कालीकोट । कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा छन् । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुगेका हुन् ।
एक वर्षदेखि केदारनाथमा उनी लगायतका पूर्व लडाकुहरुको समुहले डोली बोकिरहेको छ । जनमुक्ती सेनाका कम्पनी कमाण्डर फडेरा शान्ति प्रक्रियापछि वाइसिएलमा रहे । पार्टीको निर्देशन अनुसार आफुलाई वाइसिएलमा बस्न भनिएका कारणले सेना समायोजनमा पर्न नसकेको उनको भनाइ छ ।
अहिले परिवार धान्न समस्या भएपछि आफु केदारनाथ दर्शनका लागि आउने भक्तजनलाई डोलीमा राखेर मन्दीर पुर्याउने काममा लागेको बताए । पूजाको सिजन अर्थात् वर्षातको समयमा यहाँ यस्तै (डोली देखाउँदै) काम गर्ने गरेकाे उनले बताए ।
अब हिमपात हुन सुरु भएकाले आफूलगायत आफ्नो समूह तल्लो क्षेत्रमा काम गर्न जानेगरेको उनकाे भनाइ छ । २०५७ सालमा भुमिगत भएलगतै कलकलाउँदो युवा माओवादीले सेनामा काम गर्न लगायो । माओवादीका तत्कालीन भूमिगत नेता जनार्दन शर्मा, लेखराज भट्ट, हेमन्तप्रकाश ओली लगायतका नेताको सुरक्षागार्ड भएर धेरै समय जगत फडेराले काम गरेका थिए ।
तिनै सुरक्षा दिने लडाकु अहिले भारतका गल्ली चाहरिरहेका छन् भने नेताहरु महलमा बस्छन् । फडेरा सुदूरपश्चिमका तत्कालीन सरकारी सेनासँग हुने लडाइमा प्रत्यक्ष सहभागी हुने लडाकु भएको बताए । कैलालीको खिमडीमा भएको ठुलो लडाइमा जनार्दन शर्मा, हेमन्तप्रकाश ओली घेरामा परेपछि फडेराले जिवन मरणको लडाइ लडी नेपाली सेनाको घेराबाट उनीहरुलाई मुक्त गरेको सम्झना गर्छन् ।
पसिना पुछ्दै फडेराले आफ्नो कसैसँग केही गुनासो नभएको र श्रमप्रति बिश्वास गर्ने भएकाले श्रम गरेर बसेको सुनाए । सिजनमा केदारनाथ यही काम हुने र हिमपात सुरू भएपछि तल झरेर मजदुरी गर्दै आएकाे बताए । उनले साे क्षेत्रमा आफूलगायत आफैंले चिनेका दुई सयभन्दा बढी पूर्व लडाकु कार्यरत रहेको बताए । उनीहरूले साे क्षेत्रमा काम गरेकाे दुई वर्ष पुगेकाे र स्थानीय चुनावमा मेयर जिताएर फर्केदेखि घर नगएको उनीहरूले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...



प्रतिकृया लेख्नुहोस्: