Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पूर्व माओवादी कमाण्डरको दैनिकी : परिवार पाल्न डोली बोक्नु बाध्यता

खबरडबली संवाददाता

कालीकोट  । कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा छन् । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुगेका हुन् । 

एक वर्षदेखि केदारनाथमा उनी लगायतका पूर्व लडाकुहरुको समुहले डोली बोकिरहेको छ । जनमुक्ती सेनाका कम्पनी कमाण्डर फडेरा शान्ति प्रक्रियापछि वाइसिएलमा रहे  । पार्टीको निर्देशन अनुसार आफुलाई वाइसिएलमा बस्न भनिएका कारणले सेना समायोजनमा पर्न नसकेको उनको भनाइ छ ।

अहिले परिवार धान्न समस्या भएपछि आफु केदारनाथ दर्शनका लागि आउने भक्तजनलाई डोलीमा राखेर मन्दीर पुर्याउने काममा लागेको बताए । पूजाको सिजन अर्थात् वर्षातको समयमा यहाँ यस्तै (डोली देखाउँदै) काम गर्ने गरेकाे उनले बताए । 

अब हिमपात हुन सुरु भएकाले आफूलगायत आफ्नो समूह तल्लो क्षेत्रमा काम गर्न जानेगरेको उनकाे भनाइ छ । २०५७ सालमा भुमिगत भएलगतै कलकलाउँदो युवा माओवादीले सेनामा काम गर्न लगायो । माओवादीका तत्कालीन भूमिगत नेता जनार्दन शर्मा, लेखराज भट्ट, हेमन्तप्रकाश ओली लगायतका नेताको सुरक्षागार्ड भएर धेरै समय जगत फडेराले काम गरेका थिए । 

तिनै सुरक्षा दिने लडाकु अहिले भारतका गल्ली चाहरिरहेका छन् भने नेताहरु महलमा बस्छन् । फडेरा सुदूरपश्चिमका तत्कालीन सरकारी सेनासँग हुने लडाइमा प्रत्यक्ष सहभागी हुने लडाकु भएको बताए । कैलालीको खिमडीमा भएको ठुलो लडाइमा जनार्दन शर्मा, हेमन्तप्रकाश ओली घेरामा परेपछि फडेराले जिवन मरणको लडाइ लडी नेपाली सेनाको घेराबाट उनीहरुलाई मुक्त गरेको सम्झना गर्छन् । 

पसिना पुछ्दै फडेराले आफ्नो कसैसँग केही गुनासो नभएको र श्रमप्रति बिश्वास गर्ने भएकाले श्रम गरेर बसेको सुनाए । सिजनमा केदारनाथ यही काम हुने र  हिमपात सुरू भएपछि तल झरेर मजदुरी गर्दै आएकाे बताए । उनले साे क्षेत्रमा  आफूलगायत आफैंले चिनेका दुई सयभन्दा बढी पूर्व लडाकु कार्यरत रहेको  बताए  । उनीहरूले साे क्षेत्रमा काम गरेकाे दुई वर्ष पुगेकाे र स्थानीय चुनावमा मेयर जिताएर फर्केदेखि घर नगएको उनीहरूले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending