Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

दशैंको महानवमीमा मात्रै खुल्ने तलेजु मन्दिरको कथा

सर्वसाधारणका लागि महानवमीमा मात्रै किन खोलिन्छ ?

खबरडबली संवाददाता

काठमाडाैं । आज महानवमी । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । लामो लाइन बसेर दर्शनार्थीहरु मन्दिरको दर्शनमा जाने गर्दछन् ।

दशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिने भएका कारणपन ियहाँ महानवमीका दनि घुइँचो लाग्ने गरेको हो । देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्दछन् ।

तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुने गरे पनि सर्वसाधरण्का लागि एक दनि मात्रै खुला हुने गरेका कारण उपत्यकाका काठमाडौं, भत्तपुर, ललितपुर र किर्तीपुर लगायत उपत्यका आसपासका सर्वसाधरणहरु दर्शनका लागि आउने गरेका छन् ।

तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन् । सबैको आ आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा नहुने बताइन्छ ।

कला तथा संस्कृतिमा आशक्त मल्ल राजाको अनुपम नमूनाका रुपमा रहेको तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ । यसका लागि कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहने चलन रहेको छ । तलेजुमा एक वर्षमा कयौं पूजाहरु हुन्छ । एउटा पर्वको पूजाका लागि कम्तीमा नेवार समुदायबाट १६ जातका मानिसहरु सहभागी हुने गरेको तलेजुका पूजारीहरु बताउँछन् ।

कोरोमहामारीका कारण कोरोनाको समयमा महानवमीका दिन मन्दिर बन्द गरिएको थियो । त्यस पछिका वर्षमा स्वास्थ्य मापदण्ड अपनाउँदै दर्शन गराउने व्यवस्था गरिएको थियो ।

तलेजु भवानीलाई फूलपातीको दिन हनुमानढोका दरबारको मूलचोकमा सारीने प्रचलन रहेको छ । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिने चलन रहेको छ । विजयादशमीसम्म तलेजु भवानीलाई त्यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान शुभ साइतमा भवानीलाई मूल मन्दिर फर्काइने चलन रहेको छ ।

कहाँ कहाँ छिन् तलेजु?

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित पनौती हुँदै भक्तपुर आएका थिए । तत्कालीन भक्तपुरका राजाले तलेजुलाई भक्तपुरमै स्थानपना गरिनुपर्ने भन्दै अडान लिएका थिए । तर, काठमाडौंका मल्ल राजाहरुले त्यो कुरा मानेनन् । यसै विषयलाई लिएर काठमाडौं र भक्तपुरबीच युद्ध समेत भएको थियो ।

यसबाट नै तलेजु भवानीको शक्तिका बारेमा थाहा पाउन । आफै उत्पत्ती भएकी देवी तलेजुलाई स्थापना गर्न मल्ल राजाहरुबीच युद्ध नै भयो । पछि उनलाई हनुमानढोकाको मूल चोकमा विधिवत् रुपमा ल्याएर स्थापना गरिएको तलेजुका पुजारीको भनाइ छ ।

हनुमानढोकाका साथै काठमाडौं उपत्यका र नेवार बाहुल्य क्षेत्रमा इष्ट देवी तलेजु विराजमान रहेको बताइन्छ । कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

कहिले बन्यो मन्दिर ?

अहिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको बताइन्छ । पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो ।

तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको समयमा सुरु भएको बताइन्छ । महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको समयमा सकिएको इहिासमा उललेख रहेको छ ।

महानवमीमा मात्र कनि खोलीन्छ मन्दिर ?

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको कथन छ । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ । त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गर्ने परम्परा रहँदै आएको छ ।

कोरोना महामारीका कारण मल्लकालपछि पहिलोपटक महानवमीका दिन तलेजु भवानीको मन्दिर २०७७ सालमा सर्वसाधरणका लागि खुल्ला गरिएको थिएन ।  महिन्द्र मल्लको निधन हुँदा दशैं नै रोकिएको र इष्ट देवीको दर्शन गर्न समेत रोकिएको कथन रहेको र त्यस यता २०७७ मा मात्रै मन्दिर प्रवेशमा रोक लगाइएको बताइन्छ ।

महिन्द्र मल्ल बित्दा दशैं नै परेकोले दशैं नै रोकिएको भन्ने छ र त्यो बेला जनतापनि कम नै रहेकाले पूजा र दर्शन गर्न सर्वसाधरणलाई समेत रोकिएको थियो भन्ने कथन रहेको स्थानीयहरु बताउँछन् । मल्लकालपछि देवी दर्शन गर्न नरोकिएको भएपनि कोरोना महामारीका कारण एक वर्ष मात्रै रोकिएको पुजारीहरु बताउँछन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...

काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE