Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

दशैंकाे सातौं दिन- घरघरमा फूलपाती भित्र्याइँदै

खबरडबली संवाददाता

काठमाडौं । बडादसैँको सातौं दिन आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँघरमा फूलपाती भित्र्याउने चलन छ ।

दुर्गा भवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending