दमाैली । तनहुँ व्यास नगरपालिका–३ निवासी डा.विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।
‘हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,’ उनले भने, ‘टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौं।’ डा शाहको परिवार दसैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ।
अन्य ठाउँमा रहेका आफन्तहरु पनि दसैं मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ। उनले भने,‘दसैंका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौं, यसले गर्दा रमाइलो वातावरण बनाउँछ।’ दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए । ‘दसैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,’ उनले आफ्नो अनुभव सुनाए ।
दसैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ। बजार क्षेत्रका मानिसहरु दसैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो।
दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ। अन्य समयमा यातायातको चाप रहने यहाँ दसैंंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ। यहाँका धेरैजसो पसलहरु बन्द भएका छन।
मुख्य व्यापारिक केन्द्रहरू दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैंले प्रभाव पारेको छ। सर्वसाधारण दसैंंका लागि किनमेल गरेर दसैंं मनाउन ब्यस्त छन्। शुक्रबारसम्म बजारका पसलहरूमा राम्रो व्यापार भए पनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए। उनले भने, ‘शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ।’
जिल्लाका ग्रामीण भेगहरुमा भने दसैंंको उल्लासमय वातावरण रहेको छ। विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन्।
अन्य समयमा आ–आफ्नो काममा व्यस्त रहने आफन्तहरूको भेटघाटले ग्रामीण भेगहरूमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका–९ का शिवकुमार आलेले बताए। उनले भने, ‘वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: