नु पर्छ । हालसम्म चन्दा र जायजेथाबाट सङ्कलित डेढ लाख रुपैयाँ विश्वम्भरले खर्च गरिसके रोग रोकथामका लागि । रोगको दीर्घकालीन निवारणका लागि उपचार गर्न आर्थिक छैन ।
उनी आफैं पनि रोगी छन् 'ठूलो बिरामीका अगाडि आफ्नो रोगको त के कुरा' विश्वम्भर भन्छन् । बिमाका लागि फारम भरेको ९ महिना भयो । मङ्सिर-पुसदेखिमात्र बिमाको सुविधा पाउने अस्पतालले बताएको छ । 'फारम भरेको ९ महिना भयो कार्ड आएन, बिमा भए त केही सजिलो हुन्थ्यो ।' उनी भन्छन् ।
दु:खले जीविकोपार्जन गरिरहेको उनको जीवनमा आइपरेको बज्रपातबाट कसरी उम्कने उपाय छैन उनीसँग । उपाय केही नहुँदा अब याचना र अपिल गर्नुबाहेक विकल्प पनि छैन उनीसँग । अरुका घरमा दसैं विश्वम्भरका घरमा दशा छ । अभावमा उज्यालो अनुहार छैन दम्पतिको ।
मनकारीसँग याचना गरेका छन् विश्वम्भरले - 'श्रीमतीको ज्यान बचाइदिनुहोस् ।' विश्वम्भरले उनको सम्पर्क नम्बर ९७०३४५११६८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । नेपाल बैङ्क लिमिटेड चक्रघट्टी शाखाको खाता नम्बर १२६०१००७३६६१२८०००००१ (Bishomver Adhikari) मा आर्थिक सहायता गरिदिनसमेत अपिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: