Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

दशैंको महानवमीमा मात्रै खुल्ने तलेजु मन्दिरको कथा

सर्वसाधारणका लागि महानवमीमा मात्रै किन खोलिन्छ ?

खबरडबली संवाददाता

काठमाडाैं । आज महानवमी । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । लामो लाइन बसेर दर्शनार्थीहरु मन्दिरको दर्शनमा जाने गर्दछन् ।

दशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिने भएका कारणपन ियहाँ महानवमीका दनि घुइँचो लाग्ने गरेको हो । देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्दछन् ।

तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुने गरे पनि सर्वसाधरण्का लागि एक दनि मात्रै खुला हुने गरेका कारण उपत्यकाका काठमाडौं, भत्तपुर, ललितपुर र किर्तीपुर लगायत उपत्यका आसपासका सर्वसाधरणहरु दर्शनका लागि आउने गरेका छन् ।

तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन् । सबैको आ आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा नहुने बताइन्छ ।

कला तथा संस्कृतिमा आशक्त मल्ल राजाको अनुपम नमूनाका रुपमा रहेको तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ । यसका लागि कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहने चलन रहेको छ । तलेजुमा एक वर्षमा कयौं पूजाहरु हुन्छ । एउटा पर्वको पूजाका लागि कम्तीमा नेवार समुदायबाट १६ जातका मानिसहरु सहभागी हुने गरेको तलेजुका पूजारीहरु बताउँछन् ।

कोरोमहामारीका कारण कोरोनाको समयमा महानवमीका दिन मन्दिर बन्द गरिएको थियो । त्यस पछिका वर्षमा स्वास्थ्य मापदण्ड अपनाउँदै दर्शन गराउने व्यवस्था गरिएको थियो ।

तलेजु भवानीलाई फूलपातीको दिन हनुमानढोका दरबारको मूलचोकमा सारीने प्रचलन रहेको छ । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिने चलन रहेको छ । विजयादशमीसम्म तलेजु भवानीलाई त्यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान शुभ साइतमा भवानीलाई मूल मन्दिर फर्काइने चलन रहेको छ ।

कहाँ कहाँ छिन् तलेजु?

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित पनौती हुँदै भक्तपुर आएका थिए । तत्कालीन भक्तपुरका राजाले तलेजुलाई भक्तपुरमै स्थानपना गरिनुपर्ने भन्दै अडान लिएका थिए । तर, काठमाडौंका मल्ल राजाहरुले त्यो कुरा मानेनन् । यसै विषयलाई लिएर काठमाडौं र भक्तपुरबीच युद्ध समेत भएको थियो ।

यसबाट नै तलेजु भवानीको शक्तिका बारेमा थाहा पाउन । आफै उत्पत्ती भएकी देवी तलेजुलाई स्थापना गर्न मल्ल राजाहरुबीच युद्ध नै भयो । पछि उनलाई हनुमानढोकाको मूल चोकमा विधिवत् रुपमा ल्याएर स्थापना गरिएको तलेजुका पुजारीको भनाइ छ ।

हनुमानढोकाका साथै काठमाडौं उपत्यका र नेवार बाहुल्य क्षेत्रमा इष्ट देवी तलेजु विराजमान रहेको बताइन्छ । कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

कहिले बन्यो मन्दिर ?

अहिलेको तलेजु भवानीको मन्दिर ४० वर्ष लगाएर बनाइएको बताइन्छ । पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो ।

तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको समयमा सुरु भएको बताइन्छ । महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको समयमा सकिएको इहिासमा उललेख रहेको छ ।

महानवमीमा मात्र कनि खोलीन्छ मन्दिर ?

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको कथन छ । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ । त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गर्ने परम्परा रहँदै आएको छ ।

कोरोना महामारीका कारण मल्लकालपछि पहिलोपटक महानवमीका दिन तलेजु भवानीको मन्दिर २०७७ सालमा सर्वसाधरणका लागि खुल्ला गरिएको थिएन ।  महिन्द्र मल्लको निधन हुँदा दशैं नै रोकिएको र इष्ट देवीको दर्शन गर्न समेत रोकिएको कथन रहेको र त्यस यता २०७७ मा मात्रै मन्दिर प्रवेशमा रोक लगाइएको बताइन्छ ।

महिन्द्र मल्ल बित्दा दशैं नै परेकोले दशैं नै रोकिएको भन्ने छ र त्यो बेला जनतापनि कम नै रहेकाले पूजा र दर्शन गर्न सर्वसाधरणलाई समेत रोकिएको थियो भन्ने कथन रहेको स्थानीयहरु बताउँछन् । मल्लकालपछि देवी दर्शन गर्न नरोकिएको भएपनि कोरोना महामारीका कारण एक वर्ष मात्रै रोकिएको पुजारीहरु बताउँछन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending